मुख्य समाचार :


बन्द भएन कालेबुङ खण्ड विकास कार्यालय


कालेबुङ, ५ दिसम्बर|
गोजमुमोले आजदेखि आशामा मोर्चाका कार्यकर्ताहरूको नियुक्ति नभएकोमा अनिश्‍चितकालीन बन्द गर्छु भने कालेबुङ खण्ड विकास कार्यालय बन्द भएन| तर खण्ड अधिकारी कहिले मोर्चाको ज्ञापन आउँछ भनेर दिनभरि नै पर्खिएर बसिन्| कालेबुङ खण्ड-१ का खण्ड विकास अधिकारी अनुदिता भौमिकले मध्यान्नमा पत्रकारहरूलाई भनिन्, बन्द गर्छ रे भनेको सुनेको थिएँ तर अहिलेसम्म बन्द गर्नको निम्ति कुनै पनि ज्ञापन मोर्चाले चढाएको छैन| कतै ज्ञापन आइहाल्छ कि भनेर पर्खिएर बसेकी छु|  कार्यालयमा सबै कर्मचारीहरू उपस्थित थिए| तर भौमिकले भनिन्, काम भने केही हुन सकेको छैन| जहिले पनि बन्द गर्ने ज्ञापन आउन सक्छ भनेर कसैले पनि ध्यान लगाएर काम गर्न सकिरहेका छैनन्| बेलुकीसम्म नै तर मोर्चाका कार्यकर्ताहरू खण्ड विकास कार्यालय पुगेर बन्द गर्ने ज्ञापन भौमिकलाई चडाएको पत्रकारहरूले थाहा पाउन सकेनन्| अहिले चारैतिर सय दिने कार्य चलिरहेको छ| भर्खर मात्र नै राज्यका मुख्यमन्त्री ममता व्यानर्जीले अन्य कामहरूमा अवरोध उत्पन्न भए पनि सय दिने कार्यमा भने अवरोध हुन नहुने घोषणा गरिसकेकी छन्| खण्ड विकास कार्यालय बन्द हुँदा सय दिने कार्यलाई प्रभावित पार्ने प्रवल सम्भावना छ| आज गोरुबथानमा भने सय दिने कार्यको विभागलाई मात्र खुला गरेर अन्य जम्मै विभाग बन्द गरिएको थाहा लागेको छ| खण्ड विकास कार्यालय बन्द गर्नुको कारण आशामा मोर्चाले भनेका मान्थेहरूको नियुक्ति नहुने रहेको मोर्चा द्यक्षको वयानले स्पष्ट पारिसकेको छ तर एउटा नियुक्तिमा मोर्चाका मान्छेले काम नपाउँदा खण्ड विकास कार्यालय बन्द गरिँदा भने यस कार्यालयबाट पाइने जम्मै सुविधाबाट नागरिकहरू बञ्चित हुने देखिएको छ| मोर्चाले खण्ड विकास कार्यालय बन्द गर्ने घोषण गरेकोले आज कालेबुङ खण्ड-१ को खण्ड विकास कार्यालयमा भने पुलिसबल तैनाथ गरिएको थियो| तैनाथ पुलिस कर्मचारीहरूलाई के को निम्ति तैनाथ गरिएको हो भन्ने प्रश्‍न गर्दा आफूहरूलाई केही थाहा नभएको बताए|
 


0 comments: on "बन्द भएन कालेबुङ खण्ड विकास कार्यालय"