मुख्य समाचार :


मोर्चालाई नसोधेकोमा खण्ड कार्यालयहरू बन्द

कालेबुङ, ४ दिसम्बर|
आजदेखि पहाडका सम्पूर्ण खण्ड विकास कार्यालयमा मोर्चाले अनिश्‍चितकालको निम्ति ताला झुण्डाउने छ| ताला झुण्डाउनुको कारण विभागले मोर्चालाई नसोध्नु रहेको छ| खण्ड विकास कार्यालयले  परिवार कल्याण योजनाको आशा पदमा आफ्नै ढङ्गले नियुक्ति गरेको मोर्चालाई मन परेन| किन भने खण्ड विकास कार्यालयले मोर्चालाई सोधेर नै आशा पदमा नियुक्त गर्नुुपर्थ्यो| तर खण्ड विकास कार्यालयले मोर्चालाई सोधेन| आज कुमानीमा भएको आविप मोर्चाको संयुक्त जनसभाबाट मोर्चा अध्यक्ष विमल गुरूङले आजदेखि खण्ड विकास कार्यालयमा ताला लगाउनुको खास कारण खोले| तिनले भने, जुनै पनि काम गर्दा मोर्चालाई सोध्नुपर्छ| किन भने आन्दोलन मोर्चाले गरेको हो| आन्दोलनमा आएको कारण यस्तै नोकरी पाउनुको निम्ति हो| खण्ड विकास कार्यालयले आफ्नै पाराले नियुक्ति गरिरहेको छ| यसो गर्नु ठीक होइन| ककसलाई काम दिनुपर्ने मोर्चालाई थाहा छ| खण्ड विकास कार्यालयले यो कामको निम्ति मोर्चालाई सोधेन| मोर्चाले बन्द गरिदियो| तिनले मोर्चाको आन्दोलनमा खट्नेहरूले काम पाउनु पर्ने बताए| तिनले आदिवासीहरूलाई पनि मोर्चाले आदिवासी वेरोजगारहरूलाई नोकरीको बाटो खोलिदिनको निम्ति नै जीएटीएमा सम्झौता गरेको बताइरहेका थिए| यसै सन्दर्भमा तिनले आजदेखि खण्ड विकास कार्यालय बन्द गर्नुको कारण खोल्दै मोर्चाको आन्दोलनमा खट्नेहरूले काम नपाउने भएकोले नै खण्ड विकास कार्यालयमा ताला लगाइदिएको स्पष्टिकरण पनि दिइरहेका थिए| गुरूङले चिया श्रमिकहरूको रोज वृद्धि मोर्चाले नै गरेको बताउँदै कसैप्रति अन्याय भएको नसहने बताए| परिवार कल्याण योजना अन्तर्गत ग्रामीण क्षेत्रमा स्वास्थ्यको पनि पहल गर्न सरकारले आशा-नाममा उम्मेद्वारहरूलाई नियुक्त गर्ने गरेको छ| नियुक्तहरूले गाउँ गाउँमा गएर विरामीहरूको निरीक्षण गर्ने कार्य गर्ने गर्छ| मोर्चाले नै बताए अनुसार आशाको पदमा मोठ १४४० वटा पदहरू रिक्त छन्| ती पदमा खण्ड विकास कार्यालयले नियम अनुसार नियुक्त गर्न अन्तरवार्ता गर्ने कार्य शुरू गरेको थियो| यसैको निम्ति १७ दिसम्बरमा बिजनबारीमा अन्तरवार्ता हुने तय गरिएको थियो| खण्ड विकास कार्यालयको यो आफ्नै ढङ्गलाई मोर्चाले मन पराएन| गुरूङको भनाइ अनुसार यसको नियुक्तिको निम्ति मंोर्चाबाट परामर्श लिइनु पर्थ्यो तर लिइएन| मोर्चाबाट परामर्श लिएको भए मोर्चाको आन्दोलनमा खट्ने धेरै वेरोजगारहरुले काम पाउने थियो| मोर्चाको यो स्वार्थ पुरा नभएपछि नै खण्ड विकास कार्यालयहरू अनिश्‍चितकालको निम्ति आजदेखि बन्द गरिएको छ| मोर्चाले जिल्ला स्वास्थ्य विभागले नियुक्तिमा मनमानी गरिरहेको आरोप लगाएको छ| के विभागले गोर्खाहरू बाहेक अन्यलाई नियुक्ति दिइरहेको थियो त? यदि गोर्खाहरूलाई नै नियुक्ति दिइएको थियो भने किन अनिश्‍चितकालीन बन्द गरियो त? के मोर्चाको स्वार्थ पुरा नभएकोले नै अनिश्‍चितकालीन बन्द गरिएको हो त? एउटा स्वार्थको कारण खण्ड विकास कार्यालय बन्द गरिँदा जनताले यहॉंबाट पाउने धेरैवटा सेवामा बाधा पुग्दैन? अब प्रश्‍नहरू उठ्ने देखिएको छ|
 


0 comments: on "मोर्चालाई नसोधेकोमा खण्ड कार्यालयहरू बन्द"