पिटर जे. कार्थक
अनुहार फुस्रो कालो भएको थियो। माथि लेकतिर जाँदा घामको रापले डढेजस्तो। जिन्दगीभरि संगीत-अनुरागी भएर पहरा, छहरा, पखेरू, टाकुरा घन्काउँदै हिँड्ने गोपाललाई आखिर जिन्दगीप्रतिकै वैराग्यले खायो।मेरा आँखा टिल्पिलाए। उनको फुस्रो कालो अनुहार बिस्तारै धमिलो हुँदै गयो। म अतीतको धमिलो स्मृतिमा हराउँदै गएछु।
...
हाम्रो भेट अम्बर गुरुङको 'आर्ट एकेडेमी अफ म्युजिक'मा भएको थियो।
अम्बर गुरुले लगाउनुभएको त्यही सांगीतिक गुँडका बचेरा थियौं हामी सबै। अग्रजहरूमा रुद्रमणि गुरुङ, गगन गुरुङ, कपिलराज सुब्बा, किशोर सोताङ, मानवीर सिंह, शेखर दीक्षित, कर्म योञ्जन, गोपाल योञ्जन, अरुणा लामा, शरण प्रधान, रञ्जित गजमेर, ललित तामाङ, इन्द्र थपलिया, प्रकाश गहतराज, जितेन्द्र बर्देवा र दोस्रो पुस्ताका म र अरूहरू। शान्ति ठटाल पनि थिइन्, बेलाबेला आउजाउ गर्ने कलाकार।
यो सन् १९६० देखिको कुरा यो।
अम्बर गुरुङको उदय भइसकेको यो समयलाई दार्जिलिङको सांगीतिक क्षेत्रमा 'चौथो युग' मान्नुपर्ला।
कुनै बेला पूर्वी नेपालबाट लखेटिएका नेपालीहरूले दार्जिलिङको बस्ती र चियाबगानमा आश्रय लिए। एकै रात ३० हजारसम्म नेपाली उता छिरे भन्ने भनाइ छ। रहँदाबस्दा उनीहरू उतैका भए। दार्जिलिङ बसाइ सरेका पहिलो पुस्ताका नेपालीलाई रोजीरोटीको ध्याउन्नै यति चर्को थियो, गीत-संगीतमा लाग्ने समय नै जुरेन। वा, यस्तो हुनसक्छ, गीत-संगीतलाई उनीहरूले फुर्माइस ठाने।
तर दोस्रो पुस्ताका केटाकेटी जब स्कुल जान थाले, कलेज जान थाले, नेपाली संगीतको हल्का किरणले दार्जिलिङलाई छोयो। यसको श्रेय जान्छ, मित्रसेन र मेलवा देवीलाई। उनीहरू गीत गाउन दार्जिलिङ आउँदाका स्मरण थुप्रै छन्। दार्जिलिङ सहरमा लोकभाकाका नेपाली गीत गाए उनीहरूले। र, नेपाली मनहरूमा नेपाली सांस्कृतिक चेत छरेर गए।
सन् १९४० तिरको यो समय दार्जिलिङको सांगीतिक क्षेत्रमा 'पहिलो युग' हो।
'दोस्रो युग' आयो १९५० तिर, जब धर्मराज थापाले नेपालदेखि आएर नेपाली माटोको सुगन्ध मिसिएको संगीतले दार्जिलिङका पाखा-पखेरा थर्काए।
यतिखेरसम्म बम्बई र नेपालका कलाकारबाट आयातीत गीत गुनगुनाउनेबाहेक दार्जिलिङे युवा आफ्नै नेपाली संगीत उत्पादनतिर लागेकै थिएनन्। धर्मराजको आगमनले एक किसिमको लहर ल्यायो। ठिटाहरू हारमोनियम र गितार बोकेर नेपाली धुन सिर्जनातिर एकोहोरिन थाले। नवीन बर्देवा, हिरा सिंह र उर्मिला देवीको नाम यसमा सबभन्दा अगाडि आउँछ।
यो 'तेस्रो युग' हो।
अम्बर गुरुङको उदयपछि भने दार्जिलिङको सांगीतिक आकाशमा पहिलोचोटि घाम लागेजस्तो भयो।
