
विशिष्ट पिक्चरको प्रस्तुति
ज्योति बिनाको उज्यालो
नेपाली चलचित्र
सिक्किमका विशिष्ट कथाकार सानु लामाको कथा
निर्देशकः अमर रसाइली
सङ्गीतकारः योगेन्द्र घतानी
नृत्यः कमल राई
निर्माण सहयोगीः सुरेन्द्र पाण्डे, छनम राई
निर्माताः विशिष्ट विक्रम पराजुली
मुख्य पात्र
मन्दाःप्रतीज्ञा सिंह(बाल कलाकार)
जसको आँखा दुइवर्षसम्म आँखा देख्यो तर त्यसपछि अचानक नै आँखा देख्न सक्तैनन्। मन्दाले आँखा देख्न छोड़ेपछि तिनको माता पिताले तिनलाई दृष्टि प्रदान गर्न गरेको सङ्घर्ष र पाएको दुःख-कथाले दिने दृश्य मनोरञ्जन रहेको छ। प्रतीज्ञा नयॉं बाल कलाकार रहेको भएपनि तिनको अभिनय प्रशंशनीय रहेको छ।
मन्दाको पिताः महेन्द्र बागदास
जसले एक पीडित र भुक्तभोगी अभिभावकको भूमिकालाई जीवन्त गरेका छन्। तिनले नानीलाई दृष्टि दिनको निम्ति गर्नुपर्ने सम्पूर्ण कोशिश गर्छन्। तरै पनि ......
आमाः पुनम गुरूङ
जो चलचित्रभरि लाचार आमा देखिएकी छन्। सधैँजस्तो पुनमले पीडालाई सबैसित बॉंड्न सक्षम बनेकी छन्।
भाई दीपुः साहिल गुरूङ
जोसित मन्दाले भोगेको पीड़ाको साक्षी छ।
बेल्जियमका डाक्टरः डा.वाङ्दी
जसले दृष्टिहीन नानीलाई निको पार्ने हरेक कोशिश गरेका छन्।
निर्माता विक्रम पराजुलीले सक्दो कलाप्रदान गर्ने कोषिश गरेको यो चलचित्रको प्रिमियर सो २२ मईको दिन कालेबुङको रामकृष्ण रङ्गमञ्चमा भइरहेको छ। हेर्न नभुल्नुहोला।
0 comments: on "हेर्न नभुल्नुहोला"
Post a Comment