मुख्य समाचार :


कालेबुङका वार्डहरूमा गुरुङले गठन गरे कमिटी


कालेबुङ, १३ नोभेम्बर|
आगामी नरपालिका चुनाउको निम्ति आफ्नो पार्टीका उम्मेदवारहरू घोषित गरिएपछि त्यसैदिनदेखि गोर्खा जनमुक्ति मोर्ता अध्यक्ष गुरूङ कालेबुङका आफ्नो पार्टीका उम्मेदवार अनि वार्डका जनतासित मिलेर प्रत्येक वार्डमा बङ्गाल नगरपालिका अधिनियम अनुसार  वार्ड कमिटी गठन गर्न जुटिरहेका छन्| ११ तारिख रामकृष्ण रङ्गमञ्चमा उम्मेदवारहरू चयन गर्ने क्रममा स्पष्ट रूपले नगरका कार्यकर्ताहरूलाई यसपल्ट नगरपालिकाको कार्यढॉंचा बेग्लै हुने बताएका थिए| भ्रष्टचार रोक्न, वार्ड पार्षदहरूको मनमानी रोक्न प्रत्येक वार्डमा वार्ड कमिटी गठन गर्ने तिनले दिएको वचनलाई पूरा गर्दै प्रत्येक वार्डका उम्मेदवार अनि जनतालाई लिएर वार्ड कमिटी गठन  गरेका छन्| आज तिनले प्रत्येक वार्डका १० देखि १४ जनासम्मलाई  लिएर वार्ड कमिटी गठन गरेका छन्| कमिटी गठन गर्दै कमिटीका प्रतिनिधिहरूलाई भाइबन्दी अनि ठेकेदारीबाट अलग रहने अनि आफ्नो वार्डको विकासको निम्ति निःस्वार्थ रूपले योगदान दिने निर्देश दिएका छन्| अर्कोतिर जनता अनि कमिटीको विरूद्धमा कुनै पनि उम्मेदवारलेे कार्य गरेको गुनासो आए तत्कालै राजीनामा दिनुपर्ने चेतावनी समेत गुरूङले दिएका छन्| आज कालेबुङको सबै वाडर्र्हरूसित बसेको सभामा नगरपालिकाका पूर्वघोषित अध्यक्ष एलबी परियार, गोजमुमो पार्टी सहसचिव विनय तामाङ. केन्द्रिय नेता प्रविण रहपाल नोर्देन लामा, विजय सुन्दास अनि स्टडी फोरमका सदस्य डा. आरबी भूजेल उपस्थित थिए| सभामा नै वार्ड पार्षद अनि वार्ड कमिटीका प्रतिनिधिहरूलाई १५ नोभेम्बरको दिन अर्को बैठकको निम्ति बोलाएका छन्, सो बैठकमा नरपालिकाको कार्यप्रणालीमाथि चर्चा परिचर्चा हुने बताइएको छ| 

0 comments: on "कालेबुङका वार्डहरूमा गुरुङले गठन गरे कमिटी"