आर्ट एकेडेमी अफ म्युजिकका हामी सबै त्यही घामको तापमुनि तिखारिएका, निखारिएका बुटाहरू हौं।
गोपाल योञ्जन पनि।

दार्जिलिङ र नेपालको संगीत क्षेत्रमा एउटा फरक मैले देखेँ।
उताका हामी सबै 'बजिया' हौं। अर्थात, बाजा बजाउने। चाहे गीतकार हुन्, चाहे संगीतकार या गायक, कुनै न बाजा बजाउनमा पोख्तै हुन्थे। 'अम्बर युग'मा हाम्रो हुर्काइबढाइ नै त्यही किसिमले भयो।
नेपालमा भने तिनताका बाजा बजाउन जान्ने गायक कमै हुन्थे।
अम्बर गुरु भ्वाइलिन र मेन्डोलिन साह्रै्र मिठो बजाउनुहुन्थ्यो। कर्म योञ्जनको दख्खल भ्वाइलिनमै थियो। म गितारतिर सल्किएको थिएँ। रञ्जित गजमेरको खुबी तबला। जितेन्द्र बर्देवा चाहिँ सितारवादक। हारमोनियम त सबैका हातेबाजा भइहाले।
गोपाल योञ्जन एक होइन, जुनसुकै बाजामा पारंगत थिए। मुरली, बाँसुरी, सारंगीदेखि भ्वाइलिनसम्म। कुनै नयाँ बाजा भेट्यो भने एकछिन यताउति हेर्ने, टाङटुङ पार्ने, अनि मज्जाले बजाइदिने।
एकचोटि कलेजमा एकजना 'देशी' एकतारे बाजा लिएर आएको थियो। एकतारे बाजा भनेको गितारको एउटा तार बजाएजस्तो हो। साधुहरूले बजाउने एकतारे। गोपालले बाजा उठाए, अनि एक मिनेट नअल्मलिई टुङटुङ बजाइदिए।
उनको निपुणता कतिसम्म थियो भने, एकदिन अम्बर गुरुले हारमोनियममा एउटा शास्त्रीय राग झिक्नुभयो। गोपालले त्यही राग बाँसुरीले पछ्याए। गुरु बिस्तारै अर्को लयतिर मोडिनुभयो। गोपाल त्यहीँ पुगे। गुरु फर्किनुभयो। गोपाल पनि फर्के। गुरु दौडिनुभयो। गोपाल पनि दौडे।
तीव्र। तीव्र। झन् तीव्र।
आधा घन्टाभन्दा लामो चल्यो यो सांगीतिक जुगलबन्दी।
त्यस्तो जुगलबन्दी मैले जिन्दगीमा कहिल्यै देखेकै छैन।
यस्तो 'मेहफिल' दिनहुँ जम्थ्यो एकेडेमीमा।
एकेडेमीका सारा काम अम्बर गुरुकै खटनमा हुन्थ्यो। उहाँ आफैं गीत लेख्नुहुन्थ्यो, संगीत भर्नुहुन्थ्यो, आफैं गाउनुहुन्थ्यो। हामीलाई पनि संगीतका नोटेसन ज्ञान नभएको होइन। बेलाबेला गीत पनि गाउँथ्यौं, तर एकेडेमीमा रहँदासम्म गुरु नै सर्वेसर्वा हुनुहुन्थ्यो। हामी चेलाहरू खालि उहाँले बुनेको तालमा मच्चिन्थ्यौं।
यो क्रम झन्डै पाँच वर्ष चल्यो।
१९६२ तिर अम्बर गुरुले पश्चिम बंगाल सरकारअन्तर्गत लोक-मनोरञ्जन शाखामा जागिर खानुभयो। गोपाल पनि त्यहीँ जागिरे भए। त्यो शाखा नेपाली लोकसंगीत प्रवर्द्धनको नाममा गरिएको सरकारी प्रचारप्रसार विधा थियो। झन्डै तीन वर्ष काम गरेपछि अम्बर गुरु र गोपाल दुवै त्यहाँबाट अलग्गिए।
जागिरे जीवन सुरु भएदेखि नै अम्बर गुरुले एकेडेमीमा समय दिन भ्याउनुभएन। उहाँ आफ्नै सरकारी सांगीतिक टोली लिएर कार्यक्रम गर्न विभिन्न ठाउँ चाहार्नुहुन्थ्यो। गोपाल त सँगै हुने भइहाले, हामी पनि बेलाबेला मौका मिलाएर झिटीगुन्टा कसेर जमघटमा मिसिन पुग्थ्यौं। त्यसपछि यो सरकारी कार्यक्रम पनि एक किसिमले एकेडेमीकै कार्यक्रम हुन जान्थ्यो।
