प्रज्ज्वल वोगटी
कालेबुङ, 5 जुलाई।
तेलङ्गनाको परिस्थितिलाई हामीले राम्ररी नजिकबाट हेरिरहेका छौं। जब मोर्चा अनि सरकारवीच अन्तरिम व्यवस्थामाथि चर्चा भइरहेको थियो त्यससमय चिदम्वरमले गरेको तेलेङ्गनाको निम्ति आयोग गठन गरिने घोषणाको लगत्तैपछि हामीले यदि कुनै राज्य गठन हुन्छ भने गोर्खाल्याण्डलाई पनि प्रमुकतासाथ प्राथमिकता दिनुपर्छ भनेर अघिबाटै स्पष्टरूपमा भनिदिएका छौं।
उक्त कुरा आज मोर्चा केन्द्रिय समितिका महासचिव रोशन गिरीले भनेका हुन्। साङ्गठिन कार्यक्रम लिएर कालेबुङ आइपुगेका मोर्चा महासचिव रोशन गिरीसँगको एक भेटघाटमा तेलेङ्गनामा छुट्टै राज्यको निम्ति विधायकहरूले दिइरहेको राजिनामाले यदि केन्द्र सरकार छुट्टै राज्य दिने पक्षमा भए मोर्चाको रणनीति कस्तो हुनेछ भनी सोधीएको प्रश्नमा तिनले यसो भनेका हुन्।
यद्यपी तिनले गोर्खाल्याण्ड अनि तेलेङ्गनाको परिस्थिति अलग्गैै रहेको बताए। तिनले भने, गोर्खाल्याण्ड अनि तेलेङ्गनाको परिस्थिति बेग्लै रहेको छ। तेलेङ्गनाको परिस्थिबारे भनिरहन पर्दैन। तर यदि तेलेङ्गना राज्य गठन भए गोर्खाल्याण्ड पनि गठन भएकै हुनपर्छ।
तिनले, भोलिको दिनमा तेलेङ्गनामाथि सरकारले लिने पदक्षेपलाई मोर्चाले नजिबाट हेरिरहेको बताए। तिनले मोर्चाले गोर्खाल्याण्डको मुद्दालाई नत्यागेको बताउँदै भने, मोर्चा गोर्खाल्याण्डको मागमा अडिक छ। यदि हामीले गोर्खाल्यण्डको मुद्दा त्यागेको भए तीन वर्षसम्म वार्ता गरिरहन आवश्यकता थिएन। हाल मोर्चाको मूल लक्ष्य प्रस्वावित व्यवस्थाभित्र तराइ-डुवर्सको अन्तरभूक्तिकरण रहेको तिनले जनाए।
तराई र डुवर्सको भूभाग गाभिएको वयवस्था मात्र मोर्चाले स्वीकार्ने तर यसको निम्ति केही समय लाग्नसक्ने बताए। वर्तमान तृणमूल सरकारले मोर्चाको मागलाई गम्भिरतापूर्वक हेरेको बताउँदै विगत वामप्रण्ट सरकारले तराइ-डुवर्सलाई लिएर अनदेखा गर्ने गरेको पनि तिनले आरोप लगाए।
अहिले नयॉं व्यवस्थालाई लिएर विपक्षकाहरूले लगाइरहेका आरोपबरे तिनले टिप्पणी गर्नेहरूले केही पनि नजानी,नबुझी केवल मोर्चाले गरेको काममा टिप्पणी मात्र गर्ने गरेको बताए। यद्यपी तिनले उक्त व्यवस्था गोर्खाल्याण्डको घड़ेरीको रूपमा रहेको कुरा पनि पुनःदोहोर्याए।
पग्ला कुकुर
12 years ago
0 comments: on "तेलेङ्गनाको परिस्थितिलाई हामीलेे नजिकबाट हेरिरहेका छौं-रोशन गिरी"
Post a Comment