कालेबुङ, २५ नोभेम्बर|
पहाडका राजनैतिक दल अनि ती दलका भातृ सङ्गठनहरूलाई छुट्टैराज्यको आन्दोलन समय कटनीको खेल भइरहेको छ| एउटा सङ्घ निस्कियो अनि घोषणा गर्यो आन्दोलनको, मानौं ती दलहरूलाई आन्दोलन भनेको कुनै उत्सव हो| अहिलेसम्म पहाडमा भएको पारम्पिरक आन्दोलनको आजको अन्तिम निचोड भनेको जीटीए हो| यस अघि भएको आन्दोलनको निचोड दागोपाप थियो|
आन्दोलन अवधीका घटनाक्रमहरू हुन् हत्या, तोड फोड र निर्वासन| सबैभन्दा प्रमुख कुरा हो पहाडको आर्थिक, शैक्षिक अनि सामाजिक क्षेत्रमा पुर्याइएको असर| खॉंचोको आवस्यकता निर्माण गर्यो अनि आन्दोलनलाई विकासमा रुपान्तर गर्यो| यसको प्रमुख कारण हो मुद्दालाई सम्बोधन गर्न नसक्नु| आन्दोलनको अर्थलाई दलीय फाइदामा लिनु| सुवास घिसिङले स्पष्ट भनेका थिए, अहिले राज्य र केन्द्रमा छुट्टैराज्यको परिस्थिति छैन| त्यो परिस्थिति नबनिञ्जेल कुनै व्यस्थामा सम्झौता गर्नै पर्छ| पहिलो दागोपापमा गरिएको थियो अब छैटौं अनुसूचीमा गर्नुपर्छ| तर दुवै नै छुट्टैराज्यसम्म पुग्ने खुड्किलो नै हो| तर तिनको कुरालाई कसैले पनि स्वीकार गरेनन्| किन भने जनता कुनै व्यवस्था होइन छुट्टैराज्य चहान्थे| घिसिङले ढॉंटे, जनतालाई झुक्काए भनेर नै तिनी अनि तिनको दललाई धराशयी गर्दै गोर्खा जनमुक्ति मोर्चाको गठन गरियो| यस दलको एउटै लक्ष्य थियो गोर्खाल्याण्ड| अहिले यस दलले छुट्टैराज्यको आन्दोलन गर्न नसकेपछि युवा मोर्चालाई अघि लगाउन बाध्य बनिरहेको छ| गोर्खा जनमुक्ति मोर्चाले जीटीए नै गठन गर्ने हो कि जीएटीए त्यो नै स्पष्ट छैन अहिले अनेकौं राजनैतिक विचलन देखाइसकेपछि फेरि युवा मोर्चालाई अघि लगाएर गर्ने भनिएको आन्दोलन अहिले फेरि अर्को विवाद लिएर खडा भएको छ| युवा मोर्चाले दुइथरी आलोचनाको शिकार हुनुपरेको छ| एउटा थरीले युवा मोर्चाको आन्दोलन सही भनिरहेको छ भने अर्तो थरीले यसमा पनि षडयन्त्र नै देखि रहेको छ| केन्द्रिय समितिले जीटीएमा हस्ताक्षर गरेको कारण छुट्टैराज्य भन्न नसक्ने वाध्यता छ तर युवा मोर्चालाई त्यो वाध्यता छैन| तर युवा मोर्चाले विमल गुरूङकै र्दिेशनमा आन्दोलन गर्ने भनेकोले विमल गुरूङ केन्द्रिय समितिमा पर्दैन कि भन्ने देखिन्छ| कालेबुङमा विमल गुरूङले भनेका थिए, हस्ताक्षर मैले गरेको होइन, रोशन गिरीले गरेका हुन्| अप्ठ्यारो परे तिनी नै पर्छन्| एउटा दलको अध्यक्षको यो गैरजिम्मेवारी मन्तव्यले के स्पष्ट पार्छ भने मोर्चाभित्र नै जीटीएलाई लिएर स्पष्ट अडान छैन| घरिघरि विमल गुरूङले 'व्यर्थैमा' जीटीए थापेछु भन्छन्| तिनले भनेको जस्तो कुरा नदिए आन्दोलन गर्ने पनि बताउँछन् तर सँगसँगै जीटीएबाट नै गोर्खाल्याण्ड पुगने पनि बताउँछन्| मोर्चाका स्टडी फोरमका प्रतिनिधिहरूमा मुख्य एलबी परियार र डा.हर्कबहादुर छेत्रीले राज्य सरकार छुट्टैराज्यको निम्ति तयार नभएकोले नै जीटीएलाई उत्तम व्यवस्था मानिएको बताइसकेका छन्| पहाडमा घरिघरि देखापर्ने यो राजनैतिक अस्थिरता अनि मुद्दालाई अघि लगाएर खेलिने दलीय फाइदाका खेलले जुन परिणति ल्याउँदै छ, त्यसको शिकार भने जनता नै भइरहेका छन्|
छुट्टैराज्यको आन्दोलन गर्नेहरूले कुनै 'होमवर्क' नगरि आन्दोलनको घोषणा गर्नुको अर्थ फेरि पहाडमा जुलूसबाजी, धर्ना, अनशन, जीएल नम्बर, तोडफोड, हत्या अनि असहयोग आन्दोलनलाई नै संकेत गरेको हो कि? वास्तवमा छुट्टैराज्यको आन्दोलन पहाडका सबै दल, सङ्घ संस्थाहरूले सामुहिकरुपले गर्नु पर्ने हो तर एउटा दलले पनि नभएर त्यो दलको एउटा सानो अङ्गले छुट्टैराज्यको आन्दोलन गर्छु भन्नुले छुट्टैराज्यलाई मोर्चाले साह्रै हलुको पाराले लिएको देखिन्छ| आलोचकहरूले युवा मोर्चाले आन्दोलनको निम्ति मात्र आन्दोलन गरिरहेको हो ? भन्ने प्रश्नहरू उटाइरहेका छन्| जीटीएको सम्झौता खारेज गरेर मोर्चा फेरि छुट्टैराज्यको निम्ति अघि आए फेरि पनि सबैले मोर्चालाई सहयोग गर्ने नै भइरहेकको छ तर मोर्चाले जीटीएको सम्झौता खोरेज गरेर के आन्दोलनमा अघि आउँछ त? अहिलेसम्म मोर्चाले कसैलाई यसबारे विश्वस्त गराउन सकेको छैन| आलोचकहरूले मोर्चाको युवा मोर्चाको आन्दोलनको परिँति पनि शीघ्र नै जनताले देख्न पाउने अनि मोर्चाले जनताबाट छुट्टैराज्यको सवालमा व्विास ुमाउने हो कि भन्ने शंका पनि गर्न थालेको छ|

0 comments: on "आन्दोलनको निम्ति आन्दोलन?"
Post a Comment