मुख्य समाचार :


नोटिशको मियाद सकियो भत्किएन बिल्डिङ

कालेबुङ, 12 अक्टोबर।
कालेबुङ नगरमा भुइँचालोले धेरैवटा बिल्डिङहरूलाई जोखिममा पारेको छ। धेरैवटा बिल्डिङहरू चर्किएकोले धेर अग्ला बिल्डिङहरूमा बसोबासो बन्द गरिएको छ भने धेरैवटा अग्ला बिल्डिङहरूलाई भत्काउने निर्देश पनि प्रशासनले दिइसकेको छ। तर प्रशासनको निर्देशलाई अहिलेसम्म कसैले पनि पालन भने गरेको छैन। दुइदुइपल्ट निर्देश जारी गर्दा पनि बिल्डिङ नभत्काएपछि आज गाउँलेहरूले प्रशासनलाई शीघ्र नै बिल्डिङ भत्काउन जोर दिँदै ज्ञापन चढाएका छन्‌। सॉंढे दस माइलस्थित शिव नारायण प्रधानको सात तल्ले बिल्डिङ भत्काउनको निम्ति दुइपल्ट सरकारी निर्देश आइसक्यो तर घर भत्किएन।
घर आफै त जोखिममा छँदैछ वरिपरिका अरू घरहरूलाई पनि जोखिममा पारेको छ। गाउँले डीबी प्रधानले जनाए अनुसार बिल्डिङलाई भत्काउने निर्देश आए पनि भत्काएको छैन। विभागले शिवनारायण प्रधानको सात तल्ले घरमा चार तलालाई अवैद्य घोषित गरेको छ। अग्लो अवैद्य तलाहरू भत्काइनुपर्ने निर्देश दुइपल्ट दिइसकेको छ। अहिले फेरि तीन दिनको अल्टिमेटम दिँदै निकायले बिल्डिङका चार अवैद्य तला भत्काउने निर्देश दिएको छ भने नभत्काए आइपीसी धारा सेक्सन 122 सीआरपीसी अनुसार मुद्दा गर्दा गरिने भएको छ। कुनै पनि समय बिल्डिङ ढलेमा निकाय नै जिम्मेवार रहनुपर्ने गाउँलेहरूको पक्षमा डा.सामुएल राई, रबीन्द्र प्रसाद अनि प्रतीमा राईले बताएका छन्‌। यता नगरपालिकाले कालेबुङ नगरका धेरैवटा घरहरूलाई पनि भत्काउने नोटिश दिएको छ भने धेरैवटा बिल्डिङमा बसोबासो पनि बन्द गरिएको छ। जब भुइँचालो आयो तबमात्र नगरपालिका अनि महकुमा प्रशासनको होश खोलिएको देखिएको छ किन भने जुन जुन घरहरू भत्काइनुपर्ने भएको छ त्यसको निर्माणको स्वीकृति पनि दुवै निकायले नै दिएको हो। उप्रान्त यस्ता अवैद्य घर निर्माणमा रोक लगाउने हो कि काम टार्ने मेलो मात्र गर्ने हो  आगामी दिनहरूमा नै थाहा लाग्ने देखिएको छ।

0 comments: on "नोटिशको मियाद सकियो भत्किएन बिल्डिङ"