मनोज वोगटी
१५ मई, कालेबुङ।कर्मापा थिनले थाइ दोर्जी कालेबुङ आइपुगेका छन्। तिनी तीन दिवसीय कार्यक्रमको निम्ति कालेबुङ आएका हुन्। बुद्ध पूर्णिमाको अवसरमा तीन दिवसीय कार्यक्रमको निम्ति आएका कर्मापा थिनले थाई दोर्जी ११ माइलस्थित दिवाकर बुद्धिष्ट इन्स्टिट्यूटमा रहेका छन्। आज यहॉं पहिलो चरणको कार्यक्रम शुरू भयो।


बुद्ध अनि सोह्रअर्थमाथि प्रार्थनाबाट शुरू भएको कार्यक्रममा तिनले भक्तजनहरूलाई तीनचोटी दर्शन दिए। थेरावादा बौद्ध मतका चारवटा मुख्य संस्थानहरूमा एउटाको पञ्चाङ अनुसार यस युगका चौथो बुद्ध अथवा शाक्यमुनी बुद्धको जन्मदिन १७ मईको दिन परेको कारण यसैको निम्ति तिनी बुद्द पूर्णिमा अनुष्ठानको निम्ति आएका हुन्। पावन पवित्र १७ औं ग्याल्बा कर्मापा थिन्ले थाई दोर्जीले यस अवसरमा मनेलोम पढे भने शिक्षा दिक्षा पनि प्रदान गरे। महाकाल पुजाबाट आजको अनुष्ठान समाप्त गरिएको थियो भने भोलिदेखि यसैप्रकारका अनेकौं कार्यक्रमहरू हुनेछन्। अन्तिम दिन कर्मापाले कालेबुङ नगरको परिक्रमा पनि गर्ने छन्।
0 comments: on "कर्मापा थिन्ले थाईदोर्जी कालेबुङमा"
Post a Comment