मनोज वोगटी
कालेबुङ,16जून।
आन्दोलनकारीहरूले बन विभागको मोठ 10 करोड़को नोक्सानी गरिदिएको छ। यसो भएकोले अहिले बनसित सम्बन्धित पर्यटन फस्टिन सकेको छैन। गोर्खाल्याण्डकोे निम्ति आन्दोलन भइरहेको बेला वामफ्रण्ट सरकारको पुलिसहरूले सिब्सुमा तीनजना अवोध गोर्खाहरूको निधारमा गोली ठोकेको कसैले बिर्सन सक्दैनन्। यस घटनापछि सबैभन्दा धेर हानी भोग्नुपरेको थियो भने दार्जीलिङस्थित बन विभागले। किन भने मोठ 10 करोड़ रुपियॉं बराबरको कार्यलय,बन पर्यटनको निम्ति स्थापित कटेजहरू आन्दलनकारीहरूले जलाइदिएको थियो। अहिले यसको भरपाईको निम्ति बारम्बार सम्बन्धित मन्त्रालयसित गुहार लगाइरहेको बन विभाग म्यानेजिङ डाइरेक्टरले आज बताएका छन्।
तिनले जनाए अनुसार पहाड़का अधिकांश मानिसहरू बनबासीहरू छन्। उनीहरू बन पर्यटनको भरमा छन्। अहिले जलाएका ती पर्यटन केन्द्रहरू सरकारीरूपले स्थापित गरिदिए जीवन धान्ने मार्ग भेटिने सम्बन्धमा सम्बन्धित गाउँका नागरिकहरूले विभागमा गुहार लगाइरहेका छन्। बन पर्यटनलाई बढोत्तरी गर्न बन विभागले होटलहरू पनि चलाइरहेको थियो भने धेरै ठाउँनै हटहरूको निर्माण पनि गरेको थियो। आन्दोलनकारीहरूले के कारणले हो सिब्सु काण्डको रिस् बन विभागसित फेर्यो।
त्यसदिन चारैतिर नै बन विभागका कार्यालयहरू जलाउने काम भएको थियो। अहिले आएर जलाईएका ती भवनहरू बनाउन घुँडा धस्दा पनि नभइरहेको थाहा लागेको छ। कालेबुङ डीएम कार्यालय,लाभा टुरिष्ट रिसिभ सेन्टर, रेड पाण्डा कटेज, इको टुरिज्म कटेज, जलढक्का रेष्ट हाउस, सामसिङ रेष्ट हाउस्, चारवटा ट्रक, एउटा मोबाइल भ्यान, धरै रेञ्चका कार्यालयहरू, परेङटारका कटेजहरू पूर्णरूपले जलाइएको थियो,जसमा विभागलाई 10 करोड़को नोक्सानी भएको थियो।
डाइरेक्टर अनुसार अहिले जति पनि बॉंचेका कटेजहरू छन्, त्यसलाई मरम्मती गरेर अहिले विस्तारै पर्यटन व्यवसाय विस्तारण गर्ने कार्य भइरहेको छ। यसको निम्ति अहिले विभिन्न ठॉंउहरूमा सचेतना कार्यक्रमहरू भइरहेको अनि क्षेत्रका नागरिकहरूको सहयोगमा बन पर्यटनको जिर्णोद्वारको निम्ति आधिकारिक पहल भइरहेको पनि तिनले जनाएका छन्।
पग्ला कुकुर
12 years ago
0 comments: on "10 करोड़को हानी पछि पनि पर्यटन वृद्धिको निम्ति विभागीय पहल"
Post a Comment