मुख्य समाचार :


रेखा कविता र विचार

टंक सम्वाहाम्फे

नेपाली साहित्य प्रतिष्ठान हङकङका सदस्य तथा साहित्यकार सहकर्मी अथवा उपन्यासकार आदि सम्वोधनले मात्र पुग्दैन । भयवादका प्रवर्तक साथै रेखा कविताका पहिला स्रष्टा देश सुब्बाले एक दिन रेखा कविताका बारेमा चर्चा गरेका थिए । र रेखा कवितालाई सम्वर्द्धन गर्दै त्यसको नेतृत्व गर्न आग्रह गर्नु भएको थियो । साथै यो नयाँ आयाम,बिचार,प्रस्तुति,बान्की,दर्शन,शैली बोकेको कवितालाई साइबर सञ्जाल फेसबुक मार्फत उक्त नविन कविता लेखनीको प्रकाशन गर्ने र समालोचक,लेखक र पाठकहरुको समक्ष पुर्याउँने र बिश्वब्यापी बनाउँने सल्लाह दिनु भयो । पहिलो पटक देश सुब्बा जीले रेखा कविताका बारेमा भन्नु हुँदा मलाई खासै महत्वको विषय भएन ।


पुन फेरि अर्को पटकको फोन सम्पर्कमा रेखा कविता आफुले लेखि सकेको र सो कविता हेर्नको लागि फेसबुकको आफ्नो मुख्यपृष्ठमा जान आग्रह गर्नुभयो । तर पनि कामको ब्यस्तताले गर्दा त्यतातिर ध्यान मोड्न सकिन । पछिल्लो पटक देश सुब्बा,भूपेन्द्र चेम्जोङ,डि.बि.पालुङवा,दिल पालुङवा, बिमल राई र म भएर रेखा कविताका केहि आधारहरु निर्माण गर्ने कार्य गर्यौ । रेखा कविता लेख्दा ध्यान दिनुपर्ने केहि बुँदागत आधारहरु निम्न छन् ।


१.रेखिय प्रस्तुति २.आलाङकारीकता ३.क्षेत्रता ४.सामयिक ५.समानता

( रेखा कविता सामान्य परिचय फेसबुकमा प्रकाशित छ )
यी माथीका आधारहरु आन्तरीक मस्यौदाका रुपमा तयार गरेपछि रेखा कविता लेखनमा युद्धस्तरमा अगाडी बढ्ने बाचा गर्दै छुट्यौं । समयसापेक्ष रेखा कविता लेखनका आधारहरु पनि घटबढ गर्न सकिने बाटो पनि राख्यौं । हामी त्यहाँ उपस्थित हुने सवैले रेखा कवितालाई नयाँ समय,नयाँ नेपालको नयाँ स्वरुपका साथ विश्व मै नयाँ आयाम,बिचार,प्रस्तुति,बान्की,दर्शन,शैलीमा अगाडी बढ्ने सहमति गरेपछि मैले रेखा कवितालाई अनेकौ ढङगले सोच्न थाले । हामीले यो काम एक्लै नभएर सामुहिक अथवा बहुलरुपले,समावेशीरुपले अगाडी बढ्नु पर्छ भन्ने पनि सोच्यौं । किनभने यो समय भनेको बहुल र समावेशी सोच,बहुल र समावेशी बिचारको समय हो । अव एक्लै बढ्न खोजेर गन्तब्यमा पुग्न गाह्रो हुन्छ । सबैसंग यो समयमा हातेमालो गर्न सकिएन भने एक्लाएक्लै हराउँन सकिन्छ भन्ने सोचले नै रेखा कविता लेखनलाई सामूहिक रुपले अगाडी बढाउँदै लैजाने हाम्रो सोच बनेको हो । र आजभोलि यहि ढङगले ब्यापक भैरहेको छ बिश्वभरी । रेखा कविता भनेको आजको समयको कविता हो,समय हो आवाज हो,बिचार हो,दर्शन हो,प्रस्तुती हो,शैली हो,लेखन हो । र यसले समयसापेक्ष सम्पूर्ण विषयलाई अगाडी बढाउँदै लैजान्छ ।