तैपनि एक किसिमले भन्दा, अम्बर गुरु लोक-मनोरञ्जन शाखामा अल्भि्कएपछि हामी सबै चेला छिनभिन्न भयौं। कर्म र गोपाल 'हिमालय कला मन्दिर'तिर लागे। शरण, रञ्जित, अरुणा, जितेन्द्र र म लगायत मिलेर 'संगम समूह' खोल्यौं।
हामी एउटा न एउटा बाजा बजाउन पोख्त थियौं, त्यसैले आफैं गीत रचना गर्थ्यौं, संगीत भर्थ्यौं र गाउँथ्यौं। कर्म र गोपाल पनि त्यस्तै गर्थे। फरक यत्ति थियो, उनीहरूको जोड सुगम र आधुनिक संगीततिर थियो भने हामी आधुनिक र रक-पपतिर बढी ढल्किएका थियौं।
गोपालले आफ्ना धेरै सिर्जना हिमालय कला मन्दिरको सुकिलो वातावरणमा बसेर गरेका हुन्। उनीहरू हिउँदको चकमन्न रातमा अंगेठी बाल्थे। अनि रातरातभर गीत रचना गर्थे। गोपाल गीत लेख्थे, गुनगुनाउँथे। संगीत भर्ने जिम्मा कर्मको हुन्थ्यो। दार्जिलिङमा लोकप्रिय गोपालका धेरै गीतमा संगीतकार 'कर्म-गोपाल योञ्जन' भन्ने गरिन्थ्यो। अर्कै समूहको भए पनि पुराना सहकर्मी र मिल्ने साथीको नाताले म उनीहरूको जमघटमा अक्सर सरिक हुन्थेँ।
तिनताक 'अखिल दार्जिलिङ संगीत प्रतियोगिता' आयोजना हुन्थ्यो।
कर्म-गोपाल र हाम्रो समूहले छुट्टाछुट्टै त्यसमा भाग लियो।
अरुणा लामा हाम्रो समूहका तर्फबाट गाउँदै थिइन्। उनको साथ पाएपछि हाम्रो भुइँमा खुट्टा थिएन। तर, एकाएक हल्लीखल्ली भयो। गोपाल र कर्मले नेपालबाट दिलमाया खातीलाई झिकाएछन्, आफ्नो समूहमा गाउन। त्यतिबेला दिलमाया निकै चल्तीकी गायिका थिइन्। हामी रेडियोमा उनका गीत खुबै सुन्थ्यौं। त्यस्ती गायिकाले उनीहरूको समूहबाट गाउने भएपछि के होला भनेर हामी अलिकति हतोत्साही पनि भयौं।
सम्मेलनमा टकरावको स्थिति भयो।
जितेन्द्र बर्देवाले 'यहाँ फूल नखिलिछ' गीत लेखे, अरुणाको निम्ति। खुबै रुचाइयो।
तर, जब दिलमाया मञ्चमा ओर्लिन् र 'पर्वतकी छोरी हुँ म, पार्वती हो नाउँ' गाउन थालिन्, हामी चित खायौं। पछि यो गीत तारादेवीले रेकर्ड गराइन्।
त्यो गीतले अरुणालाई झन्डै ओझलै पार्यो।
धन्न निर्णायकहरूले आफ्नो कालका दुई चर्चित सांगीतिक समूह 'हिमालय कला मन्दिर' र 'संगम'को लाज राखिदिए। अरुणालाई 'आधुनिक महिला' वर्गमा प्रथम घोषित गरियो। दिलमायाले पनि अर्को त्यस्तै वर्गमा पहिलो पुरस्कार पाइन्।
युगल गीतर्फ भने जितेन्द्र र अरुणा नै प्रथम भए। हाम्रो शिर जोगियो।
अम्बर गुरुङ तथा अन्य निर्णायकको लेखाजोखामा सबैले चित्त बुझाए। कसैले नाइँनास्ती गरेनन्। नत्र त प्रतियोगिताको टकराव हेर्दा विरोध जुलुसै निस्कने पो हो कि भन्ने डर थियो। त्यस्तो 'क्रेज' थियो दार्जिलिङमा, यी दुवै समूहको।
