मुख्य समाचार :


जोग चाम्लिङलाई पूर्ण राई स्मृति पुरस्कार प्रदान

मनोज वोगटी
कालेबुङ,14 जुलाई।
नेपाली साहित्य अध्ययन समितिले 197 औं भानु जयन्ती दुइ दिन पालन गर्दै आज कथाकार जोग चाम्लिङलाई यसवर्षको पूर्ण राई स्मृति पुरस्कार प्रदान गर्‍यो। कवयित्री सानुमति राई कार्यक्रमका मुख्य अतिथि थिए भने तिनकै बाहुलीबाट चाम्लिङलाई समितिको मुखपत्र साहित्य संकेतमा प्रकाशित कथा अव्यक्त सन्देशको निम्ति यो पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रम अनि समितिका अध्यक्ष डा सरोजा राई अनि सूचना एवं सांस्कृतिक विभागका अधिकारी मितेन्द्र छेत्रीको उपस्थितिमा यो पुरस्कार चाम्लिङलाई प्रदान गरियो। पुरस्कारस्वरूप नगद राशि, स्मृति चिन्ह अनि प्रशस्ती पत्र प्रदान गरियो। यसै अवसरमा कविगोष्ठी पनि राखिएको थियो, जसमा कवि शमशेर अली, मनोज वोगटी, टीएन सुवेदी, निर्मला प्रधान, हर्क परियार, अरूणप्रकाश राई, ललिता शर्मा तथा अन्य रहेका थिए। कविहरूलाई पनि समितिले सम्वर्धना गर्दै प्रशस्ती पत्र प्रदान गर्‍यो। यसैबीच आइसीएसई परीक्षामा नेपाली विषयमा सर्वोत्तम अङ्‌क ल्याउने दुइ विद्यार्थीलाई पनि समितिले सम्वर्धना जनायो।

0 comments: on "जोग चाम्लिङलाई पूर्ण राई स्मृति पुरस्कार प्रदान"