मुख्य समाचार :


विमल नाथुलाको भ्रमणमा

मनोज वोगटी
कालेबुङ,12 जुलाई।
गोर्खाल्याण्ड छोड़ेर पहाड़मा नयॉं व्यवस्था आउने कुरामा आन्दोलनकारी दलसित सरकारी सहमति भएपछि पहाड़मा राज्यका मन्त्रीहरूले रेकर्ड भ्रमण गरिसकेका छन्‌। भ्रमण मात्र होइन पहाड़लाई स्वीट्‌जरल्याण्ड बनाउने मुख्यमन्त्रीको सपनालाई साकार पार्न आश्वासन र घोषणाहरू पनि रेकर्डतोड़ नै रहेको छ। मन्त्रीहरूपछि अहिले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले पनि जीटीए क्षेत्रको परिभ्रमण शुरू गरिसकेका छन्‌। तिनी घरि अस्पताल पसेर रोगीहरूको निरीक्षण गरिरहेका छन्‌ भने रोगीहरूलाई केही रकम पनि हातमा थमाइरहेका छन्‌। प्राथमिक पाठशालादेखि संघसंस्थाहरूसम्ममा नै तीनको भ्रमण र निरीक्षणपछि अहिले गुरूङ नाथुलाको भ्रमणमा छन्‌।

तिनको नाथुला परिभ्रमणलाई लिएर विभिन्न अड्‌कलबाजी गरिएको सुनिए पनि गुरूङले भने यसभ्रमणलाई केवल ‘घुम्न’मात्र रहेको जनाएका छन्‌। तिनले आफ्नो भ्रमणसम्बन्धमा बताए, कहॉं कुन कुराको खॉंचो छ, के के आवश्यकता छ, त्यो हेर्न मात्र भ्रमण गरेको। नाथुला त्यसै गुम्न निस्केको। हाम्रो सीमाना, सिक्किमको सिमाना कहॉं कति छ हेर्न आएको। राजनीतिकरण गर्न होइन। तिनले नाथुलालाई व्यवसायको ठूलो फाटक रहेको जनाउँदै भने,यो मार्गबाट हाम्रा व्यवसायीहरूले पनि व्यवसाय गर्न सक्छन्‌ कि, हेर्दैछु। सिक्किम सरकारसित पनि कुरा गरौला।

0 comments: on "विमल नाथुलाको भ्रमणमा"