मुख्य समाचार :


सीआईटीयूको राइटर्स धरणामा पहाडका एनबीएसटीसी कर्मचारीहरूलाई माकपाको आह्वान

 

कालेबुङ,१७ जनवरी|
उत्तर बङ्ग राज्य परिवहन निगम(एनबीएसटीसी) को वर्षेणी ६ करोडको सब्सिडि हटाउने मुख्यमन्त्री ममता ब्यानर्जीको निर्णयको विरोधमा सीआईटीयूले कोलकाता राइटर्स बिल्डिङमा १९ जनवरीमा धरणा दिने भएको छ| मुख्यमन्त्रीले २५ जनवरीमा सब्सिडिको बन्दको घोषणा गर्नअघि नै सीआईटीयूले विरोध प्रदर्शन गर्ने भएको छ| उत्तर बङ्गाल राज्य परिवहन निगममा हाल ३,७५० कर्मचारीहरूहरू कार्यरत रहेको अनि  ७०५ वटा वाहनको ठाउँमा हाल केवल ५०० वटा मात्र चलिरहेको छ भने २०५ बसहरू अचल रहेको  माकपा नेता तारा सुन्दासले बताए| मुख्यमन्त्रीको एनबीएसटीसीमा सब्सिडि हटाउने विरोधमा हुनेे विरोध प्रदर्शनीमा पहाडका जम्मै एनबीएसटीसीमा कार्यरत कर्मचारीहरूलाई उपस्थित बनिदिने सुन्दासले आह्वान गरेका छन्| एसबीएसटीसीलाई घटाएर ५ देखि १० प्रतिशत मात्र पेन्सन दिने कुरा चलिरहेकोले यसमा माकपाको घोर विरोध रहेको तिनले बताए| कर्मचारीहरूले केवल ५ प्रतिशत पेन्सनमा जीवीकोपार्जन गर्ननसक्ने बताउँदै तृणमूल सरकारको कोल्टे नीतिको विरोधमा अनि पीडीत कर्मचारीहरूको पक्षमा सीआटीयू उभिएको सुन्दासले बताए|

0 comments: on "सीआईटीयूको राइटर्स धरणामा पहाडका एनबीएसटीसी कर्मचारीहरूलाई माकपाको आह्वान"