हो त्यसैले पनि देश सुब्बा जीले एक्लै नेतृत्व गर्न आग्रह गर्नु भए पनि मैले एक्लै भन्दा पनि सामुहिक वा बहुल रुपले अगाडी जान राम्रो ठाने । आज सामुहिक रुपले बिश्वभरी रेखा कविताले आफ्नो स्वरुप,आकृति,प्रकृति,गहिराई र उचाई प्रस्तुत गर्न थालेको छ । जस्ले आम समालोचक,लेखक,पाठकहरुको ध्यान केन्द्रित गराएको छ । र यसले तहल्का मच्चाउँन पनि सफल भएको छ । रेखालाई कवितामा मात्र नभएर अनेकौ रुपले ब्याख्या गर्न सकिन्छ,सकिने रहेछ । किनभने रेखालाई बुझ्न सकियो भने,विश्लेषण गर्न सकियो भने,छाम्न सकियो भने आत्मसाथ गर्न सकियो भने,लेख्न सकियो भने,प्रयोग गर्न सकियो भने,ब्याख्या गर्न सकियो भने त्यसका अनेकौ रङगहरु,रेशाहरु,रुपहरु,स्वरुपहरु देख्न,भेट्न र अनुभव गर्न सक्दो रहेछौ । रेखा शब्द आफ्नो बुझाईमा,बौद्धिकतामा भर पर्दछ । जहाँ,जसरी बुझे पनि त्यो आखीर रेखा नै हो । रेखा रेखाबाट कहिल्यै बिस्थापीत हुदैन ।

बरु रेखाले अरु रेखालाई जोड्दछ अथवा रेखाले अरु रेखाको जन्म गराउँदछ । हुन त वैज्ञानिकहरुले रेखालाई कसरी परिकल्पना गरेर दुनियाँको अगाडी प्रस्तुत त्यो अझै बुझ्न र जान्न जरुरी भएको छ । तर हाम्रो मनमस्तिष्क सम्म आईपुग्दा यसको परिभाषा,ब्याख्या,विश्लेषण अनेकौ रुपले हुन थालेको छ । रेखा जीवन र जगतसंग त जोडीएकै छ त्यो पनि मानिसले अङगीकार गर्ने बिचारसंग,सिद्धान्तसंग,दर्शनसंग मात्र नभएर अन्य अनेकौ कुरासंग जोडीएर आएको छ । तर रेखा कहाँ,कसरी,किन,कस्तो तरीकाले लागू भएको छ भन्ने कुरा उसको क्षमता र दिमागमा निर्भर गर्दछ । सामान्यरुपले हेर्दा एक धर्सो हो तर रेखा यतिले मात्र सम्पूर्ण परिभाषामा समेटिदैन । रेखाले लिएको आधार र क्षेत्रले त्यसको परिभाषालाई विस्तार गर्दै लैजान्छ । यसको विस्तार र फैलावट असिमीत छ । हो हामी यहि असिमीत विस्तार र फैलावटसंग फैलिन खोजिरहेका छौ । जहाँ हामी रेखाका अनेक रङग,रुप,आकृति,प्रकृति मात्र नभएर अनेकौ विषयहरु देख्छौ,भेट्छौ,लेख्छौ त्यसलाई मानवपयोगी बनाउँन तम्सिरहेका छौ ।

