मुख्य समाचार :


फेरि नगरमा गोरानिमोले टॉंस्यो पोष्टरिङ कालेबुङलाई जिल्ला बनाइनुपर्ने माग

कालेबुङ,21 जनवरी।
पञ्चायत र खण्डहरूको वढोत्तरी हुनपर्ने कुरा गोजमुमोले अहिले गरिरहेको भएपनि गोरमुमोलाई त्यागेर गोरानिमो गठन गरेदेखिनै
दावा पाख्रिनले भने दार्जीलिङमा नयॉं खण्ड, महकुमा, अनि नयॉं जिल्लाहरू गठन हुनुपर्ने कुरा गरिरहेका छन्‌। गोर्खा राष्ट्रिय निर्माण मोर्चा(गोरानिमोले) गोर्खाल्याण्डसम्म पुग्ने बाटोे जिल्ला अनि खण्डहरूको बढोत्तरीद्वारा नै सम्भव हुने देख्छ। गठनकालदेखि नै जिल्ला अनि खण्डहरूको बढ्‌त्तरीको भाका अलाप्ने गोरानिमोलेे आज पनि त्यही भाका अलापिरहेको छ। देशमा राज्य पुनर्गठन आयोग गठन हुने सम्भावनाहरू प्रबल बनेकोले कालेबुङलाई यथाशीघ्र जिल्ला घोषित गर्नुपर्ने आजपनि पाख्रिनले बताए। छुट्टै राज्य मात्र वान पोइन्ट एजेन्डा रहेको अनि कालेबुङलाई जिल्ला घोषित गर्नुपर्ने मागमा आज फेरि गोरानिमोले नगरमा पोष्टरिङ गरेको छ। कालेबुङलाई जिल्ला घोषितसँगै गोरूबथान, अलगढा आदि क्षेत्रलाई महकुमा घोषित गर्नुपर्ने गोरानिमोको पार्टीगत अडान छ। दोस्रो राज्य पुनर्गठन आयोग बनिन अघि नै अलग राज्यको पूर्वाधारहरू तयारी जरूरी रहेको बताउँदै जिल्ला अनि खण्डहरूको बढोत्तरी हुन अनिवार्य रहेको पाख्रिनले बताए।

0 comments: on "फेरि नगरमा गोरानिमोले टॉंस्यो पोष्टरिङ कालेबुङलाई जिल्ला बनाइनुपर्ने माग"