मुख्य समाचार :


फुटबल भेटरेन टुर्नामेन्टको फाइनल सम्पन्न चेन्नई ३-१ ले बिजयी

कालेबुङ, २६ नोभेम्बर|
कालेबुङ स्पोटर्स एसोसिएसनको आयोजनामा १७ नोभेम्बरदेखि मेलाटारमा सम्पन्न भइरहेको  पेम दोर्जे मेमोरियल भेटेरेन टुर्नामेन्टको फाइनल खेल आज सम्पन्न भयो| चेन्नई अनि मणिपूर भेटेरेन्समाझ भीडन्त भएको आजको खेलमा ३-१ ले चेन्नई भेटेरेन्स विजय बन्यो| खेल शुरू भएको पॉंच मिनटमा नै मणिपूरको जर्सी नम्बर १७ अजिज रहमानले चेन्नई विरूद्ध एक गोल गरे| खेल शूरू भएको १० मिनटपछि चेन्नईका जर्सी नम्बर १९ आर. जोनसनले जवाबी एक गोल गरेपछि खेल बराबरीमा पुगेको थियो| हाफटाइम अघिसम्म बराबरी भएको खेल अति रोमाञ्चक भएको थियो| हाफटाइमपछि खेल शुरू भएको दुइ मिनटपछि नै चन्नईकै जर्सी नम्बर १९ गोल थपेपछि चेन्नई एक गोलले अघि रहेको थियो|  २१ मिनटपछि चेन्नई  टिमका जर्सी नम्बर १५ पी. मारियाप्पाले फेरि एक गोल थपेपछि चेन्नईको जीत सुनिश्‍चित भएको थियो| मणिपूरले भरसक कोशिश गरेपनि त्यसपछि कुनै गोल गर्न सकेन अनि टुर्नामेन्टको खिताब चेन्नईले ३-१ ले हत्यायो| मुख्य अतिथिको रूपमा उपस्थित रहेका विधायक डा. हर्कबहादुर छेत्रीको बाहुलिबाट बिजयी दललाई नगद राशी १०,००० सही ट्रफी प्रदान गरियो भने रनअर अप टिमलाई रूपिँया ५,००० सहित ट्रफी प्रदान गरियो| भूटान, बङ्गालादेश गरी कूल १७ वटा दलहरूले अंशग्रहण गरेको यो तेस्रो अन्तराष्ट्रिय भेटेरेन्स टुर्नामेन्ट थियो जो यसवर्ष चेन्नईले हात पार्‍यो भनेे अघिल्लो वर्ष बङ्गलादेशले हत्याएको थियो|  खेलको सर्वश्रेष्ट गोलकिप्परको खिताब चेन्नई टिमका बी. प्रभाकरलाई, म्यान अफ द म्याच चेन्नईका जर्सी नम्बर १० बालाशंकरलाई दिइयो भने म्यान अव् द टुर्नामेन्ट मणिपूरका जर्सी नम्बर ४ इटोसा सिंहलाई दिइयो| नृृत्य अनि सीएसटी स्कूल व्याण्डसहित रङ्गारङ्गी कार्यक्रमबीच आरम्भ भएको आजको फाइनल खेलमा सिक्किमका गर्जमान गुरूङ. पूर्व विधायक गौलन लेप्चा, लोपसाङ लामा छत्रे सुब्बा, स्व. पेम दोर्जेका दाजु रिञ्जी दोर्जी, आदि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए|

0 comments: on "फुटबल भेटरेन टुर्नामेन्टको फाइनल सम्पन्न चेन्नई ३-१ ले बिजयी"