मुख्य समाचार :


जीटीए र जीएटीएको निम्ति १० दिसम्बरदेखि आन्दोलन


मनोज वोगटी
कुमानी, ४ दिसम्बर|
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले पहाडमा जीटीएको निम्ति अनि तराई र डुवर्समा जीएटीएको निम्ति संयुक्तरुपले आन्दोलन शुरू हुने जनाएका छन्| कुमानीमा भएको जनसभाबाट आविपबाट निस्कासित नेता जोन बारला अनि गोजमुमो अध्यक्ष विमल गुरूङले आज यस्तो घोषणा गरेका छन्| आज कै जनसभाबाट उनीहरूले पहाडमा जीटीए अनि तराई डुवर्समा जीएटीएको माग गरिने घोषणा पनि गरेका छन्| पहाडमा गठन हुने जीटीएलाई मोर्चाले सञ्चालन गर्ने अनि तराई र डुवर्समा गठन हुने जीएटीएलाई  आदिवासी विकास परिषद अथवा आदिवासी नेताहरूले सञ्चालन गर्ने बताइएको छ| विमल गुरूङले भने, आन्दोलन बाघपुलदेखि सुनकोशसम्म हुने छ| यो आन्दोलनमा तराईका गोर्खा-आदिवासीले मात्र होइन त्यहॉं बसोबासो गर्ने हरेक सम्प्रदायले साथ दिनुपर्छ| यस अघिका वामफ्रण्ट सरकारले केवल आदिवासीहरूलाई मात्र होइन सबै समुदायलाई शोषण गरेर राखेको थियो| अब एउटा राम्रो माहौल तयार भएको छ| गोर्खा र आदिवासी एकै सिक्काको दुइपाटो हो| दुवै शोषित र पीडित जाति हो| दुवै शोषित जाति विकासको निम्ति एक भएको छ यसकारण बाघपुलदेखि सुनकोशसम्म हुने जीएटीएको आन्दोलनमा सबैको सहभागिता हुनुपर्छ| तिनले आन्दोलनको रुपरेखा तयार पार्न ६ दिसम्बरको दिन आविप र मोर्चाको बैठक हुने बताएका छन्| अर्कोतिर १५ दिसम्बर हाइपावर कमिटीको पनि बैठक भइरहेको छ| यसैलाई लक्ष्य गर्दै विमल गुरूङले भने, १५ तारिकको हाइपावर कमिटीको बैठक अघि नै आन्दोलन शुरू हुने छ| तराई र डुवर्सका सम्पूर्ण ट्रेड युनियनले आन्दोलनलाई प्ररम्भ गर्ने छ| तिनले अझ भने, १० दिसम्बरको दिन सम्पूर्ण ट्रेड युनियनले तराई र डुवर्समा जीएटीएको मागको निम्ति महार्‍याली निकाल्ने छ| तिनले आजको जनसभा राज्य सरकार र केन्द्र सरकारलाई गाली गर्न नगरिएको तर राज्य र केन्द्रलाई नै आदिवासी र गोर्खाहरूको जनशक्ति देखाउन जनसभा गरेको बताउँदै अझ भने, यसैकारण ट्रेड युनियनको जनसभामा तराई र डुवर्सवासीले व्यापक उपस्थिति दिनुपर्छ| राज्य सरकार र केन्द्र सरकारले जीटीए र जीएटीएको निम्ति त्यहॉंका जनताको माग रहेको थाहा पाउनुपर्छ| गुरूङले यो कार्यक्रमपछि क्रमैले तराई र डुवर्सका विभिन्न क्षेत्रमा आदिवासी विकास परिषद् र गोर्खा जनमुक्ति मोर्चाको संयुक्त जनसभा हुने पनि बताए| तिनले  भने, प्रत्येक जोन जोनबाट जनता निस्कन पर्छ| नगरकट्टा, बीरपाडा अनि जयगाउँमा लगत्तै जनसभा हुने छ| यसको उद्देश्य सरकारलाई मुद्दाबारे जनसमर्थन देखाउनु हुने छ| तिनले जनसभामा उपस्थित आदिवासी सुदायलाई सम्बोधन गर्दै भने, ट्रेड युनियनको महार्‍याली पछि जनसभाको मिति तय गरिने छ|
 


0 comments: on "जीटीए र जीएटीएको निम्ति १० दिसम्बरदेखि आन्दोलन"