मुख्य समाचार :


दिल्लीमा क्रामाकपाले धर्ना गर्ने


कालेबुङ, ५ दिसम्बर|
जीटीएले गोर्खाहरूको राष्ट्रिय चिन्हारी पूरा भयो भन्ने राज्य र केन्द्र सरकारको धारणालाई विफल तुल्याउन क्रामाकपाले गोर्खाल्याण्डकै निम्ति संसदको शीतकालीन समयअवधी दिल्लीको जन्तरमन्तरमा धर्ना दिने भएको छ| १९ अनि २० दिसम्बरमा दिल्लीमा हुने धर्ना क्रामाकपाका ६० जना कार्यकर्ताहरूले अंशग्रहण गर्ने भएको छ| त्यसबाहेक पनि क्रामापकाले गोर्खाल्याण्डको अहिलेसम्मको आन्दोलनमा भएको त्रुटीहरू, जनताको दायित्व अनि जीटीए नै समस्या समाधान नरहेको बताउँदै जनसाधघरणलाई पाम्पप्लेटहरू बॉंड्ने भएको छ| यसको निम्ति पथसभाहरूको आयोजना पनि गर्ने क्रामाकपा आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले बताएका छन्| तिनले भने, १८ सितम्बरमा जीटीएमा हस्ताक्षर भएपछि केन्द्र अनि राज्य सरकारले दार्जीलिङ पहाडको समस्या समाधान भयो भनिरहेको छ जसको हामी ठाडो विरोध जनाउँछौं| छुट्टै राज्यले मात्र गोर्खाहरूको समाधान हुने बताउँदै तिनले कुनै पनि व्यवस्था क्रामाकपाको निम्ति स्वीकारयोग्य नहुने बताएको छन्| अर्कोतिर गक्रायुमो महासचिव अरूण घतानीले युवा मोर्चाले गर्नलागेको आदोलनलाई झुटो अनि जनतालाई दिग्भ्रमित पार्ने कार्य मात्र बताए| तिनले भने, चौकीको निम्ति भारतको गृह मन्त्री अघि जीटीएमा सम्झौता गरेर सरकार प्रायोजित तथाकथि राजनैतिक दलहरूले समग्र गोर्खाहरूको नाक कटाएको छ| अहिले युवा मोर्चा आन्दोलन गर्ने कुरा जनतालाई दिग्भ्रमित पार्ने कुरा मात्र हो| यदि उनीहरू सॉंच्चै इमान्दार छन् भने गोर्खाल्याण्डको निम्ति बाधा भइरहेको जीटीएलाई खारेज गर्न सक्नुपर्छ| यसैले अबको आन्दोलन एउटै पार्टीले मात्र नगरेर, सम्पूर्ण राजनैतिक-अराजनैतिक दल आदिको भेलामा राष्ट्रियव्यापी रूपमा हुने भएकोले सचेत जनतालाई सामुहिक भेलामा सहभागी बनिदिने पनि तिनले आह्वान गरेका छन्| जनताले अब ढट्वारे नेताहरूको साथ छोड्नपर्ने बताउँदै तिनले गोर्खाल्याण्ड टाक्स फोर्सले अहिले निभ्न लागेको गोर्खाल्याण्डलाई फेरि बाल्ने काम गरेकोले यो अभियानलाई जनताले सहयोग पुर्‍याउनुपर्ने बताए|  इमान्दार नेतृत्वहरूले गोर्खाल्याण्ड आन्दोललाई कुठाराघात गरेर  जनताको भावनासँग खेलवाड गरेकोले घरिघरि जनता बेचिएको र ठगिएको परिस्थितिबीच जनतालाई उन्मुक्त बनाउन क्रामाकपा लागिपरेको पनि तिनले बताए|


0 comments: on "दिल्लीमा क्रामाकपाले धर्ना गर्ने"