मुख्य समाचार :


6 महिना लिएर मोर्चाले पहाड़कोरूप परिवर्तन गर्नेछ-डा. छेत्री

मनोज वोगटी
कालेबुङ,1 जुलाई।
मोर्चाले अब पहाड़कोरूप परिवर्तन गर्ने भएको छ। विकासको माध्यमबाट सम्पूर्ण समस्याहरूको समाधान गर्न मोर्चा लागिसकेको आज कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले जनाएका छन्‌। आन्दोलन गर्दा कसैले बाटो छैन भन्छन्‌, कसैले झोड़ा, कसैले स्कूल, कसैले के के। पहाड़मा राजनैतिक परिवर्तन त भयो यत पहाड़को रुप पनि परिवर्तन हुनुपर्छ। अब 6 महिनाभित्र पहाड़कोरूप परिवर्तन गर्न चहान्छौं-तिनले पत्रकारहरूलाई भने। तिनी दिल्लीका आर्किटेक्टलाई नगरको अवस्था देखाउन र नगरको नयॉं डिजाइन गराउन कालेबुङ लिएर आएका थिए। दिल्लीको कनट प्लेसको डिजाइन गर्ने बताइएका आर्किटेक्ट पीआर मेहताले नगरको बनावट अनि समस्याहरूको निरिक्षण गरे।

डा.छेत्रीले बताए,अब कालेबुङको मेन रोड र कार पार्किङलाई नमुनाकोरूपमा निर्माण गरिनेछ। यो सफल रह्यो भने हाटबजार अनि त्यसपछि अन्य कुराहरूको निर्माण गरिनेछ। कालेबुङको ट्राफिक समस्या समाधानको निम्ति मात्र होइन सम्पूर्ण नगरको सुन्दरीकरणलाई अघि राखेर योजना तयार पार्ने कार्य अहिले भइरहेको छ। तिनले भने, कालेबुङ पस्ने बित्तिकै पहिले मैला देखिन्छ, हामी पस्ने बित्तिकै फूल देख्ने बनाउनेछौं। नगरका अवैद्ध घरहरू हटाएर नगर सुन्दर बनाउको निम्ति गरिनुपर्ने सबै काम गरिनेछ। दार्जीलिङको जस्तो चौरस्ता कालेबुङमा पनि बनाउन सकिन्छ। यसैकारण प्लानिङ गर्नमा पोख्त आर्किटेक्टलाई ल्याएका हौं। कालेबुङलाई असुन्दर बनाउने सबै कुराहरू हटाएर सुन्दर बनाउनमा के के व्यवस्थित गर्न सकिन्छ, यसै कुराको निम्ति निरिक्षण गरिएको हो। अहिले त नगर विकासको आवधारणा मात्र छ। सम्पूर्ण डिजाइन बनाएपछि डेभलोपमेन्ट प्लानिङ मिनिष्टरसित बस्नेछौं। हामी 6 महिनामा नै पहाड़मा परिवर्तन देखाउन चहान्छौं। तिनले ममता व्यानर्जीले पहाड़लाई यसै पनि स्वीट्‌जरल्याण्ड बनाउने घोषणा गरिसकेकीले पनि मोर्चाले विकासको कार्यलाई द्रुत राख्ने तिनले जनाए। तिनले भने, माकपा सरकारको बेला 34 वर्षमा पनि नआएका मन्त्रीहरू ममता सरकारपछि 10 दिनमा नै आएका छन्‌।

सबैले नै केही न केही गर्ने आश्वासन दिएरै गएका छन्‌। ममता व्यानर्जी जतिसक्दो विकास पहाड़मा होस्‌ भन्ने पक्षमा रहेकी छन्‌। तिनले पेदोङमा एउटा कृषि महाविद्यालय बनाउने पनि जनाएका छन्‌। डा. छेत्रीले ममताको महिमा गाउँदै अझ भने, ममता व्यानर्जीले पहाड़को लागि 30-30 हजार मेट्रिक टन चामल र गहूँ पहाड़ पठाइसकेकी छन्‌। जसको मूल्य 150 करोड़ हुन्छ। यसले सरकार आधारभुत काम गर्न तत्पर रहेको जनाउने बताउँदै पहाड़वासीलाई अन्तोदय योजनाभित्र हालिने पनि तिनले जनाए। आर्किटेक्ट मेहताले इच्छाशक्ति छ भने निश्चय नै पहाड़को विकास हुने बताउँदै मोर्चाले देखाएको उत्सुक्ताले निश्चय नै कुनै उपलब्धी हासिल गर्ने जनाए।

0 comments: on "6 महिना लिएर मोर्चाले पहाड़कोरूप परिवर्तन गर्नेछ-डा. छेत्री"