मुख्य समाचार :


छत्र सुब्बाले आन्दोलन गरिसकेका छन्‌ यो मेरो पालो हो-विमल

मनोज वोगटी
कालेबुङ,17 जनवरी।
छत्र सुब्बासितको भेट सामान्य भेटघाट हो, यसमा गम्भीर हुनुपर्ने कुनै कुरा छैन-ठीक छत्र सुब्बाले झैं विमल गुरूङले पनि यस्तो टिप्पणी गरेका छन्‌। स्थानीय एक च्यानलसित बोल्दै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले भने, मेलामा जो पनि आउन सक्छन्‌, भेट हुनसक्छन्‌। छत्र सुब्बा मेलामा आए, तिनीसित भेटघाट भयो। यदि छत्र सुब्बा मात्र होइन, कोही गोर्खालीग नेता,क्रामाकपाको नेता वा कुनै पनि नेता आएको भए पनि भेट हुन्थ्यो। छत्र सुब्बासित भएको भेटघाट पनि सामान्य हो। गुरूङले छुट्टै राज्यको आन्दोलन सम्बन्धमा भने, छत्र सुब्बाले पहिले नै आन्दोलन गरिसकेका छन्‌। अहिले म आन्दोलन गर्दैछु। म कुनै पनि परिस्थितिमा जनतालाई धोका दिनेछैन। स्मरणीय छ, कालेबुङको रेलीमा भएको कृषि पर्यटन मेलामा विमल गुरूङ अनि छत्र सुब्बाबीच भेटघाट भएको थियो। भेटघाटमा के कुराकानी भयो आजसम्म केही स्पष्ट छैन। सूत्रले जनाए अनुसार विमल गुरूङ अनि छत्र सुब्बाबीच वर्तमान राजनैतिक परिस्थितिबारे नै कुराकानी भयो। जहॉं छत्र सुब्बाले जनताले आफूलाई छुट्टै राज्यको आन्दोलन गर्ने अनुरोध गरिरहेको कुरा विमल गुरूङसित राखे। तिनले गुरूङलाई पनि यदि आन्दोलन भएमा सहयोग गर्नुपर्छ भन्ने कुरा राखेको पनि सूत्रले बताएको छ। यसबीच छत्र सुब्बाले जेलवास र यसको वरिपरि रिङ्गिएको राजनैतिक घटनाचक्रबारे पनि कुराकानी गरे। विमल गुरूङले पनि छत्र सुब्बालाई छुट्टै राज्यको निम्ति नै कटिबद्धरुपले आफू आन्दोलित रहेको कुरा सुब्बासित राखेको सूत्रले बताएका छन्‌। विमल गुरूङसित भेटघाट भएको भोलिपल्ट नै छत्र सुब्बाले जीटीएप्रेमी अनि गोर्खाल्याण्ड प्रेमीबीचको मिलन सम्भव नरहेको बताएका थिए। तिनले भनेका थिए, विमल गुरूङ जीटीए चहाने नेता हुन्‌ अनि तिनी छुट्टै राज्य। यसै पनि दुवैको राजनैतिक घरातल गोरामुमो नै हो। दुवैले गारोमुमोबाट नै राजनैतिक केरियर बनाएका थिए। घिसिङलाई नै हमला गरेको आरोपमा छत्र सुब्बा जेल परे भने तिनै घिसिङको राजनैतिक सत्ता च्युत गरेर विमल गुरूङले आफ्नो राजनैतिक पचिहान स्थापित गरे। धरातल एउटै भए पनि दुवैमा सैद्दान्तिक मतभेद देखापरेको छ। दुवैको भेटलाई दुवैले नै सामान्य बताएको भए पनि मोर्चा संलग्न कार्यक्रममा किन छत्र सुब्बा गए अनि किन सो मेलामा मोर्चाका प्रायः जम्मै केन्द्रिय नेताहरू उपस्थित थिए भन्ने कुराको रहस्य भने खोलिएको छैन।

0 comments: on "छत्र सुब्बाले आन्दोलन गरिसकेका छन्‌ यो मेरो पालो हो-विमल"