प्रज्ज्वल छेत्री
कालेबुङ, ६ दिसम्बर|
दार्जीलिङ पहाडमा रहेको प्राय जम्मै प्राथमिक पाठशालाहरूको अवस्था अहिले सोचनीय बनिसकेको छ| कहीँ प्राथमिक पाठशालाहरूमा शिक्षकहरू नियुक्त छैनन् त कहीँ पढ्ने विद्यार्थीहरू नै छैनन्| विद्यार्थीहरूको संख्या केही मात्रामा रहेको प्राथमिक पाठशालाहरूमा कि त शिक्षक-शिक्षिकाहरूको कमि छ कि त स्कूल भवनको| आज एक यस्तै स्कूल देखापरेको छ जहॉं तीनजना शिक्षकहरू छन् तर पढ्ने विद्यार्थी भने केवल एकजना छन्| यस्ता प्राखमिक पाठशाला हो स्थानीय १४ माइलस्थित इच्छेको कृष्ण काली प्राथमिक पाठशाला, जहॉं दोस्रो श्रेणीका पुष्पलाल पोख्रेल मात्र पढ्छन्| तर श्रेणी भने पहिलोदेखि चौथोसम्म छ| एकजना विद्यार्थीलाई पढाउने शिक्षक भने तीनजना छन्| एकै जना रहेको विध्यार्थी पुष्पलाल पोख्रेल पनि स्थानीय वासिन्दा होइनन्| तिनी आसम निवासी हुन् अनि प्रधान अध्यापकसित नै बस्छन्| तिनी पनि नहुनु हो भने विद्यार्थीहीन प्राथमिक पाठशालाको पगरी यो स्कूलले गुथ्ने थियो| अचम्म लाग्दो घटना के हो भने त्यस स्कूलमा आज ती एकजाना विद्यार्थीले वार्षिक परिक्षा दिइहेका थिए तर स्कूलमा कुनै शिक्षकहरू उपस्थित थिएनन्| एमटीएका खाना पकाउने एक सहायिका रिञ्छेन भोटियाले स्कूलमा ती विद्यार्थीको परिक्षा लिइरहेका थिए| स्कूलका प्रधानअध्यापक सितम्बर महिनादेखि विरामी छुट्टीमा रहेका छन् भने एकजना शिक्षक छितेन भोटिया पनि छुट्टिमा नै बसेको अनि अर्का शिक्षक सुरेन कार्कीडोलीको भने छुट्टिमै बसेको बताएपनि स्कूलमा कुनै दर्खास्त भने थिएन| उनी छुट्टि बसेको कुरा कसैलाई अत्तोपत्तो थिएन| शिक्षकहरूको गैरजिम्मेपारीपूर्ण कार्यले स्कूल अहिले प्रायः अस्तित्वविहिन बनिसकेको छ| स्कूलमा एकैजना विद्यार्थी मात्र रहनुले शिक्षा विभाग, स्कूलका एटेडेन्स कमिटी, क्षेत्रीय नेताहरू, जीपीटीओ, गाउँले, स्कूलका शिक्षकहरू अनि एसआई सम्मलाई ठूलो प्रश्न खडा गरिदिएको छ| स्कूलको यस्तो दुर्गतिको निम्ति यी जम्मै निकायहरू नै दोषी देखिएको छ| आज यस स्कूलको भएजति जम्मै भेदहरू खोलिएको छ| अचम्म लाग्दो अर्को कुरा के छ भने एकजना विद्यार्थी रहेको पाठशालाको रेजिस्टर खातामा ५० जना विद्यार्थीको नाम छ, त्यही नाम स्कूल बोर्डसम्म गएको छ भने त्यही नाम देखाएर यो एमटीएले मध्यान्न भोजनको निम्ति आएको सामंाग्री असुली रहेको छ| एमटीएका अर्का खाना पकाउने महिला छुनु तामाङको पनि अत्तोपत्तो छैन| आज स्कूलको भेद तब खोलियो जब स्कूल जमिनको विवाद चर्कियो| स्थानीय स्व. धनबहादुर तमाङले १९७७ सालमा स्कूल भवनको निम्ति १४ डेसिमल जमिन दान गरेका थिए| त्यसछि स्कूलपक्षले खाली पन्नामा सही गराएर शेरवदादुर तमाङको ८ डेसिमल जमिन पनि लिएको जमिनदाता धनबादुर तमाङकी बुहारी निर्मला खालिङले बताइन्| अहिले भर्खरै अमिनले नापजोक गरेपछि २२ डेसिमल जमिन स्कूलको नाममा रहेको छ|