खासमा अम्बर गुरुको छत्रछायामा हामी सबै उहाँका चेलाहरूमा संगीत संयोजन गर्ने खुबी विकास भइसकेको रहेछ। उहाँसँग छुट्टिएपछि त्यो प्रतिभा निखारिने मौका पायो। घामको प्रकाशले ओझल परेका ताराहरू घाम अस्ताएपछि चमचम चम्केजस्तै।
अम्बर गुरुको त्यो गुँड नटुक्रिएको भए नेपाली सांगीतिक फाँटमा यति धेरै प्रतिभा चम्कने थिएनन्।
सबभन्दा बढी चम्के उही गोपाल।
...
हामी गोपाललाई मायाले 'गोफ्ले' भन्थ्यौं।
उनी बुद्धिस्ट परिवारका हुन्। उनकी आमा गोपाललाई 'प्रणामी साधु' बनाउँछु भन्नुहुन्थ्यो अरे। त्यही भएर घरमा माछामासु प्रतिबन्धित थियो। जाँडरक्सी त कुरै भएन।
दसैैंको बेला थियो। गोपाल हामीसँग रक्सी खाएर मात्तिँदै घर पुगेछन्। आमा खुब रुनुभयो रे त्यस दिन। छोरालाई साधु बनाउने इच्छा त्यही दसैंमा गयो।
उनी आमाले सोचेजस्तो प्रणामी साधु त बन्न सकेनन्। तर, माछामासु पनि खाएनन्। हामीचाहिँ कस्तो उपद्रो भने, कहिल्यै मासु नखाएका उनलाई एकचोटि झुक्याएर खुवाउन खोजेका थियौं।
उनी टिल परेर एकजना मारवाडी साथीसँग रेस्टुरेन्ट आएका थिए। दुवै शुद्ध शाकाहारी। मैले मासु मिसिएको खानेकुरा दुवैका अगाडि तेर्स्याइदिएँ। दुवैले चम्चाले टिपेर क्वाप्प मुखमा हाले। ठ्याक्कै मासुकै चौटा परेछ। मारवाडी साथीले त त्यहीँ बान्ता गर्यो। गोपालले भने घाँटीसम्म पुगिसकेको मासु हुलुक्क मुखमा निकाल्यो र न्याप्किनमा बेरेर बाहिर मिल्कायो।
'धत् पिटर, तिमीहरू यस्तो पनि गर्छस्।'
उनी खुबै रिसाएका थिए त्यतिखेर।
नभए हम्मेसि गोपाल रिसाएको मैले देखेको छैन।

गोपालको जिन्दगीमा मुख्य दुइटा अध्याय छन्।
पहिलो, यही दार्जिलिङको अध्याय, जुन अम्बर गुरुको एकेडेमीबाट सुरु भई हिमालय कला मन्दिरमा आएर टुंगिन्छ। एउटा शुद्ध चेलोको चोलाबाट स्वतन्त्र गीतकार, संगीतकार र गायकको हैसियतमा पुग्नेसम्मको कथा।
दोस्रो अध्याय सुरु हुन्छ, उनको नेपाल आगमनपछि। यो अध्यायको सुरुविन्दु नेपालबाट दार्जिलिङ पढ्न आएका नगेन्द्र थापासँगको भेट हो।
कलेजकै क्रममा नगेन्द्र र गोपालको दोस्ती खुबै जमेको थियो। काव्यात्मक चेतको चुम्बकीय आकर्षणले दुवैलाई एकअर्कातिर तान्यो भन्ने मलाई लाग्छ। नगेन्द्र राम्रो गीत लेख्ने। गोपाल त्यसमा संगीत भर्ने, गाउने। नारायणसँग मितसाइनो गाँसोपछि त सांगीतिक त्रिवेणीमै दरिए यी तीनजना। ईश्वर वल्लभले दार्जिलिङमा अंगेठीको आगो साक्षी राखेर नारायणसँग मीत लाइदिएपछि गोपालले आफ्ना आठ उत्कृष्ट रचना उनलाई मीतदक्षिणा वा भेट दिएका थिए अरे। तिनै रचना गोपाल र नारायणका कालजयी गीत बने।
...
