मुख्य समाचार :


प्रेस क्लबको नयॉं समितिमा भीम रावत अध्यक्ष, जोसेफ लेप्चा महासचिव



गान्तोक, २९ जून|
प्रेस क्लब अव् सिक्किमको नयॉं कार्यकारी समितिको चुनाउ सम्पन्न भयो| नयॉं समितिको अध्यक्ष पदमा निवर्तमान महासचिव भीम रावत निर्विरोध चुनिएका छन् भने कार्यकारी अध्यक्ष पदमा विष्णु न्यौपाने निर्वाचित भएका छन्| समितिको तीनवटा उपाध्यक्ष पदमा युवराज दाहाल, अर्जुन पीयूष अनि बालिका छेत्री निर्वाचित भएका छन्| यसरीनै महासचिवको पदमा जोसेङ्ग लेप्चा निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षको पदमा निवर्तमान कोषाध्यक्ष बबु तामाङ पुनः चुनिएका छन्|

सहायक कोषाध्यक्ष पदमा कविता शर्मा, प्रचार सचिवको पदमा निर्मल मंगर र साहित्य सचिवको पदमा अर्जुन राई निर्विरोध चुनिएका छन् भने खेल सचिवको पदमा नन्दु दुतराज चुनिएका छन्| यसरीनै संस्कृति सचिवको पदमा सागर छेत्री निर्विरोध चुनिएका छन्|
कार्यकारिणी समितिको कूल १२ पदका निम्ति १८ वटा नामाङ्कन भरिएका थिए जसमध्ये दुइवटा नामाङ्कन ङ्गिर्ता लिइएका थिए| आज कार्यकारिणी समितिको कार्यकारी अध्यक्ष, उपाध्यक्ष अनि खेल सचिवको पदका लागि मात्र चुनाउ भएको थियो| कार्यकारी अध्यक्षको एउटा पदका निम्ति तीनजना चुनावी मैदानमा थिए जसमा विष्णु न्यौपाने विजय बनेका छन् भने उपाध्यक्षको तीनवटा पदका निम्ति चारजना उम्मेदवार रहेका थिए| यसरी नै खेल सचिवको एउटा पदका निम्ति दुइजनाले चुनाउ लडेका थिए|


१८ जूनका दिन बसेको प्रेस क्लब अव् सिक्किमको आम बैठकले २९ जूनका दिन चुनाउ हुने तय गरेको थियो| यसका निम्ति २१ जूनका दिन चुनाउ अधिसूचना जारी गरियो अनि २५ जूनसम्म नामाङ्कन पत्र भरियो| २७ जूनका दिन नामाङ्कन पत्र ङ्गिर्ता र नामाङ्कनको जॉंचपछि मैदानमा रहल उम्मेदवारहरूका निम्ति आज चुनाउ सम्पन्न भएको थियो| १२ वटा पदहरूमध्ये ७ वटा पदमा अघिबाटै निर्विरोध निर्वाचित भइसकेका थिए| यस चुनाउका निम्ति प्रेस क्लब अव् सिक्किमका ९८ जना मतदाताहरू रहेका थिए जसले आज प्रत्यक्ष रूपमा अनि एसएमएसको माध्यमबाट उम्मेदवारहरूलाई भोट गरे|

चुनाउलाई सुचारू रूपले सम्पन्न गराउन एउटा चुनाउ समिति गठन गरिएको थियो जसको अध्यक्ष मालाराणा पात्रो र सदस्यहरूमा विनयराज तिवारी र सुमन गजमेर सामेल थिए| चुनाउलाई सम्पन्न गराउन सूचना एवं जनसर्म्पक विभागका संयुक्त निर्देशक गाल्छेन टी लामा पर्यवेक्षकको रूपमा उपस्थित थिए| नयॉं कार्यकारिणी समितिको चुनाउपछि निवर्तमान समितिले आगामी ५ जुलाईको दिन नयॉं समितिलाई कार्यभार सुम्पिने छ|

0 comments: on "प्रेस क्लबको नयॉं समितिमा भीम रावत अध्यक्ष, जोसेफ लेप्चा महासचिव"