कतिपय लेखक,साहित्यकार,समालोचक तथा पाठकहरुलाई भ्रम जस्तो पनि लाग्न सक्छ र रेखा वन्धन जस्तो पनि हुन सक्छ । त्यतिमात्र होइन रेखाले हरेक कुरालाई वन्धनमा राख्छ उन्मुक्त हुन दिदैन भन्ने खालका सवालहरु पनि हाम्रो सामु नआएका होइनन् । तर हामीले निर्माण गर्न खोजेको रेखा त्यो रेखा हो जो निर्वन्ध छ । यसलाई जसरी पनि चलयमान गर्न सकिन्छ । यसलाई चाहे अनुरुपको आकार,प्रकार निकाल्न सकिन्छ । यो एउटा मुर्तीकारको नजिक रहेको हिलो माटो जस्तै हो । साधारण मान्छेले हेर्दा वा देख्दा त्यो हिलो माटो भन्दा उता केहि देखिन्न तर मुर्तीकारले त्यो माटो देख्न साथ आकार,प्रकार देख्न थाल्दछ । हो यो रेखा पनि त्यो माटो जस्तै हो । जहाँ चाहे अनुरुपको खाका तयार गर्न सकिन्छ ।

त्यसकारण रेखामा हामी सबै स्वतन्त्र हिड्न सक्छौ,उड्न सक्छौ,वाँच्न सक्छौ । यसको कुनै दाहेरा हुँदैन । अत्यान्तै गतिशील,शक्तिसाली र नयाँ रेखा हो । लेखनमा जसरी पनि रेखालाई अक्षरमा,शब्दमा लेख्न सकिन्छ । कवितामा मात्र नभएर साहित्य,कला र संगीतमा पनि प्रयोग गर्न सकिन्छ । तर त्यो सहिरुपले प्रयोग गर्न सक्नु पर्दछ । यदि सहिरुपले प्रयोग गर्न सकिएन भने रेखा पासो पनि बन्न सक्दछ ,रेखा हतियार पनि बन्न सक्दछ । रेखाको गहिर्राई र विशालतासंग हामीले सम्झौता गर्न सक्यौ भने त्यो जगतको लागि,मानिसको जीवनको लागि उपयोगी हुन्छ र भईनै रहेकोछ । जुनसुकै नयाँ कुराको निर्माणको लागि त्यसको खाका तयार पार्दा सवै भन्दा पहिले रेखाको उपस्थिती हुन्छ । त्यहि रेखाले योजनाको आकार अथवा स्वरुप प्रस्तुत गर्दछ । यो एउटा उदाहरण मात्र हो । वास्तवमा भन्ने हो भने रेखा विना जीवन नचल्न पनि सक्छ ।

हरेक मान्छेसंग आफ्नै खाले रेखा हुन्छ । कुनै पनि बस्तुको मापन अथवा निर्माण रेखाले गर्दछ । अव रेखा कहाँ विद्यमान छैन भनौ जव कि रेखाले समय मात्र होइन युगलाई नै डोर्याएको हुन्छ । वास्तवमा रेखा यो संसारमा ब्याप्त छ । खासगरी हामीले त्यसलाई पहिचान गर्न नसकेका हुन सक्छौ । तर आज हामीले साहित्यको माध्यममा रेखालाई बिचारमार्,दर्शनमा,कलामा,संगीतमा,साहित्यमा र साधारण जनजीवनमा समेत अवतरण गराउँन खोजी रहेकाछौ । रेखा कविता वा रेखा सम्वन्धमा ब्यापक लेखन र छलफल गर्न केहि बाँकी नै छ । त्यसैले यसको दस्तावेज लेखिने क्रममै रहेको छ । ब्याख्या गर्ने क्रममै रहेको छ । किनभने रेखा साहित्य लेखनको जन्म सन् २०१० सेप्टेम्वर १२ तारीख देखि औपचारीक रुपमा भएको हो ।