जीवनको यो अर्को अध्यायमा केही नयाँ सम्बन्ध गाँसियो, केही पुरानो सम्बन्ध मासियो।
गोपाल र कर्मको सांगीतिक सहकार्य टुट्यो। हाम्रो संगम समूह पनि छिन्नभिन्न भयो। कोही कता लागे, कोही कता। आखिरमा म र रञ्जित गजमेरमात्र बाँकी रह्यौं।
अनि म पनि नेपाल आएँ। रञ्जितसँगै।
अम्बर गुरु त त्यसअघि नै नेपाल छिरिसक्नुभएको थियो।
यता हामी सबै आआफ्नै ढंगले काम गर्न थालेका थियौं। अम्बर गुरु प्रज्ञा प्रतिष्ठानमा जागिरे हुनुभयो। गोपालले त्रिभुवन विश्वविद्यालयमा मास्टर्स पढ्दै सेन्ट मेरिजमा जागिर खाए र संगीत सिर्जनामा आफूलाई एकोहोर्याए। म भने 'मस्त मौलाना' झैं घरि क्यासिनोमा घुसेँ, घरि आफ्नै ट्राभल एजेन्सीमा अल्भि्कएँ।
जिन्दगीका सुकार्नेहरूले पाइला-पाइलामा अँठ्याउन खोजे पनि गीतसंगीतलाई मैले चटक्कै छोड्न सकिनँ।
यहाँनिर गोपालसँगको मेरो सांगीतिक सहकार्य अझ गाढा भयो भन्दा फरक पर्दैन। उनलाई आफ्नो गीत रेकर्ड गराउन म र रञ्जित गजमेर नभई हुन्थेन। उनका धेरै कालजयी गीतमा बजिया भएर काम गरेको छु मैले।
त्यतिखेर रेडियो नेपालमा एउटा गीतमा बाजा बजाएको पाँच रुपैयाँ पाइन्थ्यो। त्यो पनि ओके भएपछि मात्र हात पर्ने, तीन महिनापछि। अहिलेजस्तो टुक्राटुक्रा गीत रेकर्ड गराउने चलन थिएन। पूरा अर्केस्ट्राका साथ सुरुदेखि अन्त्यसम्म एकैचोटि गाउनुपर्थ्यो। अर्केस्ट्राको कुनै एकजनाले बीचमा गल्ती गर्यो भने फेरि अगाडिदेखि सुरु गर्नुपर्थ्यो। गल्ती भएको बेला पैसा पाइन्थेन।
मलाई पैसाभन्दा धित मर्नेगरी बाजा बजाउने मौका पाउनु नै लाख हुन्थ्यो।
२०२५ देखि २०३५ सम्म अनवरत काम गरेँ मैले यसैगरी, गोपालसँग।
हाम्रो सांगीतिक मेहफिल खुबै जम्थ्यो। कहिले उनी मकहाँ आउँथे, कहिले म उनीकहाँ। एकचोटि उनी क्षेत्रपाटीको मेरो डेरामा टिल परेर आए। रातको १२ बजिसकेको थियो। गोपाल आउनेबित्तिकै हामी जमिहाल्यौं। मैले गितार बजाएँ, रञ्जितले तबला ठोके। गोपालले हारमोनियममा सुर झिक्दै तुरुन्तै नयाँ गीत रचना गरे-
तेरो माया के लाग्छ भन्नु?
