मुख्य समाचार :


सुन्दासले टेरेनन्‌ विमललाई

प्रज्ज्वल छेत्री
कालेबुङ, 7 फरवरी।
तारा सुन्दासले विमल गरुङलाई नटेरिकन आज फेरि एक पत्रकार सम्मेलनको आयोजना गरे।

विमल गरुङले अहिलेसम्म कालेबुङमा आएर तीनपल्टसम्म जनसभाअवधी सुन्दासले मोर्चालाई नराम्रो देखाउने काम गरेको आरोप लगाउँदै चेतावनी दिँदै आइरहेका छन्‌। तर सुन्दासले भने गुरुङलाई टेरपुच्छर पनि लगाएका छैनन्‌।

विमल गरुङले दिएको चेतावनीको 24 घण्टा पनि पूर्ण नभई सुन्दासले आज फेरि एक पत्रकार सम्मेलनको आयोजना गरी कर्मचरीहरूको पक्षमा आवाज उठाए। अबउसो कर्मचारीहरूले आन्दोलन गर्न नपाउने राज्य सरकारले गरेको निर्णयको सुन्दासले घोर आपत्ति जनाए। तिनले भने, 31 जनवरी 2012 मा राज्यको श्रम मन्त्रीले कर्मचारीहरूले आन्दोलन गर्न पाउँदैनन्‌ भनेका छन्‌। 3 फरवरीमा ममता व्यनर्जीले जुन कर्मचारीहरू चम्किन्छ म पानी भएर बर्सिन्छु, जसले सरकारको विरूद्धमा आवाज उठाउँछ म गर्जिन्छु भनिन्‌।

के यही हो परिवर्तनको हावासितै आएको भन्ने सरकारले दिएको गणतन्त्र। नानी कोक्रोमा रुन नपाउनु? भोक लाग्यो, तिर्खा लाग्यो भन्न नपाउनु? कर्मचारीहरूले आफ्नो हक र हीतको निम्ति आवाज उठाउन नपाउनु बढो लज्जास्पद विषय रहेको सुन्दासले बताए। तिनले अझ भने, दार्जीलिङमा रहेको 34 हजार 72 जना अस्थायी कर्मचारीहरूलाई अब झॉंक्री नचाएर, लामा पढाएर स्थायी गराउनु? गणतन्त्रको रक्षा गर्छु भन्ने सरकारले मजदुर सङ्गठनहरूको गणतन्त्र हनन गरिरहेको छ। 1981 सालमा राज्यमा वामफ्रण्ट सत्तामा छँदा मुख्यमन्त्री ज्योति बसुले पुलिसदेखि अन्य मजदुर सङ्गठनहरूले हक र हितको निम्ति आवाज उठाउनसक्ने अधिकार दिएको भएपनि अहिले तृणमूल सरकाले गरिबमारा, कर्मचारीमारा अनि गणतन्त्र खोस्ने कार्य गरिरहेको सुन्दासले आरोप लगाए।

यदि कर्मचारीहरूलाई दुःख भए सबैलाई भेला गरेर हामी कुरा सुन्छौ भनेर राज्य सरकारले भन्नु राजाको दरवारमा हुने प्रवृति झै भएरहेको बताउँदै सरकारकोे यस्तो निर्णयको विरूद्धमा पहाडमा कसैले आवाज नउठाएकोमा आफू आश्चार्यचकित बनेको तिनले बताए। मोर्चाको नाम नलिकन बोल्न नपाउने कुरामा तिनले भने, गणतन्त्रमा विश्वास गर्छौ भन्छ भने सबैले बोल्न पाउनुपर्छ। ममता ब्यानर्जीले झैं पहाडमा पनि बोल्न नपाउने धम्की दिन शुरू भएको छ। यही सन्दर्भमा तिनले अझ भने, एनबीएसटीसीका कर्मचारीरूले दिसम्बरको तलब पाएनन्‌। केलव 30 प्रतिशत मात्र पाए। जनवरीको अझसम्म पनि पाएका छैनन्‌। दार्जीलिङमा चारजना एनबीएसटीसी कर्मचारीहरूलाई निकालियो। एनबीएसटीसीका अन्य चार जनाले आत्महत्या गरिसकेका छन्‌।

पहाडमा पनि त्यही आत्माहत्याको घटना दोहोरिँदैन भन्न सकिन्न। तीब्र स्वरमा भने, यी कर्मचारीहरूको पक्षमा कसले उठाउने आवाज? पहाडमा बोल्ने ठेका लिएका दलहरूले यिनीहरूको पक्षमा किन बोल्दैन? सुन्दासले प्रश्न गरे। बोल्न नपाउने कुरामा अझ थपे, पुलिसलेे यसपल्ट 6 हजार 800 रुपिँया पाउनेवाला थियो। तर पाएन। को बालिदिने उनीहरूको पक्षमा? यस्ता गरिबमारा कार्यको विरूद्धमा कम्यूनिष्टहरू चुप लागेर बस्न नसक्ने बताउँदै सरकारले गरिबमारा कार्यको विरूद्धमा सदैव आफूहरू अघि रहने तिनले बताए। श्रमिक सङ्गठनको हीत, बन्द कलकारखाना, क्रमचारीहरूले आन्दोलन गर्ने नपाउने निर्णय आदिको विरूद्धमा 28 फरवरीमा बामपन्थी दलहरूले ढाकेको भारत बन्दमा पहाडबासीले पनि सहभागिता जनाउनुपर्ने सुन्दासले आग्रह गरे।

1 comments: on "सुन्दासले टेरेनन्‌ विमललाई"

RAJESH PRADHAN said...

badai 6 ...GJMM lai yesai garnu Parcha...