मुख्य समाचार :


युटीलाई जनाधार चाहियो-हिल कंग्रेस

कालेबुङ, २ दिसम्बर|
हिल कंग्रेसको टोली अहिले युनियन टेरिटोरीको पक्षमा दिल्लीमा केन्द्रिय नेता अनि मन्त्रीहरूलाई भट्ने क्रममा जुटेको छ| युनियन टेरिटोरीको दर्जाले दार्जीलिङ पहाडको स्थायी सामाधन हुनेभए समाधान गरिने हिल कंग्रेस टोलीलाई केन्द्रिय गृह राज्यमन्त्री जितेन्द्र सिंहले आश्‍वासन दिएपछि युटी दार्जीलिङ पहाडको राजनैतिक शिविरमा निक्कै चर्चाको विषय बनेको छ| युटीको निम्ति केन्द्रिय गृह राज्य मन्त्रीबाट ग्रिन सिग्नल पाएपछि हिल कंग्रेसले युटीको पक्षमा विराट जनसाभाको आयोजना गर्ने मन बनाएको छ| हिल कंग्रेस जिल्ला समितिका सचिव दिलिप प्रधानले बताए अनुसार हिल कंग्रेसको टोली दिल्लीबाट फर्केपछि नै युटीको निम्ति भावी रणनीतिहरू तय गरिनेछ| तर जनताले युटीको पक्षमा हिल कंग्रेसलाई साथ दिए मात्र सो सम्भव हुने प्रधानको भनाइ रहेको छ| अहिले उत्तर प्रदेशमा छुटै राज्यहरू गठन हुने सम्भावनाहरू अघि आउँदासमेत जनता जागरूक नभए अनि जीटीए गठन भए गोर्खाल्याण्डको च्याप्टर सँधैको निम्ति क्लोज हुने प्रधानले बताए| अहिलेसम्म छुट्टै राज्य नहुनुमा जनताको दोष देखाउँदै प्रधानले भने, हावा जता आउँछ जनता त्यतै बग्ने गर्छ| गोर्खाल्याण्डको निम्ति भनेर भावनात्मक आन्दोलन गरेर नेताहरूले बाटो परिवर्तन गर्दासमेत मुकदर्शक बनेर हेरिरहेकै कारण छुट्टै राज्य हुन नसकेको तिनले बताए| नेताहरूले बाटो बिराउँदा जनता गोर्खाल्याण्डको निम्ति अडिक रहेको भए ८६ मा दागोपाप अनि अनि जीटीए हुनेथिएन भन्ने पनि प्रधानले बताए| त्यसेलै गोर्खाल्याण्डको माग अझसम्म लम्मिएर गएको प्रधानको भनाइ छ| हिल कंग्रेसको मुद्दा छुट्टै राज्य नै रहेको भएपनि केन्द्र र राज्य अनि पहाडका आन्दोलित दलले जीटीएको विकल्पहरू खोज्दा नै हिल कंग्रेसले उत्तम विकल्प ठानेर युटीको मुद्दा उठान गरेको प्रधानले बताए| केन्द्रमा रहेको कंग्रेसले युटीको निम्ति जनाधार माग्ने गरेको बताउँदै जनाधारको भए मात्र युटी सम्भव रहने भएकोले अब हिल कंग्रेसले जनाधार जुटाउने कार्य गर्ने भएको छ| 
 


0 comments: on "युटीलाई जनाधार चाहियो-हिल कंग्रेस"