मुख्य समाचार :


गोजमुमो केन्द्रिय समितिको समर्थन नपाए पनि युवा मोर्चाले आन्दोलन नछोड्ने

प्रज्ज्वल छेत्री
कालेबुङ, ४ दिसम्बर|
गोर्खा जनमुक्ति मोर्चा अहिले विकास परिषदसँग मिलेर जीटीएण्डएटीए जनसाधरणलाई बुझाउन जनासभाहरू गर्न लागिपरेको छ भने भातृ सङ्गठन युवा मोर्चा गोर्खाल्याण्ड आन्दोलनको तम्तयारमा जुटेको छ| गोजमुमोले जीटीएमा हस्ताक्षर गरेपनि युवा मोर्चाले भने जीटीएलाई विरोध पनि छैन अनि समर्थन पनि छैन भनिरहेको छ| यदि गोर्खा जनमुक्ति मोर्चाले वाध्यतावश युवा मोर्चाको आन्दोलनलाई सहयोग नपुर्‍याइएको खण्डमा पनि युवा मोर्चा गोर्खाल्याण्डको आन्दोलनबाट पछि नहट्ने भएको छ|
 आज कालेबुङ आइपुगेका युवा मोर्चा केन्द्रिय समितिका सचिव प्रियवर्दन राईले यस्तै मन्तव्य पोखे|
 १८ सितम्बरमा जीटीएमा हस्ताक्षर भएपछि कार्यन्वयन पनि हुन नपाइ गोर्खाल्याण्ड आन्दोलन शुरू गर्न मोर्चालाई अपठ्यारो परेपछि नै भातृ सङ्गठन युवा मोर्चाले आन्दोलन शुरू गरेको स्पष्ट छ|
 यसैले अहिले नै युवा मोर्चालाई केन्द्रिय समितिले खुलेर समर्थन जनाइहाल्छ भनेर भन्न सकिन्न| तर प्रियवर्दन राईले युवा मोर्चाको आन्दोलनलाई केन्द्रिय समितिले समर्थन जनाउँछ भन्ने पक्का विश्‍वास रहेको बताए| तर केन्द्रिय समितिले समर्थन नजनाए पनि युवा मोर्चाले भने आन्दोलन नछाडेर जारी राख्ने प्रियवर्दन राईले बताए| १८ दिसम्बरमा मङ्पुमा हुने जनसाभामा विमल गुरूङलाई उपस्थित भइदिन वारम्बार अनुरोध गरिरहेको पनि राईले बताए| गोर्खाल्याण्डकै निम्ति भनेर जन्मेका विमल गुरूङलाई गोर्खाल्याण्डकै निम्ति भातृ सङ्गठनले बिन्ति गर्नपरेको सम्बन्धमा राईले भने, विमल गुरूङले अहिले पनि गोर्खाल्याण्ड नै भनिरहेका छन्| जीटीएमा उनले हस्ताक्षर गरेका छैनन्| हामी गोर्खाल्याण्ड आन्दोलनको निम्ति विमल गुरूङकै  नेतृत्व चाहन्छौं| उनले नै गोर्खाल्याण्डको मागलाई पार लगाउनेछन्| युवा मोर्चाले शुरू गरेको आन्दोलनमा विमल गुरूङको हस्तक्षेप रहने नरहने पनि १८ दिसम्बरमा नै निधो हुने राईले बताए|
 अहिले पनि मोर्चा जीटीए, जीएण्डएटीएतिर नै लागिरहेको अनि युवा मोर्चा आन्दोलनमा रहेकामा देखापरिरको अन्योलताबारे तिनले भने,  यो स्ष्टट छ जीटीएपछि मात्र जीएटीएको कुरा आउँछ| युवा मोर्चाले शुरू गरेको आन्दोलनले मोर्चा अनि आदिवासी विकास परिषदको सम्झौता नबिग्रने बताउँदै  हाइपावर कमिटिले काम गरिरहेकोले सम्झौतालाई फरक नपार्ने राईले बताए| कुनै पनि आन्दोलनहरूमा युवाहरूको भूमिका महत्वपूर्ण रहने भएकोले देशको परिस्थिलाई हेरेर नै आन्दोलनको निम्ति युवाहरू अघि आएको राईले बताए| अहिले युवा मोर्चाले आन्दोलन शुरू गर्ने भएपछि सबैपक्षबाट पाइरहेको समर्थनलाई पनि युवा मोर्चाले स्वागत जनाएको छ भने १८ दिसम्बरमा नै युवा मोर्चाले आन्दोलनको रणनीति घोषणा गर्ने भएको छ| अहिले भारतीय गोर्खा परिङ्घले उठाएको सामुहिकताको पहललाई युवा मोर्चाले महत्व नदिने, विश्‍वास पनि नगर्ने बताउँदै क्षेत्रीय कुराहरूलाई नहेरेर युवा मोर्चाले केन्द्रको परिस्थितिलाई हेरेर नै आन्दोलन गर्ने बताएको छ| दलहरूको सामुहिक विचार ठूलो हुनुपर्ने बताउँदै तिनले गोर्खालीगले ४६ सालमा नै गोर्खाल्याण्ड बेचिसकेको अनि क्रामाकपाले ८६ मा हात काटेर दिइसकेको बताए| छुट्टै राज्य गोर्खाल्याण्डकै निम्ति युवा मोर्चा अडिग रहने अनि कुनै पनि अवस्थामा सम्झौता नगर्ने तिनले बताए|गोर्खाल्याण्ड आन्दोलनलाई तृणमूल स्तरदेखि नै उठाउने उद्देश्यले सङ्गाठनिक कार्यक्रम लिएर युवा मोर्चा केन्द्रिय समितिका सचिव प्रियवर्दन राई, कानुनी सहल्लाहकार शेषमणि गुरूङ, कार्यकारी सदस्यद्वय अन्जुल चौहान अनि अमर लामा आज कालेबुङ आइपुगेका थिए| उनीहरूले स्थानीय पार्टी कार्यलयमा युवा कार्यकर्ताहरूसँग बैठक गरे| गोर्खाल्याण्ड आन्दोलनको निम्ति सङ्गठनलाई दह्रिलो पार्न नै  आज कालेबुङका युवा कार्यकर्ताहरूसँग बैठक गरेको अनि कालेबुङका युवाहरूमा गोर्खाल्याण्डप्रतिको  धरै उत्साह रहेको राईले बताए|
 


0 comments: on "गोजमुमो केन्द्रिय समितिको समर्थन नपाए पनि युवा मोर्चाले आन्दोलन नछोड्ने"