मुख्य समाचार :


पश्चिम बङ्गाल पर्यटन विभाग जुट्यो रिपोर्टको तयारीमा

हिल  टप टुरिस्ट लज

मोर्गेन हाउस
 हिल टप र मोर्गेन हाउसको पुनः निर्माणको निम्ति गौतम देवले विस्तृत रिपोर्ट मागेपछि

प्रज्ज्वल छेत्री
कालेबुङ, 30 जनवरी:

पश्चिम बङ्गाल सरकारले अहिले दार्जीलिङ पहाडलाई पर्यकीय स्थलको रूपमा विकसित गर्न निक्कै चासो देखाउन शुरू गरेको छ। पश्चिम बङ्गाल पर्यटन विभाग अधिनस्थ कालेबुङमा तीनवटा गेस्ट हाउसहरू रहेको छ। यी मध्ये टासिडिङ तीन वर्षअघिदेखि बन्द अवस्थामा छ। टासिडिङबाहेक रहल हिल टप टुरिस्ट लज अनि मोर्गेन हाउसलाई भुइँचालोले अधिक क्षति पुर्‍याएकोले उत्तर बङ्गाल नगर उन्नयन मन्त्री गौतम देवले पश्चिम बङ्‌ाल पर्यटन विभागलाई यी दुइवटा गेस्ट हाउसको विस्तृत रिपोर्ट मागेका छन्‌। उत्तर बङ्गाल नगर मन्त्रालयलाई पर्यटन विभागले क्षतिग्रस्त यी दुइ गेस्ट हाउसको रिपोर्ट चॉंडै बुझाए पुनः निर्माणकोे निम्ति राशी अनोमोदन गरिदिने मन्त्रीले बचन दिएका छन्‌। यी सरकारी गेस्ट हाउसहरूमा पर्यटहरूलाई भरपूर सुविधा प्रदान  गर्नेदिशामा ध्यान दिनपर्ने पनि मन्त्री देवले बताइसकेका छन्‌। मन्त्रीले मागेको रिपोर्टलाई लिएर अहिले पश्चिम बङ्गाल पर्यटन विभागले पनि ‘डिटेल प्रोजेक्ट’ तयार गर्ने काम भइरहेको बताएको छ।  अहिले यी दुइ गेस्ट हाउसमा लाग्ने खर्चको विवरणको तयारी भइरहेको विभागीय अधिकारीहरूले जनाएका छन्‌।
हिल टप टुरिस्ट लजः
ॅ2 ऐकरभन्दा अधिक क्षेत्रफलमा फैलिएको यस हिल टप टुरिस्ट लजको वर्तमान अवस्था सोचनीय रहेको छ। 18 सितम्बरको विनाशकारी भुइँचालोले हिल टपलाई निक्कै क्षति पुर्‍याएको छ। व्यस्थापक सोनाम कार्थकले बताएअनुसार विधायक, जिल्लापाल, पर्यटन विभागका सचिव लगायत अन्य अधिकारीहरूले पनि भुइँचालोपछि लजको निरिक्षण गरिसकेका छन्‌। गत 21 सितम्बरमा पर्टकहरूको लजमा आवगमन धेरै भएकोले चर्किएको ठाउँहरू टालुटुल गर्दै रङ्गपचेरा गरेर पर्टटकहरूलाई देखावटी भयमुक्त बनाउने प्रयास गरिएको थाहा लागेको छ। यद्यपि भुइँचालोले बिल्डिङलाई जरैदेखि हल्लाएर, जताततै चर्किएकोले कुनै समय दुर्घटना हुने सम्भावनाहरू पनि देखा परिरहेको छ। यस हिल टप टुरिस्ट लजमा कूल सातवटा कोठाहरू रहेको छ। तीनवटा पलङ अँट्‌ने 6 वटा अनि दुइवटा पलङ जाने एकवटा गरी कूल 7 वटा कोठा रहेको यस लजमा बस्न 800 रूपिँया लिने गरेको व्यवस्थापकले बताए। यी 800 रुपिँया तिरेर बस्नसकिने कोठाहरू सचारू नै रहेपनि कम दाम तिर्नपर्ने 25 जना अँट्‌ने डोमिटेरी भवन भने 5 वर्षअघिदेखि बन्द रहेकोले हाल ड्रग्सखोरहरूको  अड्डा बनिरहेको छ। लजमा अहिलेसम्म फेन्सिङ नभएकोले नै यस्तो समस्या देखापरेको बताइएको छ। भुइँलालोले क्षतिग्रस्त पारेकोहरूको मात्र मरमत्ति नभएर जम्मै पलङ अनि डाइनिङ टेबलहरू पनि बिर्सिसकालीन भएकोले फेर्नपर्ने अवस्था आइपरेको पनि व्यवस्थापक सोनाम कार्थकले बताए।
मोर्गेन हाउसः
भारत स्वतन्त्रअघि अंग्रेज साहेब मिस्टर मोर्गेनको नाममा 1930 सालमा यस मोर्गेन हाउसको स्थापना भएको थियो। त्यसपछि 1965 सालमा पश्चिम बङ्गाल पर्यटन विभाग अधिनस्थ रहेको मोर्गेन हाउलाई यसपल्टको भुइँचालोले अधिक क्षति पुर्‍याएको छ। मौसमको समयमा 80 प्रतिशतसम्म पर्यटकहरू मोर्गेन हाउसमा आउने गरेको व्यवस्थापक किरण थापाले बताए। तिनीअनुसार  7 कोठा रहेको यस लजमा बस्न कोठा हेरेर 500 देखि 2000 मुल्य लिने गरिन्छ।
विभागीय नजर नपुगेको टासिडिङः
3 वर्षदेखि टासिङ गेस्ट हाउस बन्द अवस्थामा रहेको छ। 6 वटा कोठा रहेको टासिङलाई खोलाउन अझसम्म पनि विभागीय नजर पुगेको छैन। हिल टप अनि मोर्गेन हाउसलाई भुइँचालोकै कारणले भएपनि खोलाउने उत्तर बङ्गाल उन्नयन  मन्त्री गौतम देवले मन बनाएको भएपनि टासिडिङ भने विभागीय नजरबाट ओझेल बन्न पुगेको छ।
यसरी पहाडमा सरकारी गेस्ट हाउसहरूको उचित देखभाल अनि संरक्षण हुनसकेकोले पर्यटकहरूले पहाडमा भनेजस्तो सुविधाहरू पाउन सकिरहेको छनैन्‌। राज्यमा अहिले तृणमूल सरकार आएर मोर्चासँग जीटीएमा सम्झौता गरेदेखि यता पहाडको विकासको निम्ति पश्चिम बङ्गाल सरकाले देखाएको सक्रियता मुखले मात्र हुने हो या व्यवहारिक रूपमा पनि हुने हो हेर्नलायकको विषय रहनेे छ।

0 comments: on "पश्चिम बङ्गाल पर्यटन विभाग जुट्यो रिपोर्टको तयारीमा"