मुख्य समाचार :


फेशनको दुनिँयामा सफलताको सिँडी चड्दै ट्रेसी

ट्रेसी वाटसन शेर्पा

प्रज्ज्वल छेत्री
कालेबुङ,१९ जनवरी|

अन्य सम्प्रदायका चेलीहरू झैं गोर्खे चेलीहरूमा पनि अहिले विस्तारै फेशनप्रति मोह बढ्दैछ| फेसनप्रति चाह राख्ने भएपनि फेसनकै माध्यमबाट ख्याती कमाउने गोर्खे चेलीहरू कमै छन्| फेसनको दुनिँयामा गोर्खे चेलीहरू अन्य सम्प्रदायको हाराहारीमा नरहेपनि विस्तारै फेसन सो तिर देखिने अन्य सम्प्रदायका युवा-युवतीको भीडभित्र गोर्खे चेलिहरू देखिन थालेका छन्| फेसनप्रति अभिरूचि राख्ने अनि फेसनकै माध्यमबाट विस्तारै सफलताको सिँडी चडिरहेकी एक गोर्खे चेली हुन् कालेबुङ ८ माइल निवासी ट्रेसी वाटसन् शेर्पा| २० वर्षिय ट्रेसीले भर्खरै च्लान भी मार्फत ६ अक्टोबरदेखि २२ दिसम्बरसम्म प्रसारित ग्लाड्रेग्स मेगाहन्ट को फाइनल राउण्डसम्म पुगी शीर्ष आठसम्म पुग्न सफल भइन्| ट्रेसीअनुसार,  तिनले पहिले कोलकाताको अडिसनमा भाग लिएकी थिइन् जहॉं ५६ जनाबाट चुनिएका ६ जनामा तिनी पनि परिन्| त्यसपछि दिल्लीमा भएको दोस्रो अडिसनमा ४६ जनामध्ये ४ जना चुनिँदा तिनको पनि नाम आएपछि मुम्बइको फाइनल राउण्डसम्म पुग्न तिनी सफल भइन्| स्थानीय सन्त जोसेफ कन्भेनटबाट आइएसई अनि रकभेल एकाडेमीबाट आइएससी पास गरी हाल तिनी कोककाता शिक्षा आयतनबाट एमसीए लिएर अध्ययन गरिरहेकी छन् भने भावनीपूर मोडलिङ इन्टिट्युटबाट  मोडलिङ पनि सिकिरहेकी छन्|  ग्लाड्रेग्स मेघाहन्टमा पनि तिनले भावनीपूर मोडलिङ इन्टिट्युटबाट नै प्रतिनिधित्व गरेकी थिइन् भने बङ्गालबाट फाइनल राउण्डसम्म पुग्ने ट्रिसा मात्र थिइन्| उनी अहिले आफ्नो अध्ययनसितै विभिन्न फेशन सो प्रतिगोतिहरूमा भाग लिने गर्दछिन्| कालेबुङमा नै छँदा रकभेल एकाडेमीले आयोजना गरेको रकक्टोबर फेष्टमा ‘प्रिन्स’ को खिताब जीतेेपछि नै फेसनप्रति मोह बढ्दै गइरहेको ट्रिसा बताउँछिन्| फेसन अनि मोडलिङप्रति रुची हुँदाहुँदै पनि तिनी भविष्यमा पत्रकारिता क्षेत्रमा काम गर्ने इच्छा रहेको बताउँछन्| हिन्दी फिल्मतिर जानलाई हिन्दीको राम्ररी ज्ञान हुनपर्ने भएकोले फिल्ममा जान नसक्ने असमर्थता तिनी प्रकट गर्छिन्| तिनी मोडलिङ गर्न चाहने अन्य गोर्खे युवा-युवतीलाई परिश्रम गर्नुपर्ने अनि सही मञ्च पाए अघि बढ्न सकिने सुझाउ राख्छन्| तिनका बाबु क्लेटोन वाट्सन अनि आामा सुजन वाट्सन शेपार्ले पनि छोरीले पाएरहेको सफलताबारे हर्ष प्रकट गरे| तिनका बाबु क्लेटोन वाटसनले भने, कालेबुङ जस्तो एक कुनाबाट  मोडलिङमा विश्‍वकै नारीहरूबीच प्रतिशपर्धा गरेर शीर्ष ८ सम्म आउनु  ट्रिसा हाम्रो निम्ति मात्र नभएर समस्त पहाडबासीको निम्ति गौरवको विषय हो| फेसनप्रति तिनको औधी रूचि रहेको अनि रकभेल एकाडेमिले नै छोरीलाई फेसनप्रति अझ प्रोत्साहन  अनि मौका दिएकोले नै आज टिस्राले मोडलिङमा केही गर्न सकिरहेको तिनले बताए| ग्लाडर्स मेहाहन्टको शीर्ष आठसम्म पुगेको अनि त्यसै केन्द्रमा ट्रिसाले तीन वर्षको कन्ट्रयाक पाएको बताउँदै एमसीए सकेपछि उच्च शिक्षाको निम्ति छोरीलाई अस्ट्रलिया पठाउने योजना रहेको पनि तिनले बताए|

0 comments: on "फेशनको दुनिँयामा सफलताको सिँडी चड्दै ट्रेसी"