मुख्य समाचार :


पहाडबिना बङ्‌गाल अपूरो : मन्त्री देव



दिवस राई 
सिलगढी, 6 फरवरी। 

एकातिर, उत्सवको नाममा करोडौं रुपियॉं राज्य सरकारले नष्ट गरेको राज्यका विपक्षी पार्टी माकपाले आरोप लगाइरहेको छ भने अर्कोतिर राज्य सरकारले माकपाले भनिरहे पनि आफूहरू आफ्नै धूनमा विकासतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ।



10 फरवरीदेखि शुरु हुने उत्तर बङ्‌गाल उत्सवलाई ध्यानमा राख्दै क्षेत्रका अधिकारीहरूसॅंग यहॉंको पीडब्लुडी बङ्‌गलोमा आयोजित बैठकपछि संवाददाताहरूसॅंग कुराकानीमा उत्तर बङ्‌गाल विकास मन्त्री गौतम देवले भने, उत्तर बङ्‌गाल उत्सव क्रीडा अनि संस्कृतिले भरिने जनाए। यस अवधि पहाडका कलाकारहरूले पनि अंशग्रहण गर्ने उनले जनाए। पहाड सम्बन्धी सोधिएको प्रश्नको उत्तरमा उनले भने, पहाडबिना बङ्‌गाल अपूरो हुन्छ। पहाडका सांस्कृतिक टोलीले पनि निश्चित रूपमा यस उत्सवमा भाग लिनेछ।

हालै पहाडमा यस अघि पनि चिया एवं पर्यटन उत्सव आयोजन गरी त्यहॉंको संस्कृति दर्शाइसकेको छ। पहाडको संस्कृति धेरै राम्रो छ। निश्चित रूपमा पहाडलाई यस उत्सवमा सहभागी बनाइनेछ। अर्कोतिर, माकपाको आरोपको आलोचना गर्दै भने, माकपा नेता अशोक भट्टाचार्यले उत्तर बङ्‌गाल उत्सवबारे जुन आरोपहरू लगाइरहेका छन्‌, त्यो उनीहरूको भन्ने काम हो तर तृणमूलले आफ्नो विकासको क्रम जारी राख्नेछ। उत्तर बङ्‌गाल उत्सवमा सम्पूर्ण मानव संसाधनकै विकास गरिने राज्य सरकारले सोंच राखेको छ।

यस अवधि 10 फरवरीको दिन उद्‌घाटन गर्न राज्यकी मुख्य मन्त्री ममता ब्यानर्जी आउनेछन्‌। उनले त्यस अवधि यहॉंको कञ्चनजङ्‌गामा उत्सवको उद्‌घाटन गर्दै उत्तर बङ्‌गालमा महत्त्वपूर्ण विषयको घोषणा गर्नेछन्‌। उनले थपे, निश्चित रूपमा मुख्य मन्त्रीको उक्त घोषणाले उत्तर बङ्‌गालवासी खुशी हुनेछन्‌। उत्सवको निम्ति उत्तर बङ्‌गालमा तयारी युद्धस्तरमा चलिरहेको छ।

मन्त्री देवले जनाए अनुसार, उत्सव उत्तर बङ्‌गालको बालुरघाट-मालदादेखि कुचबिहारसम्म हुनेछ। जसमा उत्तर बङ्‌गालको सबै क्षेत्रमा विभिन्न सांस्कृतिक, खेल आदिको प्रतियोगिता हुनेछ। यस अवधि 54 खण्डलाई लिएर फूटबल प्रतियोगिता, डा. बीसी रोय ट्रफी फूटबल खेल, टेनिस, खो-खो साथै विभिन्न सांस्कृतिक कार्यक्रम यस अवधि आयोजन गरिनेछ। उत्सवको मुख्य आकर्षण सिलगढीमा आयोजन गरिने म्याराथन हुनेछ।

यस म्याराथनमा मोठ 5 हजार जनाले सहभागिता जनाउने सम्भावना रहेको छ। 42.5 किलोमीटर दुरीको यस म्याराथन 12 फरवरीको दिन आयोजन गरिनेछ भने यसमा विभिन्न सेलिब्रेटीहरूको उपस्थिति रहने भएको छ। यस अवधि भारतीय फूटबल टोलीका पूर्व अधिनायक तथा पहाडी बिच्छु भाइचुङ भोटिया पनि आउने भएका छन्‌। 10-देखि शुरु हुने यस अनुष्ठान 11 फरवरीको दिन 19 वटा ठाउँमा एकैचोटि यी कार्यक्रमहरू शुरु हुनेछ।

0 comments: on "पहाडबिना बङ्‌गाल अपूरो : मन्त्री देव"