कालेबुङ,30जून।
नयॉं व्यवस्थामा सबैकोलागि आरक्षणको कुरा उठिरहेको छ। शिक्षा, पर्यटन, तथा वेरोजगारी समस्याहरू समाधान नयॉं व्यवस्थाले गर्ने कुरा पनि मोर्चाले बताइरहेको छ। यस्तोमा नै जीएलपीको अवस्थान के हुन्छ?भन्ने प्रश्न पनि उठिरहेको छ। तर जीएलपीलाई व्यवस्थित गर्ने कुरामा मोर्चा संवेधनशील रहेको कुरा आज खुलिएको छ। गोर्खा जनमुक्ति मोर्चाको एक बलियो सङ्गठन जीएलपीमा 12 सयले भर्ना लिएको भए पनि अहिले लगभग 7 हजार मात्र रहेको कर्णल रमेश आलेले जनाएका छन्। तिनले देशमा बढेेको भ्रष्टचारसित नै पहाड़मा भइरहेको भ्रष्टचार रोक्न गाउँंबस्तीबाट नै मोर्चा गठन गरेर डटेर अघि बढ्नुपर्ने बताए। यसै सन्दर्भमा सोधिएको प्रश्नको जवाब दिँदै तिनले नयॉं व्यवस्थामा जीएलपीलाई व्यवस्थित गर्न काम भइरहेको जनाए।
तिनले जनाए अनुसार यसको निम्ति
तिनले सुङ्गुर पालन, डाइरी फार्मिङ, टी प्लान्टेशन तथा यस्ता अन्य उध्योगहरूमा जीएलपीलाई लगाइनेछ। तिनले भने, जीएलपीलाई समाजिक कार्यमा जुटाउने कार्य भइरहेको छ। असामाजिक कुराहरूको विरुद्ध जीएलपीलाई सक्रिय राखिने छ। मूल लक्ष्य प्राप्त नभइञ्जेल जीएलपीलाई यसरी नै मेन्टेन गरेर राखिने छ।
0 comments: on "नयॉं व्यवस्थामा जीएलपीलाई घरेलु उद्योगमा लगाइनेछ-रमेश आले"
Post a Comment