मलाई मेरै माया नै लाग्दैन।
गीत सकिनेबित्तिकै उनी मध्यरात फुत्त निस्के, कता हराए कता।
यो गीत कहिल्यै रेकर्ड भएन। निमेषभरमै गीत रचना गर्ने खुबी भएका गोपालले जीवनकालमा हजारौं गीत गाए। रेकर्ड हुन नसकेका वा हराएका गीत पनि असंख्य छन्।
भजन रेकर्ड गर्दाको पनि रमाइलो अनुभव छ।
गोपालले सिर्जना गरेको भजन रेकर्ड गर्दा एउटा अद्भुत किसिमको अध्यात्मिक भावना जागेर आउँथ्यो। गीत रेकर्ड भएर ओके भइसक्दा पनि हामी बजियाहरू त्यही अध्यात्ममा डुबिरहेका हुन्थ्यौं। कोही कसैसँग नबोल्ने। माहोल नै एकदम चकमन्न। मौन। एकाग्र।
मैले एकचोटि भजन रेकर्ड गराएपछि अम्बर गुरुलाई गएर सुनाएँ, 'सर, आज गोपालले भजन रेकर्ड गर्यो। एकदमै राम्रो भयो।'
उहाँले पत्याउनुभएन। भन्नुभयो, 'धत्, यो उमेरमा नि कोही भजन गाउँछ?'
'हैन उनले गाए,' मैले भनेँ।
उहाँले मेरो कुरा मान्दै मान्नुभएन।
पछि गोपाल र मैले महेन्द्र पुलिस क्लबको जागिर पनि सँगसँगै खायौं।
काम संगीत सिर्जना गर्ने भए पनि हामीले पुलिसको जस्तै पद्वि पाएका थियौं- गोपाल डिएसपी, म इन्सपेक्टर। मानखातिर खुबै पाइन्थ्यो त्यहाँ। जे चाहियो भने पनि तुरुन्तै पेस गरिने। गितार चाहियो, गितार। सिन्थेसाइजर चाहियो, सिन्थेसाइजर। लन्च चाहियो, लन्च। रक्सी चाहियो, रक्सी।
अरू हामीलाई के चाहियो!
एकचोटि सोरठी गीतमा बीचको चार लाइन महिला गायिकालाई गवाउनुपर्ने भयो। पुलिस क्लबको निम्ति गोपालले तयार पारेको गीति-नाटक कार्यक्रम थियो त्यो।
उनले 'निरमाया' हो कि 'कल्कीदेवी' हो भन्ने गायिका नै चाहिन्छ भनेर अड्डी कसे। उनी कहाँ छिन्, कसैलाई थाहा थिएन। गोपाललाई पनि।
कहाँ खोज्ने?
पुलिसको जासुसी संयन्त्र सक्रिय भयो।
करिब डेढ घन्टामा खबर आयो, 'उनको त नेपालगन्ज बिहे भइसकेछ।'
गोपालले भने, 'उसो भए नेपालगन्ज लिन पठाउँ।'
जवाफ आयो, 'पर्दैन, उनी माइती आएकी छन् अरे चाबहिल मित्रपार्कमा।'
यस्तो थियो, हाम्रो ठाँट!