सोही जमिनमा एक छिमेकीलाई घर बनाउन स्कूलपक्ष अनि कमिटिले अनुमति दिने भएपछि नै जमिनदाता परिवारबाट निर्मला खालिङले आपत्ति जनाउँदै आइरहकी थिइन्| पछिबाट स्कूलका सह-शिक्षक छितेन भोटियाले आफूलाई सोही विषय लिएर अभद्र व्यवहार गरेको बताउँदै महिला जनमुक्ति कर्मचारी सङ्गठनकहॉं गुनासो पोख्न गएकी थिइन्| सङ्गठनको सदस्यप्रति भएको अन्यायलाई बुझ्न आज जकस टोली अनि पत्रकारहरू स्कूल पुगेपछि नै स्कूलको भेद खोलिएको हो| जमिनदाता परिवारबाट निर्मला खालिङले स्कूलको अवस्थाबारे बोल्दै भनिन्, गाउँमा केही राम्रो होस्, विद्यार्थीहरूले पढ्न पाउन भनेर नै मेरा ससुराले स्कूललाई जमिन दान गरेका थिए| तर अहिले आएर स्कूलको अवस्था यस्तो देख्दा धेरै दुःख लागेर आउँछ| त्यसैमाथि पनि शिक्षकहरूले मनमानी गर्छन्| स्कूललाई ध्यान दिँदैनन्| जमिनमा पनि हामीसँग सरसल्लाह नगरी कसैलाई घर बनाउन दिन्छन्| तिनले आफ्नो परिवारले स्कूलको निम्ति दान गरेको जमिनको अहिले कुनै महत्व नरहेको बताउँदै जमिनको कुनै कागजपत्रसमेत नभएको बताइन्| तिनले अझ भनिन्, पहिले केपी शर्मासर छँदा यहॉं १२३ जना विद्यार्थीहरू थिए| तर अहिले आएर दिनोदिन विद्यार्थीहरू घट्दै गयो| दुइवर्षअघि तीनजना, अघिल्लो वर्ष एकजना अनि यसवर्ष त झनै एकजना मात्र विद्यार्थी छन्| न त स्कूल कमिटीले बैठक नै गर्छ न त शिक्षकहरूले यसविषयमा चासो नै देखाउँछन्| उनको यस्तो वयानपछि त झनै स्कूलको दुर्गतिको निम्ति शिक्षकहरू अनि कमिटिको स्कूलप्रतिको उदासिनता स्पष्ट झल्कन्छ| निर्मला खालिङ अनुसार स्कूलको दुर्गतिमा सम्बन्धित निकायको नजर नपुगेको पनि होइन, नोभेम्बर महिनाको दोस्रो सातामा जमिन विवादलाई लिएर स्कूल आइपुगेका एसआई चियाको चुक्सी लिँदै स्कूल अफिसमा बसेको भएपनि स्कूलको अवस्थाबारे तिनले ध्यानै दिएनन् अथवा स्कूलको वास्तविकतालाई लुकाएर राखे| कति दायित्वहीन एसई तिनी हुन् भन्ने प्रमाण यसै स्कूलले दिएको छ| यससम्बन्धी आज तिनीसित सम्पर्क गर्नखोज्दा सम्पर्क हुन सकेन|
जमिनदाता महिलामाथि आरोप लगेका शिक्षकले भने स्कूलको दुर्गतिको निम्ति भरसक कुरा लुकाउने प्रयास गरे| एकजना विद्यार्थी रहेको स्कूलमा ५० जनाको एटेन्डेन्स रहेको रेजिस्टर तिनले स्कूलमा नरहेर अर्का शिक्षक सुरेन कार्कीडोलीकँहा रहेको जस्तो गैरजिम्मेवारीपूर्ण वक्तव्य दिँदै महिलाले लगाएको दुर्व्यवहारसमेत झुटो रहेको बताए| जमिन विवादलाई लिएर स्कूल पुगेका जकस टोलीले भने स्कूलको अवस्था देखेपछि दोषीहरूप्रति कार्वाही हुनुपर्ने माग गरेका छन्| जकस अध्यक्ष खड्क विक्रम सुब्बाले स्कूल सठीक ढङ्गमा सञ्चालन नगर्नुमा अनि स्कूलको दुर्गतिप्रति असन्तोष व्यक्त गरेका छन्|
स्कूलमा आउने मीड-डे मिलको पैसा, रेजिष्टरमा ५० जना विद्यार्थी रहेको झूटो कुरा हुनु, लगायत जम्मै विषयहरूको गहिराइमा पुग्ने बताउँदै शिक्षा विभागका अधिकारीहरूलाई पनि झक्झकाउने भएको छ| अर्कोतिर ११ माईल जीपीटीओ महकुमा समितका अध्यक्ष आईपी शर्माले त झनै आफूलाई यस स्कूलसम्बन्धी केही थाहा नभएको बताए| आज मात्रै थाहा लागेको बताउँदै चॉंडै सबै पक्षलाई लिएर बैठक गरेर समाधान निकाल्ने तिनले बताए| ऐटेन्डेन्स कमिटीका सभापतिको त झनै कुरै गैरजिम्मेवारीपूर्ण छ| बाबुको देहान्तपछि तिनी कोही नभएर अध्यक्ष बसेको अनि स्कूलकै भनाइअनुसार एटेन्डेन्स रेजिस्टरमा सही गर्ने गरेको बताए| स्थानीय भिलेज एजुकेशन कमिटीका सभापति दावा तामाङले आफू लेखापढी गर्न नजान्ने, मरेर नेपालीमा सही गर्नसम्म सक्ने बताउँदै आफूलाई त्यसै नामको लाही मात्र राखिदिएको बताएका छन्|

0 comments: on "तीन शिक्षक रहेको प्राथमिक पाठशालामा केवल एकजना विद्यार्थी, खातामा ५० जना"
Post a Comment