मुख्य समाचार :


भ्रष्टचारको फाइलकोपछि लाग्यो भने विकास कसले गर्छ?-डा.छेत्री

मनोज वोगटी
कालेबुङ,1 जुलाई।
त्यही देश हो जहॉं भ्रष्टचारको विरोध भइरहेको छ अनि त्यही देश हो जहॉं भ्रष्टचार विरुद्ध उठेको आवाजलाई दबाउन सामरिक शक्ति पनि खर्च गरिरहेको छ। देशभरि भ्रष्टचारको विरोधमा आवाज उठिरहेको बेला दागोपापको भ्रष्टचारको विरोधमा किन आवाज उठ्‌दैन भन्ने प्रश्न जटिल बनिरहेको छ। केही दिन अघि क्रामाकपाले भ्रष्टचारको विरोधमा कालेबुङमा पथसभा गर्दै दागोपापमा भएको भ्रष्टचारको विरूद्धमा आवाज उठाएको थियो। क्रामाकपाले भ्रष्टचारमाथि शीघ्र नै जॉंच हुनुपर्ने माग गरेको थियो।

हिजो पनि भुपूर्व सैनिक मोर्चाका कर्णल रमेश आलेले पनि दागोपाप भ्रष्टचारको विरूद्धमा आवाज उठाइनुपर्ने बताएका थिए। पहाड़बाट गोरामुमोका नेताहरूलाई पहाड़बाट निर्वासित गरेपछि गोजमुमो अनि अन्य दलहरूका प्रतिनिधिहरूले 2008मा दागोपापका सम्पूर्ण कार्यालयका कागजपत्र जफ्त गरेको थियो। कागजपत्र जफ्त गरेपनि अहिलेसम्म भ्र्रष्टचारबारे खुलासा भएन। त्यसबेला सबै दलले गोरामुमोले दागोपापमा व्यापक भ्र्रष्टचार गरेको जनाउँदै कागजपत्र जफ्त गरेको थियो।

अहिलेसम्म भ्र्रष्टचारबारे खुलासा नभएको वा सबै दल मिलेर पनि गर्न नसकेकोले वास्तवमा गोरामुमो नेताहरूले भ्रष्टचार नै गरेको थियो के त भन्ने प्रश्न उठिरहेको छ। आज मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीसित यस सम्बन्धमा कुरा गर्दा तिनले जफ्त गरिएका कागजहरू विभागमा बुझाइएको अनि केवल जॉंच गर भनेर भन्नु मात्र बॉंकी रहेको जनाए। तिनले भने, हामी भ्रष्टचार गर्न दिने छैनौं। दागोपापका कागजहरू विभागलाई बुझाइएको छ। अहिले मोर्चा विकासको निम्ति व्यस्त छ। फाइलको पछि लाग्यो भने विकास कसले गर्छ? विभागले नै त्यसबारे काम गर्नुपर्छ।

0 comments: on "भ्रष्टचारको फाइलकोपछि लाग्यो भने विकास कसले गर्छ?-डा.छेत्री"