मुख्य समाचार :


गोर्खालीगलाई फेरि झट्का त्रिभूवन राईले दिए पार्टीबाट राजीनामा

कालेबुङ,१ दिसम्बर|
मदन तामाङको हत्या हुनु अखिल भारतीय गोर्खा लीग पार्टीलाई ठूलो झट्का थियो| तिनको हत्यापछि दार्जीलिङ पहाडको राजनैतिक इतिहासमा सबैभन्दा पुरानो राजनैतिक पार्टी अखिल भारतीय गोर्खालीग आजसम्म प्रायः लथालिङ्ग अवस्थामा रहेको छ| माउ विनाको चल्ला सरह बनिसकेको छ| तिनको हत्यापछि गोर्खालीग कार्यकारी अध्यक्ष पदमा रहेर दावा शेपाले  केही महिना नेतृत्व दिएपनि पछिबाट सर्वसमितिले नै तिनलाई पार्टीबाट निकाली दियो जो गोर्खालीगको निम्ति दोस्रो झट्का थियो| अब गोर्खालीग कालेबुङ महकुमा समितिका सभापति पदमा रहेका त्रिभूवन राईको राजीनामाले फेरि पार्टीलाई अर्को झट्का दिएको छ| त्रिभूवन राईले आज पार्टीबाट राजीनामा दिए| महकुमा समितिकोे पदबाट मात्र होइन तिनले गोर्खालीगको सधारण सदस्यसम्मबाट पनि राजिनामा दिएका छन्| तिनले राजिनामा पत्र गोर्खालीग केन्द्रिय समिति अध्यक्ष भारती तमाङलाई पठाएका छन् भने आज तिनले एक प्रेस विज्ञप्ति पनि जारी गरेर राजिनामाबारे स्पष्टिकरण दिएका छन्| मदन तामाङ  जीवित रहुञ्जेससम्म आफूले तिनको विचारलाई अनुसरण गर्दै आरहेको र त्यसपछि पनि पार्टीलाई सहयोग पुर्‍याइरहेको अनि अहिले आएर पारिवारिक समस्याको कारण स्वेच्छाले राजिनामा दिनुपरेको विज्ञप्तिमा बताइएको छ| सके जति मदन तामाङको सिद्धान्तलाई अनुसरण गरेर हिँडेको अनि अहिलेसम्म परिवारको निम्ति धेर समय दिन नसकेकोले नै अबउसो परिवारको निम्ति समय दिने बताइएको छ| पार्टीको साधरण सदस्यसम्मबाट पनि तिनले राजिनामा दिएपनि मदन तमाङलाई न्याय दिलाउनमा भने भरसक प्रयासरत रहने अनि मदन तामाङ जस्ता नेता गोर्खाहरूले पाउनसक्ने तिनको भनाइ रहेको छ| स्मरण गराइन्छ, त्रिभूवन राई गोर्खालीगका एक कर्मठ कार्यकर्ता थिए| तिनी अधिबाटै दुइ वर्षसम्म कालेबुङ महकुमा समितिका सचिव पदमा रहिसकेका छन् भने हाल तिनी महकुमा समितिका अध्यक्ष पदमा रहेका थिए| यसपल्टको विधानसभा चुनाउ पनि तिनले कालेबुङ समष्टिबाट गोर्खालीग कै टिकटबाट लडेका थिए| तिनको राजीनामाले अखिल भारतीय गोर्खालीग नेता मदन तामाङको हत्यापछि शरू भएर बढ्नथालेको घाउलाई अझ नून छर्ने काम गरेको छ|     
 


0 comments: on "गोर्खालीगलाई फेरि झट्का त्रिभूवन राईले दिए पार्टीबाट राजीनामा"