मनोज वोगटी
कालेबुङ, ७ दिसम्बर|
छुट्टै राज्य छोडेर वास्तवमा के गठन हुने हो, कसरी गठन हुने हो, किन गठन हुने हो र गठित प्रशासनलाई कसरी सञ्चालन गरिने हो भन्ने कुराहरूको माखे सङ्गलोभित्र बॉंचेको छ दार्जीलिङको राजनीति|
छुट्टै राज्यको मुद्दा छोडेर, राज्य र केन्द्रको परामर्शमा छुट्टै राज्यको आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चासित अहिले दुइवटा मुद्दा रहेको छ| दुइ दिन अघि मात्र गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले स्पष्ट भने, पहाडमा जीटीए अनि तराईमा जीएण्डएटीए गठन हुनेछ| पहाडमा मोर्चाको शासन अनि तराई र डुवर्समा आदिवासी विकास परिषदको शासन हुनेछ| यसको निम्ति मोर्चा र आविपको संयुक्त आन्दोलन हुने छ तराई र डुवर्समा| यता हिजो मात्र दुइवटा मुद्दामा वकालती गरिरहेका मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले भने, पहाडमा जीटीए गठन भएपछि जीएण्डएटीएको निम्ति तराई र डुवर्स आफैले आन्दोलन गर्नुपर्छ| अध्यक्ष अनि प्रवक्ताको वयानको अलग अलग अर्थ निस्कन्छ| अध्यक्षले जीएण्डएटीएको निम्ति मोर्चा र आविपको संयुक्त आन्दोलन हुने भनिरहेका छन् तर प्रवक्ताले जीटीएको गठनपछि जीएण्डएटीएको निम्ति तराई र डुवर्स आफैले आन्दोलन गर्नुपर्छ भनिरहेका छन्| प्रवक्ताको वयानले आदिवपसितको सम्झौता केवल जीटीए छिराउने चलखेल मात्र हो कि भन्ने शंका उत्पन्न गराउँछ| यस्तै शंका आविपको राज्य कमिटीले पनि गरिरहेको छ|
विरसा तिर्कीले भनेका छन्, जोन बारलाहरूले तराई र डुवर्सका जनतालाई धोका दिइरहेका छन्| मोर्चाको चलखेलमा फँसेर आदिवासी नेतृत्वबाट जनविश्वास तोड्ने काम चौकी र पैसाको निम्ति तराई र डवर्सका निस्कासित नेताहरुले गरिरहेका छन्| यसो भनेर तिर्कीले के भनिरहेका हुन् त? भन्ने प्रश्नको उत्तर मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीको वयानभित्र आंशिकरुपमा लुकेको लख काट्न सकिन्छ| तिनको आशय अनुसार जीटीए गठन गरेपछि मोर्चा यसैमा व्यस्त हुन्छ, यसकारण तराई र डुवर्सका जनताले नै जीएण्डएटीएको निम्ति आन्दोलन गर्नुपर्छ| यता जोन बारलाले भने आन्दोलनको औचित्य नै नरहेको कुरालाई पुष्टि गरेका मात्र छैनन् जीटीए र जीएण्डएटीएको औचित्य पनि स्पष्ट पारेका छन्| यति मात्र होइन जीएण्डएटीएको अस्तित्व पनि खुकुरीको धारमा रहेको छर्लङ्ग पारेका छन्| तिनले भने, मोर्चासित सम्झौता भएको हो पहिले जीटीए गठन गर्नको निम्ति| जीटीए गठनपछि चुनाउ हुनेछ|
चुनाउपछि जीटीए सभा गठन हुनेछ| यसै जीटीए सभामा सम्झौता अनुसार कानून संशोधन गरेर जीएण्डएटीएको गठन गरिनेछ| त्यसपछि पश्चिम बङ्गाल पश्चिम बङ्ग भएजस्तै जीटीए नाम हराउने छ अनि केवल जीएण्डएटीए बस्नेछ| तिनले जीएण्डएटीए गठन गरिएपछि दुइवटा सेल बनाइने कुरा गर्दै भने, पहाडको सेल मोर्चाले चलाउने छ तराई र डुवर्सको सेल हामी चलाउनेछौं| बारलाले जीटीएलाई दिएको सीमित क्षमता नै तराई र डुवर्समा बॉंडिने हो भन्ने प्रश्नको उत्तर दिन सकेननन्| तिनले यसको निम्ति आविप र मोर्चा टोलीले मुख्यमन्त्री अनि केन्द्रिय गृहमन्त्रीसित भेट्ने बताएका छन्|
के स्पष्ट भएको छ भने जीटीए सभामा आविपको कोही प्रतिनिधि रहने छैनन्| जीटीएको सम्झौता अनुसार पहाडको दागोपाप क्षेत्रमा नै जीटीए गठन हुनेछ|
जीटीए सभामा पनि पहाडको तीन महकुमा कै प्रतिनिधिहरू हुनेछन्| जीटीएमा पार्षदहरू पनि पहाड कै रहनेछन्| केवल नाम परिवर्तन हुने छ तर क्षमता वृद्धि हुनेछैन| जीटीएलाई दिइएको विभाग मुख्य गरी कालेबुङ, खरसाङ अनि दार्जीलिङ महकुमालाई केन्द्रित गरेर दिइएको छ| ६ करोड वर्षको पैसा पनि तीनवटा त्यही महकुमाको विकासको निम्ति दिइने तय छ| जीटीएको सम्झौता अनुसार केही गोर्खाबाहुल क्षेत्रमात्र जीटीएमा पस्नपर्थ्यो जसलाई केन्द्र गरेर विभाग र क्षमतालाई नियन्त्रित गरिएको छ| उसो भए तराई र डुवर्स कुन पैसा, क्षमता र विभागहरूले चल्ने हो त? पहाडलाई जीटीए दिन्छ भने तराई र डुवर्सलाई एटीए दिनुपर्छ भन्ने आविपको मागलाई सहयोग गर्ने सम्झौता आविप र मोर्चाबीच भएको छ त? किन भने अहिलेसम्म आविप र मोर्चाको सम्झौताभित्र के के छ, त्यो लुकाइएको छ| यसो हो भने अब तराई र डुवर्स जीटीएभित्र नपस्ने अनि तराई र डुवर्सको निम्ति अलग्गै जीटीएजस्तै व्यवस्था गठन गरिनुपर्ने स्पष्ट छ| के डा. हर्कबहादुर छेत्रीले त्यसैको संकेत दिएका हुन् त?

0 comments: on "जीटीए सभामा कानून संशोधन गरेर जीटीएलाई जीएण्डएटीए बनाइने"
Post a Comment