मुख्य समाचार :


बिजनबारी दुर्घटनामाथि न्यायिक जॉंच भए सरकारलाई नै अप्ठ्यारो पर्छ-विनय तामङ

कालेबुङ, 1 नोभेम्बर।
बिजनबारीमा भएको पुल दुर्घटनाले राजनैतिक मोड लिइसकेको भए पनि अहिले आविप-मोर्चाको सम्झौताले बिजनबारी काण्ड छायामा पर्दै गइरहेको छ। तर केही राजनैतिक दलहरूले बिजनबारी घटनालाई ताजा राख्दै घटनामाथि न्यायिक जॉंच हुनुपर्ने माग गरिरहेको छ। मोर्चाले गरेको राजनैतिक जनसभा, अनि मोर्चाले नै गरेको सांस्कृतिक कार्यक्रममा उदय-मनिला सोताङको गीत सुन्न गएकाहरू दुर्घटनामा परेका थिए। दुर्घटनाले तर पछिबाट अर्कै मोड लियो। पुलसित नै सरकारको अनुमति विना गरिएको कार्यक्रममा अवैद्धरुपले जडान गरेको बिजुलीको तार पनि खोलामा झर्दा करेन्ट लागेर धेरैको ज्यान गएको अनि त्यसैलाई  लुकाउन पोष्टमर्टम नगरिएको घटना अघि आएको छ। यता मोर्चालाई बँचाउन नै मुख्यमन्त्रीले घटनामाथि न्यायिक जॉंच नगरेको आरोप पनि विपक्षले लगाएको छ। यस सम्बन्धमा मोर्चा सहसचिव विनय तामाङ अनुसार घटना मोर्चाको कारणले भएको होइन न कि मोर्चाको कार्यक्रमको कारणले भएको हो। तिनले भने, मोर्चाको कार्यक्रम त सकिएको थियो। जहॉं दुर्घटना भयो त्यो ठाउँ र कार्यक्रम भएको ठाउँमा आकास पातालको फरक छ। मोर्चालाई तर घटनाको जिम्मेवार बताइने काम भइरहेको छ जो गलत हो। दुर्घटना भएदेखि मोर्चाका प्रतिनिधिहरू घाइतेहरूलाई अस्पताल लैजानु, देखरेख गर्नु खटिरहेका छन्‌। जसले एउटा घाइतेलाई एउटा विस्कुट धरी दिएका छैनन्‌ उसले मोर्चामाथि आरोप लगाउनु हॉंस्यास्पद कुरा हो- तामाङले क्रामाकपालाई लक्ष्य गर्दै भने। तिनी अनुसार दुर्घटना हुनुमा सरकारको दोष छ। तिनले भने, हुनसक्छ पुल भुइँचालोको कारण धरापमा थियो। भइँचालोले ब्रिटिशकालीन पुललाई धराशयी बनाइसकेको थियो अनि धेर भार थेग्न नसकेर चुट्टियो। यस घटनाको न्यायिक जॉंच हुनुपर्छ भन्छ भने हाम्रो पनि यही माग छ। तर यसमा मोर्चाको कुनै दोष छैन। न्यायिक जॉंच भयो भने सरकारलाई नै अपठ्यारो पर्ने छ। तिनले क्रामाकपालाई आरोप लगाउँदै भने, जुन ठाउँमा दुर्घटना भयो, त्यहॉं पहिले क्रामाकपा माकपा थियो। आफ्नो शासनमा किन क्रामाकपाले पुल बनाएन त? किन दोष मोर्चालाई दिन्छ? दोष लगाउनु सजिलो छ। कर्म गर अनि दोष्याउ।

0 comments: on "बिजनबारी दुर्घटनामाथि न्यायिक जॉंच भए सरकारलाई नै अप्ठ्यारो पर्छ-विनय तामङ"