जीपीटीओले लगायो मीडियालाई निराधार दोष
मनोज वोगटी
कालेबुङ,10 दिसम्बर।
जनमुक्ति कर्मचारी सङ्गठन कालेबुङ समितिका अध्यक्ष खड्क विक्रम सुब्बाले आफूले असल शिक्षक-शिक्षिकाहरूको आत्मसम्मानमा चोट पुर्याउने उद्देश्यमा नबोलेकोे भन्दै जसलाई पनि चोट लागेको छ उनीहरूसित माफी मागे। तिनले माफी माग्नुपर्ने स्थिति त्यतिबेला आयो जब तिनले कृष्णकली प्राथमिक पाठशालामा एक जना मात्र विद्यार्थी रहेको अनि तीन शिक्षक रहेको र पाठशालाको अवस्था गम्भीर रहेको देखेपछि पाठशालाबारे टिप्पणी दिए। घटना के भएको थियो भने कृष्णकली प्राथमिक पाठशालाको निम्ति जमीन दान गर्ने परिवारका एक व्यक्ति जो जकसका सदस्य पनि हुन्,ले जमीनको विवादमा एक शिक्षकले तिनलाई अभद्र व्यवहार गरेको कुरा जकसलाई राखेपछि जकस टोली पुग्यो कृष्णकली प्राथमिक पाठशाला। उनीसित नै गएका थिए पत्रकारहरू। जकस अध्यक्ष सुब्बा अनि पत्रकारहरूले पाठशालाको अवस्था जीर्ण देखेपछि कसरी पाठशालाको यस्तो अवस्था भयो भन्ने प्रश्न उठायो। यसरी प्रश्न उठाउँदा प्राथमिक पाठशालाका शिक्षकहरूको सङ्गठन पनि मुछिनु स्वाभाविक हो तर सबै पाठशाला कृष्णकली नरहेको अनि सबै शिक्षक-शिक्षिकाहरू कृष्णकलीको झैं नरहेको बताउँदै एउटा घटनालाई देखाएर सबै शिक्षक शिक्षिकाहरूलाई मुछेको आधारहीन आरोप लगाएको छ। वास्तवकिता के हो भने पत्रकारहरूले कुनै पनि शिक्षक शिक्षिकाहरूलाई दोष्याएका छैनन्। पत्रकारहरूले दोष्याएका छन् भने कृष्णकली प्राथमिक पाठशालाका शिक्षक-शिक्षिकाहरूलाई। केवल त्यस पाठशालाका शिक्षक-शिक्षिकाहरू मात्र होइन, प्राथमिक शिक्षक-शिक्षिकाहरूको संस्था जीपीटीओ, त्यस पाठशालाको सञ्चालन समिति, एमटीए, भीइसी अनि गाउँलेहरूलाई मात्र होइन पत्रकारहरूले दोष्याएका थिए पश्चिम बङ्गालकै शिक्षा नीतिलाई। तर कुनै पनि पत्रकारले अन्य शिक्षक शिक्षिकाहरूलाई दोष्याएका छैनन् बरु यस्तै अवस्था अरु ठाउँ पनि हुन सक्ने कुरा भने उठाएका थिए। तर जीपीटीओले सबै शिक्षक-शिक्षिकाहरूलाई मुछेको मात्र होइन मिडडे मिलको पैसा खाएको आरोप पत्रकारहरूले लगाएको समेत आरोप लगाएको छ।
दोषीहरू, जो कृष्णकली प्राथमिक पाठशालाको अवस्था बिगार्नेहरू छन्, उनीहरू भने चुइँसम्म बोलेका छैनन्, जसको बारेमा पत्रकारहरूले कुनै कुरा नै गरेका छैनन् उनीहरू भने आत्मसम्मानमा चोट लाग्यो भन्दै उल्टै पत्रकारहरूलाई दोष्याइरहेका छन्। चोरको खुट्टा काट भन्दा खुट्टै झिकेजस्तो घटना आज देखापरेको छ। जीपीटीओ कालेबुङका अध्यक्ष स्वराज गुरूङले भने, यस्तो घटनाको दोषी को हुन्? तर यहॉं केवल शिक्षकहरूलाई मात्र दोष्याउने कार्य भइरहेको छ। यस्ता शिक्षकहरू छन्, जसले सरकारको विरुद्धमा आफ्नो स्कूललाई अंग्रेजीकरण गरेका छन्। यस्ता शिक्षक र पाठशालाहरू पनि छन् जसले मिड डे मिल दिसम्बरसम्म नै खुवाउँछन्। किन शिक्षकहरूलाई मात्र दोष्याइन्छ? तिनले यस्तो प्रश्न उठाइरहेका थिए तर पत्रकारहरूले भने कुनै पनि राम्रा काम गर्ने शिक्षक र पाठशालालाई दोष्याएका छैनन्। जसलाई दोष्याएका छन् उनीहरू चुप छन्, जसलाई दोष्याएका छैनन् उनीहरूले भने दोष्यायो कि दोष्यायो भनेर घटनालाई अझ रोचक बनाउने कार्य गरिरहेका छन्। गुरूङले त यहॉंसम्म भने, मिड डे मिलको पैसा खाएको आरोप लगाउँदै छ। तर तिनले नै भने, किन स्कूलको भ्रष्टचार मात्र पत्रकारहरूले देख्छन्। भ्रष्टचार त सडक सडकमा छ। कालेबुङमा मात्र होइन देशभरि नै छ। किन उनीहरूको भ्रष्टचार देख्दैनन्। तिनले