सर्वप्रथम हामीले रेखालाई कवितामा शुत्रपात गरेकाछौ । अव यसपछि अन्य विधाको लेखनमा पनि रेखाले फड्को मार्दै जानेछ । यस लेखनलाई साहित्यकार,समालोचक तथा पाठकहरुको समक्ष पुर्याउँन खास गरेर साइवर सञ्जाल फेसबुक,अन्य साइवर मिडिया तथा प्रिन्ट मिडियालाई रोजेकाछौ । त्यहि अनुरुप नै हाल आएर बिश्वभरी साइवर र प्रिन्टमा प्रसस्त रुपले सम्पूर्णको समक्ष आईरहेको छ । र त्यसको क्रिया प्रतिक्रिया पनि भई नै रहेको छ । प्राय रेखा कविता लेख्ने कविहरुले श्रृङखलावद्ध आफ्ना कविताहरु फेसबुक तथा अन्य मिडियाहरु मार्फ निरन्तर प्रकाशन गर्दै आएकाछन् । सबै भन्दा पहिले कवि देश सुब्बाले रेखा कविता लेखेर प्रस्तुत गर्नु भएपछि क्रमश अरु निम्न देश ११ जना कविहरुले लेख्न सुरुआत गर्नुभएको हो ।
१. देश सुब्बा - हङकङ २. टंक सम्वाहाम्फे - हङकङ ३. विमल रार्इ - हङकङ ४. डि.बि.पालुङवा - हङकङ ५. मनोज बागटी - दार्जीलिङ,भारत ६. अतित मुखीया - नेपाल ७. लोक सिंगक - नेपाल ८. हिमाल सुब्बा गुराँस - नेपाल ९. केदार संकेत - वेलायत १०. टंक वनेम - वेलायत ११. देवेन्द्र खेरेस ,वेलायत
हालै आएर रेखा कविता सम्वन्धमा नेपाली साहित्य प्रतिष्ठान,हङकङको संयोजन तथा हङकङ नेपाली महासंघको आयोजनामा तेस्रो आयाम तथा लिला लेखनका प्रवर्तक बरिष्ठ साहित्यकार इन्द्रबहादुर रार्इको समुपस्थितीमा बृहत नेपाली साहित्यिक गोष्ठिमा रेखा कविता सम्वन्धि कार्यपत्र समेत कवि देश सुब्बाले प्रस्तुत गरी सक्नु भएको छ । साथै रेखा कविताको पहिलो कविता संग्रह कवि अतित मुखियाको छापीने क्रममा प्रेसमा पुगेको छ । केहि दिन मै पाठकहरुको हातमा आईपुग्ने नै छ । र अन्य फुटकार ११ रेखा कविहरुको कवितालाई समेटेर संयुक्त कविता संग्रह कवि केदार संकेतको सम्पादनमा कार्य सुरु भईसकेको छ । यो संयुक्त कविता संग्रह पनि चाँडै नै प्रकाशन हुनेछ । खास गरेर रेखा कविताले १.रेखिय प्रस्तुति,२.आलाङकारीकता,३.क्षेत्रता,४.सामयिक,५.समानता को विषयलाई उठान गर्दछ । बहुलता भन्नु नै आजको समयको माग हो ।

हामीले माथी नै भनेका छौ । रेखा कविता भनेको आजको समय हो । जहाँ हामी वाँचेकाछौ । समयसापेक्षका कुरा रेखा कविताले उज्गार गर्दछ । नौलो युगको नयाँ कविता अन्य कविताहरु भन्दा पृथक रुपले,ढङगले अगाडी बड्दछ । रेखासंग सम्वद्ध भएका सम्पूर्ण कविहरुले रेखामा आफ्नो बिचार,भावना,दर्शन,साहित्य,कला प्रवाह गरीरहनु भएको छ । रेखामा हरेक मान्छे हिड्न सक्दछ,अटाउँन सक्दछ,खेल्न सक्दछ,बाँच्न सक्दछ,लेख्न सक्दछ । अवको समय भनेको रेखाको समय हो । किनकी हरेक मान्छेको आआफ्नै रेखा हुन्छ जो कसैको मिल्दैन । जहाँ स्वतन्त्र अस्तित्व र जीवन दौडी रहेको हुन्छ । रेखा त्यसैले युग हो र रेखा कविता नयाँ युगको आवाज हो ।

0 comments: on "रेखा कविता र विचार"