मुख्य समाचार :


सोनाम लोछारको अवसरमा कफेरमा सैलुङ्गे मेलाको तयारी

कालेबुङ,१९ जनवरी|
तामङहरूको प्रमुख चाड सोनाम लोछारको अवसरमा कफेरमा २७ देखि २९ जनवरीसम्म धमुधामसँग तीन दिवसीय सैलुङ्गे मेलाको आयोजना गरिने भएको छ| तामाङ बुद्धिष्ट एसोसिएसन कफेर अनि तामाङ युथ एसोसिएसन कालेबुङको सुयुक्त आयोजनामा सम्पन्न हुने मेलामा १७ औं कर्मापाका दावेदार थिन्ले थाइ दोर्जीको विशेष उपस्थिति रहने भएको छ| रोमाञ्चक खेलहरू, तोमाङ भेसभुषा अनि खानपान, तामाङ जातीय नृत्य अनि सेलो प्रतियोगिता, अन्य विभिन्न जातीय नृत्यहरूसितै दार्जीलिङ, खरसाङ, कालेबुङ, गान्तोक लगायत नेपालका चर्चित कलाकारहरूको साङ्गितिक कार्यक्रम मेलाको प्रमुख आकर्षण रहनेछ| आयोजक समितिका संयोजक भीम प्रसाद योञ्जनले बताएअनुसार तामाङ जातिको महान पर्व सोनाम लोछार सम्बन्धी धेरैलाई थाहै छैन| योसितै विलुप्त बन्दै गइरहेको तामाङ जातीको धर्म, भाषा अनि संस्कृतिको जगेडा गर्नु नै मेलाको प्रमुख उदेख्य रहेको छ| त्यसै पनि कफेर एक पर्यटकीय स्थलको रूपमा परिचित रहेकोले  यस सैलुङ्गे मेलाले पर्यटकीय दृश्टिकोणबाट पनि कफेरलाई धेरै फाइदा पुग्नसक्ने आयोजकपक्षले सोँचेको छ| यसै मेलाको अवसरमा तामाङ सप्रदायका विभिन्न पेशामा कार्यरत उच्च अधिकारीहरूलाई पनि सम्बर्धना जनाइने भएको छ| यसबाहेक अन्य उच्च अधिकारीहरूको कार्यक्रममा उपस्थिति रहने अनि मेलामा अन्य विविध कार्यक्रमहरू रहेको आयोजकपक्षले बताएको छ|

0 comments: on "सोनाम लोछारको अवसरमा कफेरमा सैलुङ्गे मेलाको तयारी"