मुख्य समाचार :


युवा मोर्चाको आन्दोलनको कुरै गरेनन् विमलले

 १० देखि गोजमुमोको जीएटीएको आन्दोलन,
१८ देखि युवा मोर्चाको छुट्टैराज्यको आन्दोलन|
जनताले कुन आन्दोलनलाई सहयोग गर्ने?


कालेबुङ, ४ दिसम्बर|
अब एउटै राजनैतिक दलबाट दुइवटा आन्दोलन हुनेछ, केन्द्रिय समितिले जीटीएको अनि भातृ कमिटीले छुट्टैराज्यको| यस्तो विचित्रको राजनैतिक कार्यक्रम देखापरेको गोर्खा जनमुक्ति मोर्चाको रणनीतिमा| आज गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले भने कुमानीमा १० दिसम्बरदेखि जीएटीएको आन्दोलन हुने घोषणा गरे भने ती नै अध्यक्षको निर्देशमा  मोर्चा कै भातृ सङ्गठन युवा मोर्चाले भने १८ दिसम्बरदेखि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्ने घोषणा गरिसकेको छ| आज युवा मोर्चाको महासचिव प्रियवर्द्धन राईले कुरालाई सच्याउँदै युवा मोर्चाको आन्दोलन अध्यक्ष विमल गुरूङको निर्देशनमा नभएको स्पष्ट पारिदिएका छन्| तर बारम्बार तिनकै सङ्गठनबाट मोर्चा अध्यक्षको निर्देशमा नै युवा मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्ने बताइरहेका थिए| आज युवा मोर्चा महासचिव राईले विमल गुरूङलाई छुट्टै राज्यको निम्ति युवा मोर्चाको आन्दोलनको निम्ति अनुरोध गरिने कुरा बताएर छक्क पारिदिएका छन्| यिनी तिनै विमल गुरूङ हुन् जसले आङ बॉंधेर नयॉं पार्टी गठन गरेका थिए छुट्टै राज्यको निम्ति, तिनै विमल गुरूङलाई तिन कै युवा सङ्गठनले छुट्टै राज्यको आन्दोलन गर्न अनुरोध गर्ने बताइरहेको छ|
 प्रियवर्द्धन राईको भनाइ अनुसार नै हो भने विमल गुरूङले छुट्टै राज्यको मुद्दालाई छोडिसकेका छन्| यसकारण गुरूङलाई तिनको लक्ष्य अब युवा मोर्चाले सम्झाइदिनुपर्ने भएको छ| अचम्मको कुरा के पनि देखिएको छ भने आजको जनसभामा विमल गुरूङले युवा मोर्चाको छुट्टै राज्यको कुरा कन्थै गरेनन्| विमल गुरूङले मात्र होइन रोशन गिरी अनि डा. हर्कबहादुर छेत्रीसम्मले युवा मोर्चाको आन्दोलनबारे पटक्क मुख खोलेनन्| यसले स्पष्ट पार्छ केन्द्रिय कमिटी जीटीएको पक्षबाहेक अरु कुनै पनि पक्षमा छैन| केन्द्रिय कमिटी तन मन धनले जीटीएको पक्षमा आन्दोलन गर्ने रणनीतिमा छ भने त्यसै दलको सानो भातृ सङ्गठनले भने छुट्टै राज्यको आन्दोलन १८ देखि गर्ने भन्नु राजनैतिक इतिहासमा नै सबैभन्दा ठूलो हास्यास्पद घटना मानिएको छ| अब जनता गॉंठोमा परेका छन्| जनताले युवा मोर्चाको छुट्टै राज्यको आन्दोलनमा साथ दिने हो कि केन्द्रिय कमिटीको जीटीएको आन्दोलनमा? आफै मागेर नदिएको तर राज्य र केन्द्रले कर गरेर मोर्चालाई जीटीए दिएको बताए पनि अहिले जीटीएको निम्ति नै मोर्चाले आन्दोलन गर्ने भइरहेको छ| मोर्चालाई १५ दिसम्बरको दिन हाइपावर कमिटीले गर्ने बैठकसित निक्कै त्रसित रहेको बुझिएको छ किन भने यो बैठक अघि नै जीएटीएको निम्ति आन्दोलन गर्ने भएको छ| जीएटीए आविपलाई सुम्पेर अनि तराई र डुवर्सका गोर्खाहरूलाई त्यहीँ मिलाएर पहाडको निम्ति मोर्चाले  जीटीए थाप्ने भएको यही रणनीतिले स्पष्ट पारिसकेको छ| अब मोर्चाको जीटीए छुट्टै राज्यको निम्ति कुनै पनि खुडि्कलो होइन भन्ने पनि स्पष्ट भइसकेको छ|


0 comments: on "युवा मोर्चाको आन्दोलनको कुरै गरेनन् विमलले"