मुख्य समाचार :


जनताले नै यो व्यवस्था मागेको हो-युवा कंग्रेस


मनोज वोगटी
कालेबुङ,14 जुलाई।
कहिल्यै स्पष्टसित कुरा नराख्ने युवा कंग्रेसले आज गोर्खा जनमुक्ति मोर्चाको आन्दोलन गोर्खाल्याण्डको निम्ति नै नरहेको स्पष्ट पारेको छ। दार्जीलिङ जिल्ला युवा कंग्रेसका सचिव दिलिप प्रधानले पत्रकारहरूसितको बातचितमा भने, गोर्खा जनमुक्ति मोर्चाले केन्द्रसित गोर्खाल्याण्डको निम्ति अहिलेसम्म सम्बन्ध नै राखेन। मोर्चाको आन्दोलन राज्य केन्द्रित भयो। जब कि छुट्टैराज्यको निम्ति केन्द्र सरकारसित कुरा राखिन पर्छ। यसै पनि सबैलाई थाहा छ कि कुरा संसदमा राखिनुपर्छ। संसदमा कुरा राख्न मोर्चाले भाजपा नेता जसवन्त सिंहलाई जिताएर त पठायो तर बजट सत्रमा कुरा राख्यो जसको रेकर्ड नै बस्दैन।

कुरा उठाएको भ्र्रम मात्र फैलाइने काम भयो। आन्दोलन राज्य केन्द्रित भएकोले समसको समाधान पनि राज्यबाट नै भएको हो। यसैकारण नै बङ्गाल अधिनस्त यो व्यवस्था आइरहेको छ। आन्दोलनमा कंग्रेसको भूमिकामाथि प्रश्न गर्दा तिनले अझ भने, कंग्रेसले स्पष्ट भनेको छ, यदि गोर्खाल्याण्ड हुन सक्दैन भने प्राधिकरणहरू होइन, युनियन टेरिटोरी हुनुपर्छ भन्ने माग कंग्रेसले गरेको हो।

केन्द्र अनि कंग्रेसको हाइकमाण्डलाई पनि यो कुरा बुझाइसकेका छौं। सोनिया गान्धी स्वयं गोर्खाहरूप्रति संवेदनशील छन्‌। उनकै परामर्शमा गृह मन्त्री पी. चिदम्बरमसित पनि कुरा राखेका हौं। तिनले युनियन टेरिटोरीको निम्ति मेन्डेट लिएर आउनु भने। यसको निम्ति हामीले यसपल्टको विधानसभा चुनाउ लड़ेका हौं, तर जनताले युनियन टेरिटोरी रुचाएनन्‌। जनताले प्राधिकरण नै रुचाए। अहिले जुन व्यवस्था पहाड़मा आइरहेको छ, यो जनताले मागेको कुरा हो।

तिनी अनुसार जनता पनि गोर्खाल्याण्ड चहॉंदैनन्‌। चहाने हो भने गोर्खाल्याण्डको निम्ति वा युनियन टेरिटोरीको निम्ति मेन्डेट दिनेथियो। कंग्रेस सधैँ गोर्खाल्याण्डको पक्षमा रहेको बताउँदै तिनले विमल गुरूङको आन्दोलन राज्यमुखी रहेको अनि गुरूङले गरेको माग ममतामा पुगेकोले नै मुख्यमन्त्रीले मोर्चाले मागे अनुसारको व्यवस्था दिएको बताए। तिनले अहिलेको व्यवस्थाको सन्दर्भमा पनि मोर्चा राज्य केन्द्रित रहेकोले मोर्चा र राज्यमा यदि सहमति भए कुरा मिलाउने पक्षमा केन्द्र रहेको पनि बताए।

0 comments: on "जनताले नै यो व्यवस्था मागेको हो-युवा कंग्रेस"