मुख्य समाचार :


छैटौं अनुसूचीसित जनजातिको मागलाई जोड्‌नु गलत-गिरी

कालेबुङ,17 जनवरी।
गोर्खा जनमुक्ति मोर्चाले अनुसूचित जनजाति बाहेक जम्मै उपजातिलाई जनजाति बनाइनुपर्छ भनेदेखि मोर्चाको यो मागलाई सबैले छैटौं अनुसूचीसित जोडेर हेरिरहेका छन्‌। तर यसरी जनजातिको मागलाई छैटौं अनुसूचीसित जोडेर हेर्नु गलत रहेको मोर्चा महासचिव रोशन गिरीले बताएका छन्‌। तिनले बताए अनुसार वास्तवमा कल्चरल रिसर्च केन्द्रले सम्पूर्ण उपजातिहरूबीच अध्ययन गरेर पनि ती जम्मै उपजातिहरूलाई जनजातिको मर्यादा दिइनुपर्ने सम्बन्धमा सिफारिस गरिसकेको छ। मोर्चाले दाबी गरेको माग नयॉं होइन, देरै अघिदेखि नै प्रोसेसमा रहेको माग रहेकोले मोर्चाले पनि यसैलाई अघि बढाएको हो। गिरीले भने, छैटौं अनुसूचीसित यसलाई दॉंजेर हेर्ने भूल गर्नु हुँदैन। क्रामाकपा, गोर्खालीग सबैले नै जीटीएको सम्झौतालाई एकपल्ट राम्ररी पढ्‌नुपर्छ। नपढी टिप्पणी गर्नु हुँदैन। तिनले अझ भने, सम्पूर्ण उपजातिहरूलाई जनजाति बनाइएमा सामाजिक, आर्थिक, शैक्षिक सबै क्षेत्रमा समानता आउँछ। यही समानताको निम्ति नै मोर्चाले जनजातिको मर्यादा उपजातिहरूलाई प्रदान गर्नुपर्छ भन्ने माग राखेको हो।

0 comments: on "छैटौं अनुसूचीसित जनजातिको मागलाई जोड्‌नु गलत-गिरी"