यो गोपालको निकै सिर्जनशील समय रह्यो।

नेपालमा व्यक्तिगत स्टुडियो खोल्ने पहिलो उनै हुन्।
बसुन्धराको घरमा माथिल्लो तल्लालाई 'साउन्ड पु्रफ' बनाएर उनले स्टुडियोको रूप दिएका थिए। त्यसका निम्ति आधुनिक सांगीतिक उपकरण जुटाइरहेका थिए।
एकचोटि म ट्राभल एजेन्सीको काममा हङकङ गएर फर्कंदै थिएँ। एयरपोर्टमा गोपालसँग भेट भयो। उनी पाकिस्तानबाट आउँदै रहेछन्। साथमा सिन्थेसाइजर ल्याएका थिए। भन्दै थिए, 'स्टुडियोका लागि सामान जुटाउँदैछु।'
त्यसताक जुन देश जहाँ गए पनि एउटा न एउटा उपकरण ल्याएकै हुन्थे। कति सामान हङकङबाट ल्याए, कति मलेसियाबाट। बेलायती गोर्खा सैनिकका आफन्तबाट 'ह्यान्ड क्यारी' पनि गराए थुप्रैचोटि। महेन्द्र पुलिस क्लबमा आबद्ध भएकाले भन्सार छुटाउन कुनै समस्या हुन्थेन।
सिन्थेसाइजरको भन्सार छुटाएपछि उनले भने, '१५ दिन भो ठन्डाराम छ। पूरै ड्राई भएर आको छु।'
'पाकिस्तानमा पाइएन?' मैले सोधेँ।
'पाउन त पाउँदो रैछ, आफूलाई थाहै भएन। इस्लामी राज। फर्कने बेला पो एकजनाले भन्यो- हमको बोल्ता तो हम ला देते ना।'
यो सन् १९८० तिरको कुरा हो। आज पनि व्यक्तिगत रेकर्डिङ स्टुडियो गन्ने हो भने एउटा हातका औंला भाँच्न पुग्दैन।
त्यही समय उनी सारंगीलाई परिस्कृत गराउने अभियानमा पनि थिए। यसको निम्ति घाँटी दुईतीन इन्च बढाउने, फलामको तारको सट्टा बाख्राको नसा नै राख्ने र रेट्नमा घोडाको पुच्छर नै प्रयोग गर्ने चाँजो मिलाउँदै थिए। कुन-कुन किसिमका काठ राख्नेबारे पनि छलफल भएको थियो।
उनी भन्थे, 'यसो गरेर आवाज राम्रो आउँछ।'
आफ्नो समयभन्दा निकै अगाडि थिए गोपाल।
...
गोपाल योञ्जन र नारायण गोपालको युग नेपाली संगीतको 'स्वर्ण युग' हो। र, उनीहरूको सांगीतिक मितेरीको उत्कर्ष हो, 'मितज्यू नाइट'।
यो कार्यक्रम सन् १९६९ तिर भएको थियो।
महेन्द्र पुलिस क्लबको हलमा भएको कार्यक्रममा मैले पनि गितार बजाएको थिएँ। गोपालले नै रञ्जित र मलाई डाकेका थिए।
हामी खुरुखुरु मञ्चमा उक्लिँदै थियौं, गोपालले हप्काउँदै भने, 'ए तिमीहरूले बुढोलाई सम्झेर ढोग गरिस्?'
हामी अम्बर गुरुलाई पछाडि-पछाडि 'बुढो' भन्थ्यौं।
'बुढो नै हो सबथोक हाम्रो,' गोपालले भने, 'उनलाई नसम्झी कार्यक्रम सुरु गर्नुहुन्न।'
यतिसम्म आदर थियो उनको गुरुप्रति।
पछि उनै गोपालले अम्बर गुरुलाई उतिसाह्रो आदर गर्न छाडे। मेरो अगाडि मुखले केही भनेनन्, तर उनको भावभंगिमाबाट म त्यस्तो आभास पाउँथेँ।
यसको कारण के हुनसक्छ भने, प्रज्ञा प्रतिष्ठानमा रहँदा अम्बर गुरुको संगीत सिर्जना कम भयो। यसबीच गोपाल र नारायण गोपाल भने खुबै चर्चामा आए। उनीहरूका सबै गीत हिट भए। यी दुवैले रेडियो नेपालधरी बहिस्कार गरे, त्यहाँभित्र हुने राजनीतिको विरोध गर्दै। हामीलाई आफ्नो गीत सुनाउन रेडियो नेपालको खाँचो छैन भन्ने उनीहरू दुवैको दाबी थियो, जुन धेरै हदसम्म पूरा पनि भयो। संगीत पारखी उनीहरूका गीत सुन्न घरै पुग्थे। यसले केही हदसम्म दुवै मीतमा घमन्ड बढाएको हुनसक्छ। उनीहरूले जहाँ कार्यक्रम गरे पनि दर्शकको खचाखच भीड हुन्थ्यो।
मितज्यू नाइट त्यसैको उदाहरण हो।
करिब डेढ घन्टा चलेको यो कार्यक्रममा महेन्द्र पुलिस क्लबको हल टनाटन थियो। १० रुपैयाँ टिकट राख्दा पनि दर्शकको कुनै कमी भएन। त्यतिखेर १० रुपैयाँ! ३ रुपैयाँमा त 'पाँच सय पचपन्न' चुरोट एक बट्टा आउँथ्यो।
बच्चु कैलाश, प्रेमध्वज लगायत गायकले पनि त्यसमा गाएका थिए। उद्घोषक थिए, भूपि शेरचन।
कार्यक्रममा खुबै होहल्ला भयो। भूपीले उद्घोषण गरिरहँदा एउटा समूहले सोध्यो, 'ए भूपी, तेरो सायरी ख्वै?'
