मुख्य समाचार :


भालूखोपमा पैह्रोको जोखिम

शीरमा नै डम्पिङ

मनोज वोगटी
कालेबुङ,28जून।

जुन ठाउँमा पैह्रोको जोखिम छ, त्यसैको शीरमा नै शुरु भएको छ डम्पिङ। एक ठाउँमा त बन्द गर्‍यो तर फेरि अर्को ठाउँमा डम्पिङ शुरू भएकोले छोटा भालूखोपका वासिन्दाहरूले आफूहरु जोखिममा रहेको जनाएका छन्‌। भालूखोप यसै पनि पैह्रेनी क्षेत्र हो भने पैह्रोबाट बॉंच्न नै स्थानीयवासीले चार वर्ष अघि नै नगरको मैला फ्यॉंक्न भालूखोपको अंग्रेजकालीन डम्पिङमा निषेध गरिदिएको थियो।

भालुखोपवासीले डम्पिङ गर्न निषेध गरेपछि विचल्निमा परेको नगरपालिका अझ पनि लङ्गड़ो झैं बनेका छ। चार वर्ष भयो नगरपालिकाले वैकल्पिक डम्पिङ बनाउन सकेको छैन। नगरपालिका प्रशासन चलाइरहेका महकुमा अधिकारीले अहिले लाजमर्दो कुरा त के गरिरहेका छन्‌ भने नगरपालिकामा एक रुपियॉं पनि छैन, जसले डम्पिङ बनाउन सकियोस्‌। जब कि अघिल्ला नगराध्याक्ष र महकुमा अधिकारीले पश्चिम बङ्गाल सरकारको पोल्युशन कन्ट्रोल बोर्डले कालेबुङमा डम्पिङ बनाउन 2 करोड़ 29 लाख रुपियॉं अनुमोदन गरिसकेको जनाउँदै भालूखोपवासीको आन्दोलनलाई फिर्ता गर्ने काम गरेको थियो। भालूखोपवासीले त्यसबेला शीघ्र नै विकल्प डम्पिङ बनाउनुपर्ने चाप नगरपालिकालाई दिएको थियो।

अहिले त्यसबेला नगरपालिका प्रशासक कति लाचार थिएछन्‌ अनि परिस्थितिबाट जोगिन कति ढॉंट आस्वासन दिएका रहेछन्‌ भन्ने कुरा वर्तमान महकुमा प्रशासकले अहिलेसम्म पोल्युशन कन्ट्रोल बोर्डले राशि अनुमोदन गरेको कुनै रेकर्ड नरहेको खुलासा गरेपछि पत्तो पाइएको छ। भालूखोपमा मैला फ्यॉंक्न बन्द गरिदिएपछि विचल्नीमा परेको नगरपालिकाले अहिलेसम्म नै ढुक्कले टिस्टा नदीमा मैला फ्यॉंकेर काम टार्ने मेलो गरिरहेको थियो।

टिस्टामा नै मैला फ्यॉंके पनि विकल्प डम्पिङ बनाउने काम भने नगरेकोले अहिले परिस्थिति चर्किएर गएको छ। वर्तमान महकुमा प्रशासकले दलमान गाउँमा डम्पिङ बनाउने कार्यलाई तीब्र त गरिरहेका छन्‌ तर यो पनि शीघ्र नै बनिने छॉंटकॉंट छैन। किन भने महकुमा अधिकारीले विभिन्न योजनाहरूबाट राशि कटौती गरेर डम्पिङ बनाइरहेको पनि खुलासा गरिसकेका छन्‌। अहिले टिस्टामा पनि विरोध भएपछि नगरपालिका विचल्नीमा परेको छ। कसैलाई पनि थाहा छैन मैला कहॉं फ्यॉंकिरहेको छ।

यस्तैमा आज महकुमा अस्पताल नजिक मिशन कम्पाउण्ड अनि लेप्रोसी गेटबाट स्थानीय वासिन्दाले मैला फ्यॉंकेर अर्को डम्पिङ शुरू गरेको भालूखोपवासीले खुलासा गरेका छन्‌।
भालूखोपको शीरमा नै माटो र मैला फ्यॉंक्ने कार्य शुरू भेको जसको कारण छोटा भालूखोप नै जोखिममा पर्न थालेको भालूखोपवासीले जनाएका छन्‌। यसै पनि भालूखोप पैह्रेनी क्षेत्र रहेको छ। चारैतिर चर्किएको कारण जतिबेला पनि पैह्रो जान सक्ने अनि यसले ठूलै जोखिम खड़ा गर्न सक्ने बारे सचेत रहेर वरिपरिका घरिघरि निरीक्षण गरिरहने छोटा भालूखोेपवासीले गाउँको शीरमा नै डम्पिङ भेटेपछि आपत्ति जनाएका छन्‌।

फुर्वा लामाले जनाए अनुसार शीरमा नै डम्पिङ शुरू हुनु भनेको भालूखोपमा पैह्रो निम्ताउनु हो। भालूखोपमा 10 वटा गाउँहरू रहेको छ भने लगभग 200 घर छ। पैह्रेनी क्षेत्र रहेकोले यहॉंका वासिन्दा वर्खाभरि नै सचेत बस्नुपर्ने अवस्था छ। यस्तोमा यसप्रकारको डम्पिङ शुरू गरिएकोले परिस्थिति जटिल भइरहेको छ। उनीहरूले यस सम्बन्धमा सम्बन्धित निकायमा उजुरी गर्दै समस्या समाधानको निम्ति अपील गरेका छन्‌। अहिले वर्खा शुरू भएकोले पैह्रोको सम्भावना चारैतिर रहेको छ।

पैह्रोबारे शोध गर्दै आइरहेको शेभ द हिल्सका निदेशक प्रफुल्ल रावले पैह्रो रोकथाम गर्न नसक्ने तर यसको निम्ति सचेत चॉंही हुनुपर्ने कुरा गरेका छन्‌। छोटा भालूखोपवासीले आफूहरु जोखिम रहेकोले नै अहिले चारैतिर निरीक्षण गर्ने कार्य भइरहेको भए पनि विभागीय पक्षले सही व्यवस्थापन नगरिदिए अझ जोखिममा पुग्ने जनाएका छन्‌।

0 comments: on "भालूखोपमा पैह्रोको जोखिम"