मुख्य समाचार :


‘शाषण प्रणाली अब मोर्चा र आविपको हातमा हुनुपर्छ’

मनोज वोगटी
कुमानी, ४ दिसम्बर|
कुमानीमा आज गोर्खा जनमुक्ति मोर्चा र आदिवासी विकास परिषदको संयुक्त जनसभा सम्पन्न भयो| मोर्चाका अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी, विधायक डा. हर्कबहादुर छेत्री अनि विल्सन चम्प्रामारी प्रमुखरुपले जनसभामा उपस्थिति थिए भने आविपबाट जोन बारला, शुक्रा मुण्डा अनि निकोटिन मिञ्ज प्रमुखरुपले उपस्थिति थिए| रोशन गिरीले जनसभालाई सम्बोधन गर्दै आदिवासी र गोर्खाहरूको मिलन ऐतिहासिक रहेको बताए| तिनले यसै जनसभामा स्पष्ट पारे कि आविप र  मोर्चाको मित्रता छुट्टै राज्यको निम्ति होइन| गोर्खा र आदिवासी दुवै नै वामफ्रण्ट सरकारद्वारा शोषित रहेको बताउँदै यही शोषणको जवाब दिन विकासको निम्ति एक भएको बताए| डा. हर्कबहादुर छेत्रीले ममता व्यानर्जी पहाड, तराई र डुवर्सको विकास गर्न चाहने भएकोले तिनलाई विकास गर्नमा गोर्खा र आदिवासीको सहयोग हुनुपर्ने बताए| यसरी नै जोन बारलाले भने, अहिलेसम्म कोही पनि आएनन्, जोसित तराई र डुवर्सको विकासको योजना र कटिबद्धता होस्| अहिलेसम्म पनि तराई र डुवर्सको विकासको कुरालाई कसैले पनि सम्बोधन गर्न नसक्नु भनेको उनीहरू जम्मैले नै यस क्षेत्रको विकासको निम्ति नभएर पार्टी चलाउने काम मात्र गरेको बुझिन्छ| आविप मात्र यस्तो सङ्गठन हो जसले तराई र डुवर्सको विकासको कुरा गरिरहेको छ| तर अहिले यसको विरोध गर्ने कार्य भइरहेको छ| यो विरोध तराई र डुवर्सको विकासको विरोध हो, हाम्रो भाग्य र भविष्यको विरोध हो| हाम्रैहरू विरोधमा छन् अनि मोर्चासितको सम्झौतालाई विथोल्ने षडयन्त्र भइरहेको छ| तिनले १० दिसम्बरदेखि हुने जीएटीएको कुनै पनि कार्यक्रममा भरपुर समर्थन दिनको निम्ति सबैलाई उपस्थिति बनिदिने आह्वान पनि गरे| मोर्चा अध्यक्ष विमल गुरूङले पनि भने, अब पहाडको शाषण प्रणाली मोर्चाको हातमा आउनुपर्छ| तराई र डुवर्सको शासन प्रणाली आदिवासी विकास परिषद्मा आउनुपर्छ| पहाडमा रहेका सबै जातिको विकासको निम्ति जीटीएले काम गर्ने छ अनि तराईमा रहेको सबै जातिको (गोर्खाहरू पनि लगाएर) विकासको निम्ति जीएटीएले कार्य गर्ने छ| यसको निम्ति संयुक्त आन्दोलन हुने छ अनि राज्य  र केन्द्रलाई बुझाइने कार्य हुने छ| तिनले अझ भने, यत्रो वर्ष गरेको आन्दोलनको फल राम्रो हुनुपर्छ| हाम्रो मतलब त पुरा भयो किन भने हामीले जीटीए पायौं| तर आदिवासीहरूले केही पनि पाएका छैनन्| आदिवासीहरू नाङ्गै र भोक्कै छन्| उनीहरू अर्काको घरमा दास भएर बस्नु परेको छ| यो कसले गर्दा भयो? मोर्चा र आविपले गर्दा भएको हो? होइन, यो वामफ्रण्ट सरकारले गर्दा भएको हो| आदिवासीहरूले नोकरी पाएका छैनन्| भारत देशलाई गणतान्त्रिक देश भनिन्छ भने हामीले गणतान्त्रिकरुपले मागेको कुरा दिनुपर्छ| तिनले आदिवासी समुदायलाई सम्बोधन गर्दै भने, हामीले तपाईँहरूको निम्ति रोजगारको बाटो खनिरहेका छौं| हाम्रो मतलब त जीटीएबाट पुरा भइसकेको छ|
 क्षेत्र पनि पाइसकेका छौं, पैसा पनि पाइसकेका छौं, तपाईहरूले केही पनि पाउनु भएको छैन भनेर नै हामीले मित्रता गॉंसेका हौं| यसमा मोर्चाले कुनै पनि राजनैतिक फाइदा हेरेको छैन| गोर्खा पनि आशे जाति हो अनि आदिवासी पनि| दुवै मिलेर विकासको निम्ति आन्दोलन गरिरहेका छौं यसमा तपाईँहरूको साथ चाहिन्छ| हामी अबको जनसभामा अडाई लाख जनता थुपार्ने सोंचेका छौं| सरकारलाई गोर्खा र आदिवासीले देखाउनुपर्छ कि विकासको नम्ति हामी एक छौं| विमल गुरूङले यसै दिन सिब्सु काण्डको पनि सम्झना गरे| तिनले भने, मोर्चाको निम्ति यो ठाउँले धेरै महत्व राख्छ| अब ८ फरवरीको दिन यहॉं एउटा ठूलो कार्यक्रम हुने छ| सिब्सु काण्ड हाम्रो इतिहासमा महत्व पूर्ण छ| यसकारण यहॉं १३ फरवरीको दिन वृहत पुराण लगाइने छ| अबको दिनमा यस क्षेत्रको विकास धेरै हुने छ| हामीले धेरै कुरा सोंचेर राखेका छौं| २८ नम्बर समष्टीको निम्ति धेरैवटा योजना बनाइसकेका छौं|