भूपी पनि के कम! भने, 'ए सायरीको डायरी त घरमै भुलेछु।'
दर्शकको यही होहल्लाका कारण शान्त स्वभावका बच्चुले भनेका थिए, 'म नेपाली दर्शकको अगाडि कहिल्यै गाउँदिनँ।'
उनले गाएनन् पनि।
त्यो कार्यक्रमपछि 'पैसा लिएर गीत गायो' भनी दुवै मीतको खुबै आलोचना पनि भएको थियो। पारिजातले पनि गोरखापत्रमा त्यही लेख्नुभयो।
भेटिनु छुटिनु यो त के हो र, संसारको रित हो
त्यस्ता मीतहरू पनि सधैंको निम्ति एक रहेनन्। एउटा यस्तो समय आयो, जब दुवैले एकअर्कासँग काम गर्न छाडे। यसमा पनि दुवैको अहमले काम गर्यो भन्ठान्छु म। नारायणलाई लाग्यो, म आफैं पनि गोपालजत्तिकै संगीत दिन सक्छु। गोपाललाई पनि नारायणजत्तिकै क्षमतावान गायक जन्माएर देखाइदिन्छु भन्ने लागेको हुनसक्छ।
दुवै मीत फाटिए।
...
गोपाल र नारायणको युग 'स्वर्ण युग' हो भने उनीहरूको फाटो नेपाली संगीतिक क्षेत्रको अर्को फड्को।
यो घडीलाई म ठ्याक्कै अम्बर गुरुको एकेडेमी विघटन हुँदाको समयसँग जोड्न चाहन्छु। त्यतिखेर अम्बरको छेल परेका गोपाल जसरी एकाएक उदाएका थिए, गोपाल र नारायणको छेल परेका नयाँ गायक र संगीतकार पनि त्यसरी नै उदाए। एकसेएक नयाँ गायक जन्मे, नयाँ संगीतकारको आगमन भयो।
गोपाल र नारायणको गुँड नटुक्रिएको भए पनि नेपाली सांगीतिक फाँटमा यति धेरै प्रतिभा चम्कने थिएनन्।
छोटो जीवनमै संगीत पूरै बाँचेर गएका स्रष्टा हुन् यी दुवै।
...
स्मृतिका बादल छाँटिदै गए।
अगाडि उनको शव थियो। अनुहार फुस्रो कालो भएको।
अब यही स्मृतिको पुल मात्र छ, गोपाल र मबीच। उनको शवयात्रा चलाउँदा म विदेशतिर उडिरहेको थिएँ। दी काठमान्डु पोस्टमा मेरो बिदाइ लेख त्यही दिन छापियो।
बस्, त्यत्ति नै।
(कार्थकसँग सुदीप श्रेष्ठले गरेको कुराकानीमा आधारित)

0 comments: on "अम्बरबाट उदाएका तारा"
Post a Comment