कालेबुङ, 29 मार्चः
छत्र सुब्बाले गोर्खाल्याण्डको आन्दोलन गरेको चाहने र तिनका समर्थकहरूलाई छत्र सुब्बाले निराश पारिदिएका छन्।

तिनले भने, राजनीति मैले आजसम्म गरिनँ। राजनीति भनेको चिटिङ हो। पैसा कमाएर खाने भॉंडो हो। राजनीति घिसिङ र विमलले गर्छन्। म त आन्दोलनकारी हुँ। अब त्यो आन्दोलन पनि कहिल्यै गर्दिन। जनताले मुखले मात्र गोर्खाल्याण्ड भन्दारहेछन्। मुखले भन्दैमा गोर्खाल्याण्ड हुँदैन। मेलै मेरो पक्षबाट आन्दोलन गर्ने कोशिष गरें। तर जनताले गरेन। जनताले पैसा चिन्छ, रक्सी चिन्छ, मासु चिन्छ तर मलाई चिन्दैन। धिक्कार छ यो जातिलाई, जसले असल नेतृत्व चिन्दैन। के उनीहरूलाई अहिलेको परिस्थिति थाहा छैन? जनता आन्दोलनको निम्ति आउनुपर्थ्यो। तर कोही पनि आएनन्। समर्थकहरू नाउनु भनेको उनीहरूलाई गोर्खाल्याण्डको आवश्यकता छैन भनेको हो। मलाई के को खसखस? मेरो लागि हो र गोर्खाल्याण्ड? यद्धपि तिनले सुबास घिसिङ र विमल गुरूङको आलोचना पनि गरे। तिनले आन्दोलनमा कहिल्यै सम्झौता नहुने बताए। घिसिङ र विमलले सम्झौता गरेका छन्- तिनले भने, मैले गलत जातिमा जन्म लिएँछु। यो जाति बीर होइन काफरे रहेछ। उसलाई गोर्खाल्याण्ड पनि चाहिने तर आन्दोलनमा पनि नउत्रिने। तिनले आन्दोलनको निम्ति सबै डोकुमेन्ट तयार पारिएको बताउँदै जसले पनि लगेर आन्दोलन गर्न सक्ने बताए। गोर्खाहरूलाई विदेशी भन्नु नै गोर्खाहरूलाई चिह्नारीको संकट छ भनेर प्रमाणित गर्नु रहेको बताउँदै, त्यही चिह्नारीको निम्ति छुट्टै राज्य चाहिने तिनले बताए। तिनले दार्जीलिङ र तराई डुवर्स बङ्गालको भू-भाग नरहेको बताउँदै यसलाई बङ्गाल सरकारले नै जारी गरेको वाइट पेपरले स्पष्ट पार्ने बताए। जसले गोर्खाहरूलाई विदेशी भन्छन् उनीहरू नै विदेशी रहेको जसको कागजपत्र आफूसित रहेको बताउँदै तिनले भने, म वृद्ध भइसकें। लागेको थियो जनताले मबाट धेरै आशा गरेका छन्। मैले आन्दोलन गर्नुपर्छ। गोर्खाल्याण्डको नेतृत्व गर्नुपर्छ। किन भने कोही पनि इमान्दार भइदिएनन्। गोर्खाल्याण्डको निम्ति 11 वर्ष जेल बसिसकेको थिएँ। पानी बेंचे जाति बेचिन। जनताले मेरो इमान्दारितालाई हेरेर सहयोग गर्छ भनेर सोंचेको थिएँ। तर जनतालाई गोर्खाल्याण्ड चाहिएको छैन रहेछ। तिनले उप्रान्त कुनै पनि राजनैतिक कार्यक्रमहरूतिर आफ्नो सहभागिता नहुने अनि कोही आन्दोलनको निम्ति उत्रिए समर्थन पनि नगर्ने बताए। तिनले भने, कोही पनि इमान्दार छैनन्। पैसाको बिटो फ्यॉंकेपछि उसको नीति नै परिवर्तन हुन्छ। तर कमसेकम म त्यस्तो थिइन।
मलाई ग्रेटर ओनोमश दिएको थियो। तरै पनि मानिनँ। मैले सांसद आनन्द पाठकलाई सोधें, तिनले ग्रेटर अटोनोमशले गोर्खाहरुको चिह्नारी नबन्ने बताएपछि ग्रेटर अटोनोमश दुत्कारेको थिएँ। मलाई किन्नेहरू प्रशस्त आए। कसैले किन्न सकेनन्। जनतालाई गोर्खाल्याण्ड भनेर दागोपाप ल्याउँदा पनि खुशी छन् जीटीए ल्याउँदा पनि खुशी छन्। तिनले गोर्खाल्याण्डको आन्दोलनबाट सन्यास लिने कुरामा के कुनै राजनैतिक दलको चापसृष्टिलाई कारक मान्न सकिन्छ? भन्ने प्रश्न गर्दा तिनले भने, मुख्यमन्त्री, प्रसाशन र राजनैतिक पार्टी कसैले पनि दवाब दिन सकेन भने के को राजनैतिक दलले दवाब दिनसक्छ। तिनको घरमा लगभग 30 जना समर्थकहरू कालेबुङ बाहिरबाट भेला भएका थिए।
0 comments: on "छत्रलाई समर्थकहरूबाट धोका --लिए आन्दोलनबाट सन्यास"
Post a Comment