जीएटीएको बागडोर जोन बारलाको हातमा?
मोर्चा अध्यक्ष विमल गुरूङले जीएटीएको बागडोर जोन बारलाको हातमा जाने संकेत पनि दिएका छन्| विमल गुरूङले भने, तपाईँहरूलाई भट्काउन सक्छ| अब बागडोर जोन बारलाहरूको हातमा जाने छ| उनीहरूले नै जीएटीए चलाउनुपर्छ| यहॉं गोर्खाहरूसित मिलेर नै काम गर्नुपर्ने छ| काम गर्ने जोन बारलाहरू हुन्| विकासको काम गर्नुपर्छ| यहॉंका मोर्चाका सङ्गठनहरूले पनि आवपसित मिलेर काम गर्ने छ| मैले हात काटेर दिइसकेको छु| राम्रो माहौल भएको छ| यसलाई बलियो बनाएर जानुपर्छ| एकता राख्ने आह्वान गर्छु| कसैले पनि विरोध गरेको खण्डमा तपाईँहरूले उनीहरूलाई जवाब दिनुपर्छ| 

बीरसा तिर्कीलाई सबै थाहा छ, विरोध किन?
जोन बारलालाई आविपको राज्य समितिले सङ्गठनको क्षमता प्रयोग गर्न नपाउने अनि दुरुपयोग पनि गर्न नपाउने निर्देश दिइसकेको छ| तर तिनी आज आविप कै व्यानरमा उपस्थित थिए| विमल गुरूङले भने, आविप र मोर्चालाई मिलाउनमा विरसा तिर्कीकै ठूलो हात छ| पहिलो बैठकमा तिनी पनि थिए| तिनैले नै दास्रो बैठकको मिति तय गरेका हुन्| अहिले फेरि जोन बारलालाई आविपबाट निकाल्ने षडयन्त्र किन गर्दैछ? विरसा तिर्कीले राजनैतिक केरियर बचाउँने राजनीति गर्दैछन्| गोर्खालाई बेसी नचलाओस्, मेलै गोर्खाहरू जङ्गल फॉंडेर बस्न सक्छ भनेर अघिबाट नै भनिसकेको छु| तिनले कुरा बुझ्नुपर्छ|
 


0 comments: on "‘शाषण प्रणाली अब मोर्चा र आविपको हातमा हुनुपर्छ’"