कालेबुङ, 7 जून।
नगरप्रशासनले नगर सुन्दरी करणको निम्ति विविध पहल शुरू गरेको छ। केही दिन अघि नगर प्रशासनको पक्षमा बोलाइएको एउटा सभामा नै निर्णय लिइएको थियो अब नगर सुन्दरीकरणको प्रक्रिया शुरू हुनेछ।

अर्कोतिर पारषमणि हाटमा पसलेहरूले अनावश्यकरूपले बढाएको पसललाई पनि नियन्त्रणमा ल्याइने भएको थियो। यसको निम्ति पसलेहरूले अनावश्यकरूपले पसल बढाएर वृद्धि गरेको घुइँचोको कारण पसलेहरूले पनि असुविधा नै भोगिरहेका थिए उपभोक्ताले पनि। यी नै असुविधाहरूलाई मात्र होइन बजारलाई सुन्दर बनाउन नगर प्रशासनले आजदेखि आफ्नो पहल शुरू गरेको छ। नगरप्रशासनको पहललाई हाटबजार व्यापारी सङ्गठनले पनि भरपूर सहयोग पुर्याइरहेको छ।
नगरप्रशासन अनि सङ्गठनको संयुक्त पहलमा आज हाटमा नगरप्रशासनले दोकानहरूको निम्ति सीमाना कोर्यो। नगरपालिकाले कोरेको सीमाना काटेर अब कसैले पनि पसल लगाउने पाउने छैनन्। सीमाना कोरिएकोले हाटका पसलेहरूले हाट फिजाउने पलङहरू छोट्याउन शुरू गरिसकेको छ।
अब चिटिक्क र तोकिएको सीमाक्षेत्रमा मात्र पसल फिजाउन पाउने छन्। यसो भएको खण्डमा बजार निक्कै खुल्ला र फराकिलो हुनेछ जसको कारण उपभोक्ता अनि पसले दुवैलाई किनबेचमा सहजता आउनेछ। अर्कोतिर मेनरोड लगायत अन्यत्रका फुटपातमा राखिएका खुद्रे पसलेहरूले पसल फिजाएको कारण यातायातमा भइरहेको असुविधालाई पनि नगरप्रशासनले निक्कै गम्भीर मुद्दाकोरूपमा लिएको छ।
फुटपातमा पसल थाप्नेहरूलाई नगरप्रशासनले 8 जूनसम्मको मियाद दिँदै पसल उठाउने अन्तिमेत्थम् दिएको छ। अब जताततै फुटपाते पसलहरू देख्न पाइने छैन। नगरप्रशासनले यसप्रकारको पहललाई नगर सुन्दरीकरणको पहल बताएको छ। फुटपातमा पसल राख्नेहरूलाई अब हाट बजारमा ल्याइने छ। तर यता फुटपाते पसलेहरूको भनाइ के छ भने, यसरी हाटबजारमा सारिए पनि ठीक ठुँमा पसल भएन भने विक्रिबट्टामा नै असर गर्ने छ। जसको कारण आर्थिक हानी बेहोर्नुपर्ने स्थिति आउन सक्छ। यस समस्यालाई नगरप्रशासनले सक्दो समाधान गरिने बताएको छ भने हाट बजार सङ्गठनले पनि उनीहरूको पसल व्यवस्थित बनाउन सहयोग पुर्याइने छ।
0 comments: on "नगरलाई सुन्दर बनाउन 8 भित्रमा फुटपाते पसल हटाइने"
Post a Comment