मुख्य समाचार :


जिना हत्याकाण्डको प्रतिवादमा मौन जुलूस

कालेबुङ, 19 नोभेम्बर।
पेदोङको तोपखानाकी जिना प्रधानको निर्मम हत्याकाण्डको विरोधमा अहिले चारैतिरबाट प्रतिवाद भइरहेको छ। हत्याकाण्डमा संलग्न आरोपीलाई यथाशीघ्र पक्राउ गरिनुपर्ने मागमा आज कालेबुङको एक अराजनैतिक संस्था एकता परिवार पनि सडकमा ओर्लियो। एकता परिवारले हत्याकाण्को विरोधमा आज नगरमा मौन जुलूस निकाल्यो। स्थानीय डम्बरचोक परिसरबाट शुरू भएको जुलूसले नगर परिक्रमा गर्दै महकुमा अधिकारी कार्यलयमा पुगी एलएन शेर्पालाई समाजमा चेलीहरू असुरक्षित रहेको बताउँदै आरोपीलाई यथाशीघ्र पक्राउ गर्नुपर्ने मागमा एक ज्ञापन पनि चडायो। महकुमा अधिकारीलाई ज्ञापन बुझाएपछि प्रतिनिधिहरूले जुलूसमा सहभागी बनेकाहरूलाई सम्बोधन पनि गरे। जुलूसमा एकता परिवारका सभापति विनय घिसिङ, सचिव छिरिङ डेङ्गा भोटिया, सदस्य विजय सुन्दास, दार्जीलिङ डाइसेस क्याथलिक एसोसिएसनका बेनेडिक गुरूङ, दामसाङ क्याथोलिक एसोसिएसनका राजेन थापा आदिको विशेष उपस्थिति थियो।

0 comments: on "जिना हत्याकाण्डको प्रतिवादमा मौन जुलूस"