मुख्य समाचार :


छुट्टै राज्यको विरोधमा मोर्चा?


कालेबुङ, २७ नोभेम्बर|
गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता डा. हर्कबहाडुर छेत्रीले मायावतीलाई लगाएको आरोपले तिनको सङ्गठनको युवा मोर्चाले गरिरहेको छुट्टैराज्यको आन्दोलन 'अप्ठ्यारोमा बॉंच्ने राजनीति' रहेको स्पष्ट पारेको आलोचकहरूले मानेको छ| यता मिरिकमा मोर्चाभित्र नै जुन अन्तरकलह देखियो यसले पनि मोर्चालाई आफ्नै 'हैकमवाद'मा खिया पर्दै गइरहेको आभाष भएको पनि आलोचकहरू मान्छन्| मोर्चालाई राज्यभित्र नै राज्य निर्माणको घोषणा मायावतीले चनाउको  निम्ति खेलेको कुटनीति मात्र बताइरहेको छैन त्यहॉं झैं यता छुट्टै राज्यको दाबी  गर्ने शक्ति नै नरहेको पनि प्रमाणित गरिरहेको छ| डा. छेत्री अनुसार एउटा जिल्लाले छुट्टैराज्यको आन्दोलन गर्नै सक्दैन| गर्‍यो भने पनि त्यसले कुनै चाप सष्टि नै गर्न सक्दैन| मोर्चाले छुट्टै राज्यको निम्ति केवल दार्जीलिङको तीन महकुमा अनि तराई र डुवर्सको केही भूभाग मात्र देख्ने गरेकोले पनि मोर्चाले आफ्नो गच्छे अनुसारको टिप्पणी गर्न आदत बसेको भन्नेहरू धेरै रहेको छ| उनीहरू अनुसार वास्तवमा मुद्दालाई राष्ट्रियकरण गर्ने सोंच नभएकोले नै डा. छेत्रीले दल बचाउ र पहाडमा हैकम स्थापनाको सचेतताले बोल्ने गरेको आलोचकहरू ठान्छन्| डा. छेत्री अनुसार मोर्चाले छुट्टैराज्यको निम्ति दवाब दिन सक्दैन| तिनले जुन कुरा गरिरहेका छन्, पहाडका अन्य विपक्षले पनि त्यही भनिरहेको छ| मोर्चा एउटाले दवाब बनाउन नसक्ने भएकोले नै राष्ट्रियरुपमा गोर्खाहरूको सङ्गठनलाई छुट्टै राज्यको निम्ति एकत्रित गरेर  आन्दोलनलाई राष्ट्रिय बनाउनुपर्ने कुरामा जोड दिइरहेका छन्| तर मोर्चा कसैसित पनि मिलेर आन्दोलन गर्न चाहँदैन अनि मोर्चालाई छुट्टै राज्यको निम्ति दवाब बनाउन सक्ने आत्म विश्‍वास पनि छैन| यसै कारणले नै मोर्चाले जीटीएलाई समाधान देखेको आरोप पनि आलोचकहरूको छ| मोर्चाले अहिले ब्रेक फास्ट खाइरहेको छ अनि तिनलाई डिनर कहिले खाने हो त्यो पनि थाहा छैन| मोर्चाले डिनर कहिले खान सक्दैन किन भने मोर्चा अनुसार नै छुट्टै राज्यको निम्ति दवाब बनाउने शक्ति मोर्चासित छैन| डा. छेत्रीको टिप्पणीले मोर्चाले छुट्टैराज्यको आन्दोलनलाई उहिल्यै बिसाइसकेको अनि छुट्टै राज्य नहुने देखेपछि नै जीटीए थापेको स्पष्ट पारेका छन्| डा. छेत्रीले युवा मोर्चाले गरिरहेको आन्दोलनलाई उति गहिरोरुपले नलिएको मात्र होइन पहाडमा आन्दोलनको परिस्थिति बनाएर इमान्दाररुपले आन्दोलन चर्काउन सक्रिय बन्दै गइरहेको राष्ट्रिय शक्तिलाई दवाबमा पार्ने खेल खेलिरहेको पनि आलोचकहरूले आरोप लगाइरहेको छ| यस्तोमा मोर्चाले एकातिर छुट्टैराज्यको आन्दोलनलाई बाधा दिने अनि कुनै पनि परिस्थितिमा पहाडमा सत्ता बनाइराख्न जीटीए गठन गर्न नै राजनीति गरिरहेको देखिएको छ| सामुहिकरुपले आन्दोलन गर्ने कुरामा मोर्चाको सहमति नरहनु भनेको नै छुट्टैराज्यको पक्षमा मोर्चा नरहनु हो? भन्ने शंकामा मोर्चा परेको छ|  

0 comments: on "छुट्टै राज्यको विरोधमा मोर्चा?"