मुख्य समाचार :


बबितालाई कालेबुङ रत्न

कालेबुङ, 12 नोभेम्बर।
कालेबुङ प्रेस क्लबले बर्सेनी समाजका उच्चस्थ योगदान पुर्‍याउने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई प्रदान गर्ने कालेबुङ रत्न पुस्कार यसपल्ट व्यवसायिक क्षेत्रमा रहेर व्यवसाय मार्फत नै सामाजिक योगदान गर्ने बबिता घतानी धमलालाई प्रदान गर्ने भएको छ। आज एक पत्रकार सम्मेलन डाक्दै प्रेस क्लब कालेबुङका अध्यक्ष अनि प्रेस क्लबको 13 औं स्थापना दिवस कार्यक्रम सञ्चालन समितिका  संयोजक जाइन लेप्चाले 2011 को कालेबुङ रत्न पुरस्कारको घोषणा गरेका हुन्‌। 19 नोभेम्बरको दिन रामकृष्ण रङ्गमञ्चमा सम्पन्न हुने कार्यक्रममा यो पुरस्कार प्रदान गरिने अध्यक्ष अरुणकुमार रसाइलीले बताएका छन्‌। कालेबुङ प्रेस क्लबले स्थापनाको दशौं स्थापनाको अवसरमा कालेबुङ रत्न पुरस्कारको  थालनी गरिएको रसाइलीले बताएका छन्‌। उनी अनुसार पहिले कालेबुङ रत्न पुरस्कार पर्वतारोही मनोज दाहाल, हकी खेलाडी भरत छेत्री अनि वागवानी विशेषज्ञ मिकु फोनिङलाई प्रदान गरिएको थियो। त्यसपछि नाट्यकर्मी ललित गोले अनि सामाजिक कार्यकर्ता सुदेश प्रधानलाई प्रदान गरिएको थियो। रसाइलीले जनाए अनुसार यसवर्षको कालेबुङ रत्न पुरस्कार प्रापक बबिता घतानीलाई एक चॉंदीको स्मृति चिह्न, अङ्गवस्त्र अनि प्रशस्ती पत्र प्रदान गरिने भएको छ। यसै अवसरमा टडलर्स प्रिपेरटोरी स्कूलका संस्थापक स्व.ललिता प्रधानलाई विशिष्ट पुरस्कार अनि दैनन्दिनी च्यानलका भिडियो पत्रकार मनोज राईलाई यसवर्षको एक्सेलेन्सी इन जर्नलिज्म पुरस्कारले विभुषित गरिने भएको छ। संयोजक जाइन लेप्चाले बताए अनुसार ललिता प्रधानलाई अंग्रेजी माध्ययमको विध्यालय स्थापित गरेर शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएको अनि वेरोजगारहरूलाई रोजगार पनि उपलब्ध गर्न कार्य गरेकोमा विशिष्ट पुरस्कारले सम्मानित गरिने भएको बताएका छन्‌। दैनन्दिनी च्यानलका भिडियो पत्रकार मनोज राईले 18 सेप्टेम्बरको दिन आएको भुइँचालोको कारण सर्वस्व गुमाएका 24 नम्बर समष्टीका शंखे अनि मन्दिर गाउँका पीडितहरूलाई  प्रशस्त सहयोग पुर्‍याएका थिए। तिनले पीडितहरूको अवस्थाबारे सार्वजनिक गरेपछि उनीहरूको सहयोगको निम्ति कालेबुङ मात्र होइन अन्य क्षेत्रबाट पनि प्रशस्त सहयोग पुर्‍याएका थिए। तिनले गरेको यसै साहसिक पत्रकारिताकको निम्ति तिनलाई एक्सेलेन्सी इन जर्नलिज्म पुरस्कारले सम्मान गर्ने भएको जाइन लेप्चाले बताएका छन्‌।

0 comments: on "बबितालाई कालेबुङ रत्न"