मुख्य समाचार :


आम्री अस्पतालले व्युँझायो कालेबुङ अस्पताललाई


कालेबुङ,13 दिसम्बर।
कोलकाताको एएमआरआई अस्पतालमा झै भयानक अग्निकाण्ड कालेबुङको कुनै पनि अस्पतालहरूमा दोहोरिए बॉंच्ने कुनै पूर्वाधारहरूको भने तयारी छैन।
 धेरजसो अस्पतालहरूमा नै अग्निकाण्डमा बचाउपक्षको निम्ति कुनै पनि पूर्वयोजनाहरू तयार नभएको आज देखियो। अग्निकाण्ड हुँदा आपतकालीन स्थितिमा अप्नाउनपर्ने सचेतनालाई लिएर आज कालेबुङ अग्निशमन विभाग अनि कालेबुङ नगरपालिकाले संयुक्त रूपमा नगरको विभिन्न अस्पतालहरूको निरीक्षण गर्‍यो। दार्जीलिङको जिल्लापालबाट नै 7 दिनभित्रमा अग्निकाण्ड हुँदा बचाउपक्षको निम्ति के-कस्तो योजनाहरूको तयारी रहेको छ भन्नेबारे  रिपोर्ट बुझाउनुपर्ने अग्निशमन विभागलाई आदेश भएपछि आजदेखि यस अभियान शुरू गरेको हो। यस भ्रमणअवधी कालेबुङ महकुमा अस्पतालमा पनि कुनै पूर्वधारहरूको तयारी नरहेकोे भेटियो।
 कालेबुङ अस्पतालमा अग्निकाण्डहरू हुँदा पानीको व्यवस्था पनि नरहेको अनि फायर एक्सटेनग्युजरहरू पनि काम नलाग्ने अवस्थामा रहेको भेटियो। अस्पतालपक्षबाट बताएअनुसार छ महिना अघिदेखि नै अस्पतालमा रहेको फायर एक्सटेनग्युजरहरू काम नलाग्ने भइसेेकेको छ। यस विषयमा स्वस्थ्य विभागमा दुइपल्ट पत्रचार गरिसकेको भएपनि कुनै पहल नभएको बताइएको छ। अग्निशमन विभागका अधिकारी सुकराज सुब्बाले बताए अनुसार कालेबुङ महकुमा अस्पतालले अग्निकाण्ड जस्तो आपतकलीन स्थितिको निम्ति अहिलेसम्म कुनै पूर्वयोजनाहरू तयार पारेको छैन। अस्पतालमा आकाशबाट परेको पानीलाई जमिनमुनी भएपनि जम्मा गर्ने सुझाउ दिइएको छ। योसँगै यथाशीघ्र फायर एक्सटेनग्युजरहरू लगाउनुपर्ने अनि फायर डिटेक्टरहरू पनि हुनपर्ने बताइएको छ। कालेबुङ अग्निशमन विभागका अधिकारी सुकुराज सुब्बा, नगरपालिकाका एसआई सञ्जय प्रधाान, लाइसेन्स इन्सपेक्टर शाहिर अहमद, महकुमा अस्पतालका एसीएमओएच डा. ई. लिङ्गदो आदिको टोलीले आज आदर्श नर्सिङ होम, सेवा सदन अस्पताल, मल्लिक नर्सिङ होम, कालेबुङ क्लिनिक आदिको भ्रमण गर्‍यो। कालेबुङ क्लिनिकमा अग्निकाण्डमा बचाउको निम्ति राखिएको एउटा फायर एक्सटेनग्युजर पनि काम नलाग्ने अवस्थामा भेटियो। नीजि कम्पनीका एजेन्टहरूले केही महिनाअधि फायर कालेबुङ क्लिनिकको एक्सटेनग्युजर रिफेल गरेको जस्तो गरेर केवल पैसा ठग्ने काम मात्र गरिरहेको पनि आज निरीक्षकहरूले बताए। फायर इण्डिया लिमिटेडका एजेन्टहरूले रिफेल गरेको कागज अस्पतालमा भेटिएपनि फायर एक्सटेनग्युजरको प्लन्जरले काम नगरेको अनि डायाफम मक्किसकेको भेटियो। फायर एक्सटेनग्युजरहरू बनाउने काममा नीजि कम्पनीका एजेन्टहरूले पैसा लुट्‌ने मात्र काम गरिरहेको थाहा लहागेपछि अग्निशमन विभागसँग सम्पर्क गरेर नै फायर एक्सटेनग्युजरहरू लगाए उचित हुने अग्निशमन विभागका अधिकारी सुकराज सुब्बाले बताए। यसरी नै मल्लिक नक्सिङ होममा  पनि एउटा मात्र रहेको फायर एक्सटेनग्युजर त्यही पनि काम नलाग्ने अवस्थामा नै भेटियो भने  सेवा सदन अस्पतालमा 6 वटा फायर एक्सटेनग्युजरहरू रहेको भएपनि कतिवटमा ड्राइ केमिकल पाउडरहरू सकिएको भेटियो। यसबाट स्पष्ट भएको छ कि कालेबुङमा कुनै दिन यस्तै भयानक अग्निकाण्ड भए बचाउ पक्षहरूको निम्ति कुनै अस्पतालहरू पनि सचेत छैन।
 


0 comments: on "आम्री अस्पतालले व्युँझायो कालेबुङ अस्पताललाई"