मुख्य समाचार :


मोर्चाले दागोपापको चुनाउ पनि गर्नुपर्छ- गुरूङ

कालेबुङ, 16 जनवरी।
चुनाउ नै नलड्‌ने भन्ने मोर्चाले जीटीए गठन नभइ नगरपालिका चुनाउ लड्यो। यो चुनाउमा जितेपछि जीटीए गठन हुने अनि त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ हुने गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले घोषणा गरेपनि जीटीए गठन अघि नै दुइस्तरीय ग्राम पञ्चायत चुनाउ गर्ने भएको छ। अब मोर्चाले दागोपापको चुनाउ पनि गर्नुपर्छ। किन भने दागोपापको चुनाउ नभएकोले नै भ्रष्टचार बढिरहेको छ। विकास भएको छैन-पिपल्स फोरमका महासचिव प्रवीण गरूङले यसो भनेका छन्‌। गुरूङले अझ भने, विकासको निम्ति दुइस्तरीय ग्राम पञ्चायत चुनाउ हुन्छ भने दागोपाप किन छोडेको? आजको दिनसम्म नै मोर्चाले दागोपापलाई बाबूको विर्ता जस्तो चलाइरहेको छ। अघोषितरुपले मोर्चाले दागोपाप चलाउनु राजनैतिक पारदर्शिता र इमान्दारिताको सवालमा ठीक होइन। बरु दागोपापको चुनाउ गरोस्‌ अनि घोषितरुपले दागोपाप चलाओस्‌। गुरूङको भनाइ अनुसार जीटीए मार्चमा गठन हुन्छ भने जीटीए भएपछि नै त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ गर्नु राम्रो हो।
 किन मार्च अघि नै दुइस्तरीय ग्राम पञ्चायतको चुनाउ गर्ने। कति जनतालाई मोर्चाले ढॉंट्‌ने? 10 मार्च 2010मा छुट्टै राज्य गोर्खाल्याण्ड बनिएन। नबनिएकोमा घोषणा अनुसार विमल गुरूङले आफूलाई गोली पनि ठोकेनन्‌। फरवरीमा जीटीए गठन हने हल्ला गर्‍यो, त्यो पनि नहुने भयो। अहिले मार्चमा पुर्‍याएको छ अनि मार्चमा पनि जीटीए गठन हुँदैन भन्ने स्पष्ट छ। गुरूङले भने, मोर्चालेे सोझै भन्नुपर्छ, जीटीए गठन हुँदैन, यसकारण दागोपापमा नै सन्तोक गर्नुपर्छ। किन नभनेको जनतालाई? जनतलाई नभने पनि तर करणी त दागोपापतिर नै बढिरहेको छ। मोर्चाले बन्द गरेको नगरपालिका चुनाउ मोर्चाले नै गर्‍यो। राजनैतिक गुरु गारोमुमोले बन्द गरेको ग्राम पञ्चायत चुनाउ शिष्य मोर्चाले नै गरिरहेको छ। अब रहेको छ दागोपाप। यसको पनि चुनाउ गरोस्‌ अनि दागोपाप सम्हालेर मोर्चा बसोस्‌, मूल आकांक्षा लुकाएर जनतालाई भ्रममा नपारोस्‌। गुरूङ अनुसार  मोर्चाले व्यापकरुपले झुट बोलिसकेको छ। अब प्रत्येक झुट मोर्चालाई गलाको पासो बन्दै गइरहेको छ। जीटीए गठन हुँदैन भन्ने सन्देश मोर्चाले दुइस्तरीय ग्राम पञ्चायतको चुनाउ गर्ने भनेर बताइसकेको छ। गुरूङले भने, वास्तवमा मोर्चाको उद्देश्य केवल छुट्टै राज्य वा बङ्गालबाटको मुक्तिको आन्दोलनलाई विथोल्नु मात्र थियो। मोर्चाले जति थुन्ने कोशिष गर्‍यो छुट्टै राज्यको आवाज उति उठिरहेको छ। तिनले भने, मोर्चाको असलियत जनताअघि आउन अब धेर समय लाग्ने छैन। तिनले रोशन गिरीले आरटीआईलाई बेमतलबको बताएर तिनी र तिनको दलको राजनैतिक प्रकृति र गणतन्त्रको परिचय दिइसकेको पनि बताएका छन्‌। आरटीआईको मतबल देश र देशका नागरिकहरुले राख्छन्‌, गिरीले नराख्नु संसारको नयॉं आश्चर्य हो। बिजुलीको बील सरकारले माफ गरेको छैन। वास्तवमा मोर्चाले घोषणा गरेको कुनै पनि मुद्दामा सरकारले माफ गरेको छैन। मोर्चाको झुट कुराहरूको पर्दाफास गरेर जनतालाई सचेत गर्ने कार्य फोरमले छोड्‌ने छैन। बीलको भारी जनतालाई बोकाएर मोर्चा हलुङ्ग हुनेछैन। मोर्चाले झुटको परिणाम मोर्चाले भोग्नै पर्छ।

0 comments: on "मोर्चाले दागोपापको चुनाउ पनि गर्नुपर्छ- गुरूङ"