कालेबुङ, 13 जनवरी।
पेदोङ तोपखाना निवासी जिनालाई केवल एक्ली जीना नसम्झेर समस्त पहाडले आफ्नो छोरी जीना भनेर सम्झनुपर्छ। जीनाका हत्याराहरूलाई दुइमहिना बितिसक्दा समेत प्रशासनले पक्राउ गर्न सकेको छैन। पुलिस प्रशासनबाट विश्वास हराउँदै गइरहेको छ तर आरोपीहरूलाई पक्राउ गर्न पुलिसलाई पनि सहयोग गर्न आवश्यक छ। अवला नारीको हत्याराहरूलाई पक्राउ गर्न नारी मोर्चाले जोडतोडले आवाज उठाउनुपर्छ। नारी मोर्चा अघि आउनु जरूरी छ- आज जुस्लो अध्यक्ष डीबी प्रधानले यसो भने। जुल्सोले शुरूदेखि नै जीना हत्याकाण्ड प्रकरणलाई निक्कै गम्भिरतासाथ लिएको छ। आजपनि तिनले जम्मै सङ्घ-संस्था अनि पार्टीहरूलाई अघि आएर आवाज उठाउनुपर्ने आह्वान गरेका छन्। तर तिनले घरी-घरी नारी मोर्चालाई अघि आउनुपर्ने आग्रह गरिरहेका छन्। एउटी नारीमाथि निर्मम रूपले गरिएको हत्यामा आजसम्म नारी मोर्चाको मौनतालाई हेरेर नै तिनले यसो भनेको स्पष्ट छ। पुलिस प्रशासनले हत्याकाण्डमाथि कढा रूपमा खोजतलास गरेर जीनालाई न्याय दिलाउनै पर्ने पक्षमा तिनी छन्। यदि जिनालाई न्याय दिलाउन नसके अनि आरोपीहरू पक्रा नपरे फेरि पनि यस्ता घटनाहरू दोहोरिरहने, एकदिन आफ्नो-छोरीहरूलमाथि यस्तो घटना हुँदापनि चूप लागेर बस्ने-तिनले प्रश्न तेर्साएका छन्। एउटी नारीलाई अर्धनग्न अवस्थामा हत्या गरिनु र पोस्टमर्टम रिपोर्टमा पनि बलात्कार नभएको पुष्टि हुने यथार्थ के हो? कि पोष्टमोर्टम रिपोर्ट सही छैन कि यथार्थ अर्कै छ-तिनले अझ बताएका छन्। तिनले घरिघरि भनिरहेका छन् जम्मै अघिआउनुपर्छ, जम्मै अघिआउनुपर्छ तर हत्या हुँदा एकैक्षण उठेर सेलाएको आवाजहरू फेरि उठ्ने हुन् होइन् गर्भमा नै लुकेर बसेको छ।
0 comments: on "जिना हत्याकाण्ड प्रकरण नारी मोर्चा बोल्नुपर्छ-जुस्लो"
Post a Comment