मुख्य समाचार :


चार महिनापछि विभागीय पहल कोर्ट सट्याम्प पाउने चॉंजो मिलाइयो


कालेबुङ,१७ जनवरी|
१८ सितम्बरमा आएको भुइँचालोले कालेबुङको ट्रेजरी भवन क्षगिग्रस्त बनािइएपछि  अहिले सारेर अस्थायी रूपमा स्थानीय रामकृष्ण रङ्गमञ्चमा चलाइने कार्य भइरहेको छ| टे्रजरी भवनमा रहने जम्मै विभागहरू अस्थायी रूपमा सारिएपनि भुइँचालोे गएदेखि नै  एनजी स्ट्याम्प पाउने सट्रोङ रुम भने आजसम्म सुचारू बन्न सकेको थिएन| फलस्वरूप चार महिनादेखि जनसाधरण  एनजी स्ट्याम्प अनि कोर्ट भी को समस्याबाट दिनौं जुझिरहेका थिए| जनसाधरणले कालेबुङ चार महिनादेखि समयमा कोर्ट स्ट्याम्प पाउन सकिरहेका थिएन्| झनै सुदर्वर्ती क्षेत्रका मानिसहरू त एउटा कोर्टस्याम्पको निम्ति मात्र पनि १५ दिनसम्म पनि कोर्ट धाउनपर्ने स्थितिहरू देखा परिरहेको थियो| विभागीय उदासिनताको कारण सर्वसाधरणले चार महिना अघिदेखि कोर्ट सट्याम्पकोे झमेलाले समयमा आफ्नो काम गर्न सकिरहेका थिएनन्| कोर्टका भेन्डरहरूले जसोसतो दार्जीलिङ, खरसाङ अनि सिलगढीतीरबाट  सीमित कोट सट्याम्प ल्याएर काम चलाइरहेका थिए| चार महिनापछि विभागले आखॉं उघारेर जनसाधरणको असुविधालाई ध्यानम राख्दै फेरि स्ट्ोङ रूप खोलिदिएको छ| ट्रेजरी अधिकारी साङ्गे शेर्पाले बताएअनुसार अबउसो महकुमा अधिकारी कार्यलयको एक कोठामा सट्रोङ रूप शुरू गरिएको  छ जसबाट सबैले कोर्ट स्ट्याम्प लिन सक्नेछन्| भुुँइचालोपछि ट्रेजरी भवनको अन्य जम्मै विभागरू अस्थायी रूपमा सारेर शुरू गरेपनि विभागीय आदेश नहुँदा नै स्ट्रोङ रूप शुरू गर्न नसकेको तिनले जनाए| यद्यपि  अहिले विभागीय आदेशपछि नै फेरि सट्रोङ रूप शुरू गरिएको बताउँदौ अबउसो जनसाधरणले कोर्ट स्याण्पको झमेला झेल्न नपर्ने पनि शेर्पाले बताए|  

0 comments: on "चार महिनापछि विभागीय पहल कोर्ट सट्याम्प पाउने चॉंजो मिलाइयो"