आफैले पत्रकारहरूले केवल स्कूलको मात्र भ्र्रष्टचार किन देख्छ भनेर जुन प्रश्न उठाए त्यही प्रश्नले नै स्कूलमा व्यापक भ्रष्टचार रहेको प्रमाणित गरेको छ। कुनै पनि पत्रकारले कुनै पनि शिक्षक-शिक्षिकालाई देखाएर भ्रष्टचारको आरोप भने लगाएको छैन। पत्रकारहरूले यति भनेको छ कि कृष्णकली प्राथमिक पाठशालामा केवल एकजना विद्यार्थी छन् तर सरकारी खातामा भने 50 जना देखिएको छ, उसो भए 50 जनालाई आएको मिड डे मिल कहॉं गइरहेको छ त? एकजना विद्यार्थीलाई नै त सबै बॉंडेको छैन होला। किन भने विद्यार्थी पुष्प पोखरेलले झोलामा हालेर घर लैजानेसम्मको चामल दिने गरेको बताएका छन्। यहॉंसम्म कि कृष्णकली प्राथमिक पाठशालामा मध्यान्नको भोजन पनि पाक्दैन। यदि पाक्दैन भने 50 जनालाई आएको मध्यान्न भोजन कहॉं जॉंदैछ? 50 जनालाई आएको युनिफर्मको पैसा, मरम्मतिको पैसा र अन्य ग्राण्ड कहॉं गयो त? भन्ने प्रश्न पत्रकारहरूले उठाएका हुन्। यो सम्पूर्ण शिक्षक-शिक्षिकाहरूले मिडडे मिलको पैसा खायो भन्ने कुरा कतै पनि कुनै पनि पत्रकारले उल्लेख गरेको छैन। कृष्णकली पाठशालालाई उदाहरण देखाएर यस्ता पाठशाला धेरै हुनसक्ने कुरामा भने सचेत गराउँदै यदि छ भने त्यसको विकास गर्नुपर्ने कुरामा सचेत मात्र पत्रकारहरूले गराएका हुन् तर शिक्षक-शिक्षिकाहरूलाई यसै कुराले आत्मसम्मानमा चोट पुर्याएको कुरा मात्र होइन मिडडे मिलको पैसा खाएको आरोपसम्म लगाएको भन्दै आधारहीन स्पष्टिकरण दिनुले दालमा निश्चय नै कुनै कालो लुकेको हुनसक्ने शंका गरिएको छ। यस्तो पनि सुनिएको छ जहॉं पाठशाला र विद्यार्थी नै छैनन तर सरकारी शिक्षकहरू भने घरमा बसेर तलब खाइरहेका छन्। यस्तो पनि सुनिएको छ, जसको सरकारी र एडहक नोकरी छ तर उनीहरूले बद्ली लगाएर अर्को काम गरिरहेका छन्।
कालेबुङका पत्रकारहरू यस्ताहरूको तथ्य संग्रह गर्न जुुटिसकेका छन्। सुनिएका कुराहरू यथार्थ हो होइन भन्ने कुराको छानबिनमा लागेका छन्। पत्रकारहरूले धेरैवटा तथ्यहरू बटुलिरहेका छन्। यसैक्रममा यस्ता पाठशाला पनि देखिएको छ जहॉं विद्यार्थीहरू धेरै छन् तर सरकारी शिक्षक छैनन् तर पाठशाला भने सरकारी छ। वास्तवमा पत्रकारहरूले कुनै शिक्षक र पाठशालालाई नदोष्याएर बङ्गालको शिक्षा नीतिलाई नै दोष्याइरहेका छन्। किन भने शिक्षा नीति समय सापेक्ष नरहेकोले नै प्राथमिक पाठशालाहरूको अवस्था कृष्णकली झैं भइरहेको छ। एकातिर अंग्रेजी स्कूलमा भर्ना पाइन्न, त्यही प्राथमिक पाठशालामा भने विद्यार्थी नै आउँदैनन्। यस्तो हुनुमा को दोयी छ भन्ने कुरामा चिन्ता देखाउन र प्राथमिक पाठशालालाई पनि अंग्रेजी स्कूलको तुलनामा ल्याउने कोशिश गर्नको साटो पत्रकारहरूले आरोप लगायो भन्दै हताश हुने शिक्षक-शिक्षिका मात्र होइन जीपीटीओ नै पनि देखिएको छ। कुरा नबुझी हतास हुनेहरूलाई के स्पष्ट पारिन्छ भने राधाकृष्णन झैं शिक्षक-शिक्षिकालाई दोष्याइएको छैन। स्वराज गुरूङले के पनि स्पष्टिकरण दिइरहेका थिए भने प्राथमिक पाठशालाको यस्तो अवस्था हुनुमा शिक्षक-शिक्षिकाहरूको दोष छैन। उसो भए को दोषी हुन् त भन्ने कुरा अब जीपीटीओले खोज्नुपर्ने देखिएको छ। यता जकसका खड्क विक्रम सुब्बाले भने कृष्णकली प्राथमिक पाठशालाको घटनाले सबैको आँखा खोलिदिएको भन्दै सबै सचेत रहेर प्राथमिक शिक्षाको आधार बलियो बनाइदिने अपील गर्दै आफ्नो पक्षबाट पनि भरपुर सहयोग हुने बताएका छन्।

0 comments: on "खड्क विक्रम सुब्बाले मागे माफी"
Post a Comment