मनोज वोगटी
कालेबुङ, २० मई।
भारत सरकारलाई अपराधीहरूलाई कसरी दण्ड दिनुपर्ने भन्ने कुरामा होइन अपराधीहरूलाई अपराध गर्न बाध्य तुल्याउने कुन कारकहरू प्रमुख छन्?भन्ने कुराको पनि चिन्ता छ। अपराध गरेर संशोधनागृहमा आएका महिला अनि बालबालिकाहरूमाथि लिङ्गीय भेद छकि छैन भन्ने कुराको पनि सुर्ता छ।
डेड़वर्षको हुँदा नै आमाले छोड्यो। सातवर्षसम्म पुग्दा न पढ्नुको ठेगान थियो, बस्नुको। बुद्धि आएदेखि गाड़ी पुछ्ने काम शुरू भयो। त्यसपछि खलासी बन्यो। त्यसबेलादेखि नै उसमा गाड़ीका पूर्जा चोर्ने अनि महिलाहरूलाई जिस्काउने बानी बस्यो। लगभग पन्ध्र वर्षे केटो अहिले त्यही बानीको कारण संशोधानागृमा छन्।

तिनले भनिन्, वास्तवमा उ अपराध गर्न चहॉंदैन। यदि उसले आफ्नो आमा भेटे उसको नयॉं जीवन शुरू हुने रहेछ। आखिर महिला अनि बाल-बालिकाहरू किन अपराध संसारमा आउँछन्? म यही कुरा खोज्न आएकी हुँ। उनी राष्ट्रिय महिला कंग्रेसका अध्यक्ष अनि केन्द्रिय सामाजिक कल्याण पर्षदका सदस्य पनि हुन्। पश्चिम बङ्गालभरिका मोठ 55 वटा संशोधानागृहका कैदीहरूमा तिनले मोठ सय वार्ता राख्नुपर्ने छ।
यसकारण तिनले आफ्नो अभियानलाई दार्जीलिङबाट शुरू गरेकी छन्। तिनले भनिन्, दार्जीलिङबाट यो पहल शुरू गरियो किन भने दार्जीलिङमा पनि लिङभेद्, आवश्यकता र द्वन्द्वात्मक परिस्थिति छ।

तीन दिनदेखि नै आफू दार्जीलिङ जिल्लामा रहेको बताउने चौधरीले दुइ दिन अघि खरसाङ र दार्जीलिङ अनि आज कालेबुङको संशोधानागृहका कैदीहरूसित अन्तरक्रिया गरेको बताइन्। तिनले भनिन्, सरकार चहान्छ, उनीहरूले दण्डकोरूपमा फेरि अपराध गर्ने प्रेरणा नपाओस्। उनीहरूको वास्तविक मनोदशा र उनीहरूलाई अपराध गर्न प्रेरित गर्ने तत्वहरूबारे अध्ययन हुनुपर्छ। जसको निचोड़ले उनीहरूलाई परिवर्तन गर्ने सुत्र निकालोस्। यसको निम्ति पहल शुरू भइसकेको छ। वर्षको अन्तमा बङ्गालभरिका संशोधनागृह आवासीहरूको अन्तरक्रियाद्वारा पाइएको निचोड़हरूको आधारमा एउटा निर्देशिका सरकारले तयार गर्ने छ। जसलाई हेरेर उनीहरूप्रति गरिनुपर्ने सरकारी दायित्व पूर्ण हुन सकोस्।
दार्जीलिङ संशोधनागृहमा पुरूषको निम्ति चारवटा शौचालय हुनु अनि महिलाको निम्ति केवल एउटा हुनुले यहॉंको लिङ्गीय विभेद स्पष्ट पारेको छ। कैदीहरूलाई राख्ने, उनीहरूलाई दिने वातावरण, उनीहरूले पाउनुपर्ने सुविधा सबैमा पनि परिवर्तन ल्याउने निर्देशिका बनाइनुपर्ने देखिएको छ।

राज्यभरिका 55 वटा संशोधनागृहका कैदीहरूमाथि सर्वेक्षण गरिने अनि यसको रिपोर्टले कैदीहरूको निम्ति उपयुक्त समाधानको मार्ग बनिने कुरामा आफ्नो विश्वास रहेको पनि तनले बताइन्। तिनले भनिन्, धेरै बालक-बालिकाहरूसित अन्तरक्रिया भयो, जहॉं उनीहरूको निरपराध मानसिकता अघि आएको छ। यसले बताउँछ, उनीहरूलाई परिवर्तन गर्ने दिशा यो नीतिले प्राप्त गर्ने छ।
0 comments: on "कैदीहरूलाई परिवर्तन गर्न सरकारको नयॉं नीति बनिने"
Post a Comment